विश्वमा सबैभन्दा शान्तिपूर्ण देश आइसल्याण्ड : नेपाल ७३ औं नम्बरमा (सूचीसहित)

Best Khabar Team | २०७७ जेठ ३० गते शुक्रबार


१२ जुन, २०२०
प्रतीक लामिछाने, लिंकरोभर बेल्जियम । विश्वमा सबैभन्दा शान्तिपूर्ण देशको सूचीको पहिलो नम्बर आइसल्याण्ड पर्न सफल भएको छ । अष्ट्रेलियाको सिड्नीमा रहेको ‘इन्स्टिच्युट फर इकोनोमिक्स एण्ड पिस’ले हालै विश्वका १ सय ६३ देशलाई समावेश गरी तयार पारेको एक अध्ययन प्रतिवेदन अनुसार योवर्ष आइसल्याण्ड विश्वकै सबैभन्दा शान्तिपूर्ण देशको पहिलो नम्बरमा रहन सफल भएको हो ।

आइसल्याण्डले कुल १ दशमलव ‘सून्य सात आठ’ नम्बर (स्कोर) प्राप्त गरेको छ । आइसल्याण्ड सन् २००८ देखि निरन्तर सूचीको पहिलो स्थानमा रहन सफल भएको सो अध्ययनले देखाएको छ । यस्तै सूचीको दोश्रो नम्बरमा न्यूजिल्याण्ड रहेको छ । न्यूजिल्याण्डले कुल १ दशमलव ‘सून्य नौ आठ’ नम्बर प्राप्त गरेको छ । सूचीको तेश्रो स्थानमा युरोपेली मुलुक पोर्चुगल परेको छ । पोर्चुगलले १ दशमलव ‘दुई चार सात’ नम्बर प्राप्त गरेको छ भने सूचीको चौथो नम्बरमा युरोपेली मुलुक अस्ट्रिया परेको छ । युरोपेली युनियनको केन्द्र अर्थात् बेल्जियम गतवर्ष भन्दा ६ स्थान माथि उक्लिएर १७ नम्बरमा पर्न सफल भएको छ ।

यस्तै अष्ट्रेलिया सूचीको १३ नम्बरमा पर्न सफल भएको छ । नेपालको छिमेकी मुलुक चीन सूचीको १ सय ४ नम्बरमा परेको छ । विश्वको शक्तिशाली मानिएको अमेरिका भने सूचीको १ सय २१ औं नम्बरमा रहेको छ । अमेरिकाले २ दशमलव ‘तीन सून्य सात’ नम्बर प्राप्त गरेको छ । जति कम नम्बर (स्कोर) प्राप्त ग-यो त्यति नै शान्तिपूर्ण देशको सूचीको अग्रस्थानमा आउने अध्ययनको मापदण्ड रहेको छ । बेलायत विश्वको ४२ औं नम्बरमा परेको छ । अध्ययनमा समावेश गरिएका मुलुकहरुमा हुने आन्तरिक द्वन्द्व, सिमा विवाद, हत्या, हिंसालगायतका मानवअधिकारसम्बन्धी मापदण्ड र अन्य विभिन्न आर्थिक तथा सामाजिक जनजीवनका पक्षहरुलाई आधार मानेर यो प्रतिवेदन तयार गरिने इन्टिच्युट अफ इकोनोमिक्स एण्ड पिसले जनाएको छ ।

Source : Global Peace Index

दक्षिण एसियामा नेपाल दोश्रो स्थानमा
ग्लोबल पिस इन्डेक्सकोले गरेको सर्वेक्षणको आधारमा दक्षिण एसियामा भूटान पहिलो नम्बरमा रहेको छ । अर्थात् विश्वको सबैभन्दा बढी शान्तिपूर्ण देशको सूचीमा भुटान दक्षिण एसियाको पहिलो नम्बरमा परेको छ भने विश्वमा १९ औं नम्बरमा परेको छ । यस्तै दक्षिण एसियामा नेपाल दोश्रो नम्बरमा परेको छ । विश्वमाको सूचीमा नेपाल ७३ औं स्थानमा रहेको छ । दक्षिण एसियाको अशान्त मुलुकको रुपमा अफगानिस्तान रहेको छ ।

Source : Global Peace Index

विश्वका कुल १ सय ६३ देशको विभिन्न सूचकांकलाई आधार मानेर गरिएको सर्वेक्षणमा दक्षिण एसियाली मुलुक अफगानिस्तान सूचीको सबैभन्दा खराब अर्थात अशान्त देशको रुपमा समावेश भएको छ । यस्तै छिमेकी मुलुक भारत १ सय ३९ नम्बरमा परेको छ । यद्यपि सन् २०१९ को तुलनामा यो वर्ष विश्वको शान्तिपूर्ण देशको सूचीमा भारत दुई स्थानमा माथि उक्लन सफल भएको छ ।

यहीबीचमा नेपाल भने विगतको भन्दा एकस्थान तल झरेर विश्वको ७३ औं शान्तिपूर्ण मुलुकको सूचीमा परेको छ । गतवर्ष नेपाल ७२ औं स्थानमा रहेको थियो । दक्षिण एसियामा भुटानपछि नेपाल, श्रीलंका, बंगलादेश, भारत, पाकिस्तान र अफगानिस्तान सूचीमा रहेका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

ललितपुरको किष्ट अस्पतालमा उपचाररत एक विरामीको मृत्यु, अस्पताल भन्छ : ‘स्वाब परीक्षणमा कोरोना संक्रमण देखियो’ ललितपुरको किष्ट अस्पतालमा उपचाररत एक विरामीको मृत्यु, अस्पताल भन्छ : ‘स्वाब परीक्षणमा कोरोना संक्रमण देखियो’

२०७७ जेठ १४ गते बुधबार

२७ मे, २०२०काठमाडौं । ललितपुरको ग्वार्को इमाडोलमा रहेको किष्ट...

चर्चित बलिउड अभिनेता अमिताभ बच्चन र उनका छोरालाई कोरोना संक्रमण : अस्पतालमा उपचार हुँदै चर्चित बलिउड अभिनेता अमिताभ बच्चन र उनका छोरालाई कोरोना संक्रमण : अस्पतालमा उपचार हुँदै

२०७७ असार २८ गते आइतबार

१२ जुलाई, २०२०नयाँदिल्ली । बलिउड क्षेत्रका प्रख्यात अभिनेता अमिताभ...

काठमाडौंको टंगालस्थित अख्तियार मुख्यालयमा गरिएको स्वाब परीक्षणमा १५ जनामा कोरोना संक्रमण, सक्रमितमध्ये अधिकांश प्रहरी काठमाडौंको टंगालस्थित अख्तियार मुख्यालयमा गरिएको स्वाब परीक्षणमा १५ जनामा कोरोना संक्रमण, सक्रमितमध्ये अधिकांश प्रहरी

२०७७ श्रावण २० गते मंगलबार

०४ अगस्ट, २०२०काठमाडौं । काठमाडौंको टंगालमा रहेको अख्तियार दुरुपयोग...

उपत्यकाभित्रकै २ एनसेल टावरमा अज्ञात समूहको आगजनी उपत्यकाभित्रकै २ एनसेल टावरमा अज्ञात समूहको आगजनी

२०७६ पुष २९ गते मंगलबार

१४ जनवरी, २०२०काठमाडौं । अज्ञात समूहले काठमाडौं उपत्यकाभित्रका विभिन्न...

Top