भारतद्वारा अतिक्रमित भूमि समावेश गरी नयाँ नक्सा सार्वजनिक गर्ने सरकारको तयारी

Best Khabar Team | २०७६ मंशिर २७ गते शुक्रबार


१३ डिसेम्बर, २०१९
काठमाडौं । छिमेकी मुलुक भारतले सिमावर्ती नेपाली भूभाग लिम्पियाधुरा आफ्नो भूभागमा पारेर राजनीतिक नक्सा सार्वजनिक गरेसँगै त्यसलाई सच्चाउन भारतलाई चौतर्फी दबाब परेको छ । देश विदेशमा भारतीय पक्षले नेपाली भूमि मिचेर नक्सा सार्वजनिक गरेको विषयमा विरोध समेत भै रहेका छन् ।

काठमाडौंमा भने संसदको अन्र्तराष्ट्रिय समितिमा यो विषयमा गरामगरम बहस शुरु भएको छ । संसदको अन्र्तराष्ट्रिय समितिको आजको बैठकले तत्काल अतिक्रमित भूमि नेपालमा पर्ने गरी नयाँ राजनीतिक नक्सा जारी गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको आज बसेको बैठकले भारतले मिचेको लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायतका क्षेत्र समेत नेपालमा पर्ने गरी नयाँ नेपालको राजनीतिक नक्सा सार्वजनिक गर्न निर्देशित गरेको हो । समितिको आजको बैठकमा पुगेका गृहमन्त्री रामबहादुर थापा, भूमि व्यवस्थामन्त्री पद्याअर्याललगायतसँग छलफल गरी तत्काल नयाँ नक्सा जारी गर्न निर्देशन दिएको छ ।

समितिको बैठकमा मन्त्री अर्यालले अतिक्रमित नेपाली भूमिसमेत समावेश गरी नेपालको नयाँ राजनीतिक नक्सा सार्वनिक गर्न सरकारले विभिन्न दस्तावेजहरु संकलन गर्ने काम अघि बढाएको बताएकी छन् । उनले सिमा क्षेत्रमा रहेका नेपाली जनतको हक अधिकारको रक्षा तथा उनीहरुलाई सहज क्षेत्रमा आवत जावत गर्नेलगायतका सुविधा उपलब्ध गराउन सरकारले कुटनीतिक तबरबाट छलफल अघि बढाउने बताउनुभयो ।

स्मरणीय के छ भने संसदको राज्य व्यवस्था समितिले पनि यसअघिको बैठकमा सरकारलाई कालापानी, लिपुलेक तथा लिम्पियाधुरालगायका क्षेत्रलाई समावेश गरी नक्शा सार्वजनिक गर्न निर्देशन दिइएसकेको छ । सरकारले कुटनीतिक रुपमा पनि भारतले नयाँ नक्सामा नेपाली भूमि समेत समावेश गरिएकोतर्फ भारतको ध्यानाकर्षण गराईसकेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

कास्कीको लुम्ले केन्द्रबिन्दु बनाएर गयो भूकम्प कास्कीको लुम्ले केन्द्रबिन्दु बनाएर गयो भूकम्प

२०७६ चैत्र २ गते आइतबार

१५ मार्च, २०२०लेकसाईड । कास्कीको लुम्लेलाई केन्द्रबिन्दु बनाएर आज...

कास्की, म्याग्दी र जाजरकोटका विभिन्न स्थानमा पहिरो, ७ को मृत्यु, ३९ जना वेपत्ता कास्की, म्याग्दी र जाजरकोटका विभिन्न स्थानमा पहिरो, ७ को मृत्यु, ३९ जना वेपत्ता

२०७७ असार २६ गते शुक्रबार

१० जुलाई, २०२०लेकसाईड, पोखरा । अविरल वर्षासँगै आएको पहिरोमा...

कोरोना संक्रमितको संख्या २ लाख ६४ नाघ्यो कोरोना संक्रमितको संख्या २ लाख ६४ नाघ्यो

२०७७ पुष २५ गते शनिबार

०९ जनवरी, २०२१काठमाडौं । नेपालमा गएको चैत्र महिनादेखि आजसम्म...

COVID 19 TIME – SOME ENCOURAGEMENT COVID 19 TIME – SOME ENCOURAGEMENT

२०७७ श्रावण २३ गते शुक्रबार

Shree Hari Subedi “SAMAN” Everyone is stressed because of...

Top