विश्वमा सबैभन्दा शान्तिपूर्ण देश आइसल्याण्ड : नेपाल ७३ औं नम्बरमा (सूचीसहित)

Best Khabar Team | २०७७ जेठ ३० गते शुक्रबार


१२ जुन, २०२०
प्रतीक लामिछाने, लिंकरोभर बेल्जियम । विश्वमा सबैभन्दा शान्तिपूर्ण देशको सूचीको पहिलो नम्बर आइसल्याण्ड पर्न सफल भएको छ । अष्ट्रेलियाको सिड्नीमा रहेको ‘इन्स्टिच्युट फर इकोनोमिक्स एण्ड पिस’ले हालै विश्वका १ सय ६३ देशलाई समावेश गरी तयार पारेको एक अध्ययन प्रतिवेदन अनुसार योवर्ष आइसल्याण्ड विश्वकै सबैभन्दा शान्तिपूर्ण देशको पहिलो नम्बरमा रहन सफल भएको हो ।

आइसल्याण्डले कुल १ दशमलव ‘सून्य सात आठ’ नम्बर (स्कोर) प्राप्त गरेको छ । आइसल्याण्ड सन् २००८ देखि निरन्तर सूचीको पहिलो स्थानमा रहन सफल भएको सो अध्ययनले देखाएको छ । यस्तै सूचीको दोश्रो नम्बरमा न्यूजिल्याण्ड रहेको छ । न्यूजिल्याण्डले कुल १ दशमलव ‘सून्य नौ आठ’ नम्बर प्राप्त गरेको छ । सूचीको तेश्रो स्थानमा युरोपेली मुलुक पोर्चुगल परेको छ । पोर्चुगलले १ दशमलव ‘दुई चार सात’ नम्बर प्राप्त गरेको छ भने सूचीको चौथो नम्बरमा युरोपेली मुलुक अस्ट्रिया परेको छ । युरोपेली युनियनको केन्द्र अर्थात् बेल्जियम गतवर्ष भन्दा ६ स्थान माथि उक्लिएर १७ नम्बरमा पर्न सफल भएको छ ।

यस्तै अष्ट्रेलिया सूचीको १३ नम्बरमा पर्न सफल भएको छ । नेपालको छिमेकी मुलुक चीन सूचीको १ सय ४ नम्बरमा परेको छ । विश्वको शक्तिशाली मानिएको अमेरिका भने सूचीको १ सय २१ औं नम्बरमा रहेको छ । अमेरिकाले २ दशमलव ‘तीन सून्य सात’ नम्बर प्राप्त गरेको छ । जति कम नम्बर (स्कोर) प्राप्त ग-यो त्यति नै शान्तिपूर्ण देशको सूचीको अग्रस्थानमा आउने अध्ययनको मापदण्ड रहेको छ । बेलायत विश्वको ४२ औं नम्बरमा परेको छ । अध्ययनमा समावेश गरिएका मुलुकहरुमा हुने आन्तरिक द्वन्द्व, सिमा विवाद, हत्या, हिंसालगायतका मानवअधिकारसम्बन्धी मापदण्ड र अन्य विभिन्न आर्थिक तथा सामाजिक जनजीवनका पक्षहरुलाई आधार मानेर यो प्रतिवेदन तयार गरिने इन्टिच्युट अफ इकोनोमिक्स एण्ड पिसले जनाएको छ ।

Source : Global Peace Index

दक्षिण एसियामा नेपाल दोश्रो स्थानमा
ग्लोबल पिस इन्डेक्सकोले गरेको सर्वेक्षणको आधारमा दक्षिण एसियामा भूटान पहिलो नम्बरमा रहेको छ । अर्थात् विश्वको सबैभन्दा बढी शान्तिपूर्ण देशको सूचीमा भुटान दक्षिण एसियाको पहिलो नम्बरमा परेको छ भने विश्वमा १९ औं नम्बरमा परेको छ । यस्तै दक्षिण एसियामा नेपाल दोश्रो नम्बरमा परेको छ । विश्वमाको सूचीमा नेपाल ७३ औं स्थानमा रहेको छ । दक्षिण एसियाको अशान्त मुलुकको रुपमा अफगानिस्तान रहेको छ ।

Source : Global Peace Index

विश्वका कुल १ सय ६३ देशको विभिन्न सूचकांकलाई आधार मानेर गरिएको सर्वेक्षणमा दक्षिण एसियाली मुलुक अफगानिस्तान सूचीको सबैभन्दा खराब अर्थात अशान्त देशको रुपमा समावेश भएको छ । यस्तै छिमेकी मुलुक भारत १ सय ३९ नम्बरमा परेको छ । यद्यपि सन् २०१९ को तुलनामा यो वर्ष विश्वको शान्तिपूर्ण देशको सूचीमा भारत दुई स्थानमा माथि उक्लन सफल भएको छ ।

यहीबीचमा नेपाल भने विगतको भन्दा एकस्थान तल झरेर विश्वको ७३ औं शान्तिपूर्ण मुलुकको सूचीमा परेको छ । गतवर्ष नेपाल ७२ औं स्थानमा रहेको थियो । दक्षिण एसियामा भुटानपछि नेपाल, श्रीलंका, बंगलादेश, भारत, पाकिस्तान र अफगानिस्तान सूचीमा रहेका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

मस्तिष्कको सर्जरीपछि भारतीय पूर्व राष्ट्रपति मुखर्जीको स्वास्थ्य अवस्था जटिल बन्दै, कोरोनाको संक्रमण पनि देखियो मस्तिष्कको सर्जरीपछि भारतीय पूर्व राष्ट्रपति मुखर्जीको स्वास्थ्य अवस्था जटिल बन्दै, कोरोनाको संक्रमण पनि देखियो

२०७७ श्रावण २९ गते बिहिबार

१३ अगस्ट, २०२०नयाँदिल्ली । केहीसाता अघि मस्तिष्कको सर्जरी गराएका...

नेपालमा कोरोना कहर : बैशाख १५ सम्म लम्बियो ‘लकडाउन’ नेपालमा कोरोना कहर : बैशाख १५ सम्म लम्बियो ‘लकडाउन’

२०७७ बैशाख २ गते मंगलबार

१४ अप्रिल, २०२० काठमाडौं । सरकारले कोरोना संक्रमण (कोभिड...

बाजुरा जीप दुर्घटनका घाइतेलाई सेनाको हेलिकोप्टरबाट उद्दार, मृतकमध्ये ४ को सनाखत बाजुरा जीप दुर्घटनका घाइतेलाई सेनाको हेलिकोप्टरबाट उद्दार, मृतकमध्ये ४ को सनाखत

२०७६ पुष १८ गते शुक्रबार

०३ डिसेम्बर, २०२० मार्तडी । बिकट हिमाली जिल्ला बाजुराको...

२४ घण्टामा थपिए २१३ जना संक्रमित २४ घण्टामा थपिए २१३ जना संक्रमित

२०७७ जेठ २५ गते आइतबार

०७ जुन, २०२०काठमाडौं । पछिल्लो २४ घण्टायता देशभर थप...

Top