भारतद्वारा अतिक्रमित भूमि समावेश गरी नयाँ नक्सा सार्वजनिक गर्ने सरकारको तयारी

Best Khabar Team | २०७६ मंशिर २७ गते शुक्रबार


१३ डिसेम्बर, २०१९
काठमाडौं । छिमेकी मुलुक भारतले सिमावर्ती नेपाली भूभाग लिम्पियाधुरा आफ्नो भूभागमा पारेर राजनीतिक नक्सा सार्वजनिक गरेसँगै त्यसलाई सच्चाउन भारतलाई चौतर्फी दबाब परेको छ । देश विदेशमा भारतीय पक्षले नेपाली भूमि मिचेर नक्सा सार्वजनिक गरेको विषयमा विरोध समेत भै रहेका छन् ।

काठमाडौंमा भने संसदको अन्र्तराष्ट्रिय समितिमा यो विषयमा गरामगरम बहस शुरु भएको छ । संसदको अन्र्तराष्ट्रिय समितिको आजको बैठकले तत्काल अतिक्रमित भूमि नेपालमा पर्ने गरी नयाँ राजनीतिक नक्सा जारी गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको आज बसेको बैठकले भारतले मिचेको लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायतका क्षेत्र समेत नेपालमा पर्ने गरी नयाँ नेपालको राजनीतिक नक्सा सार्वजनिक गर्न निर्देशित गरेको हो । समितिको आजको बैठकमा पुगेका गृहमन्त्री रामबहादुर थापा, भूमि व्यवस्थामन्त्री पद्याअर्याललगायतसँग छलफल गरी तत्काल नयाँ नक्सा जारी गर्न निर्देशन दिएको छ ।

समितिको बैठकमा मन्त्री अर्यालले अतिक्रमित नेपाली भूमिसमेत समावेश गरी नेपालको नयाँ राजनीतिक नक्सा सार्वनिक गर्न सरकारले विभिन्न दस्तावेजहरु संकलन गर्ने काम अघि बढाएको बताएकी छन् । उनले सिमा क्षेत्रमा रहेका नेपाली जनतको हक अधिकारको रक्षा तथा उनीहरुलाई सहज क्षेत्रमा आवत जावत गर्नेलगायतका सुविधा उपलब्ध गराउन सरकारले कुटनीतिक तबरबाट छलफल अघि बढाउने बताउनुभयो ।

स्मरणीय के छ भने संसदको राज्य व्यवस्था समितिले पनि यसअघिको बैठकमा सरकारलाई कालापानी, लिपुलेक तथा लिम्पियाधुरालगायका क्षेत्रलाई समावेश गरी नक्शा सार्वजनिक गर्न निर्देशन दिइएसकेको छ । सरकारले कुटनीतिक रुपमा पनि भारतले नयाँ नक्सामा नेपाली भूमि समेत समावेश गरिएकोतर्फ भारतको ध्यानाकर्षण गराईसकेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

अमेरिकामा व्यापक हिमपात : २ दर्जनको मृत्यु, लाखौ घरमा विद्युत् सेवा बन्द अमेरिकामा व्यापक हिमपात : २ दर्जनको मृत्यु, लाखौ घरमा विद्युत् सेवा बन्द

२०७७ फाल्गुन ५ गते बुधबार

१७ फेब्रुअरी, २०२१न्यूर्योक, अमेरिका । अमेरिकाका झण्डै एक दर्जन...

५५ वर्षमाथिका सबैलाई कोरोना भ्याक्सिन उपलब्ध गराउने सरकारको तयारी ५५ वर्षमाथिका सबैलाई कोरोना भ्याक्सिन उपलब्ध गराउने सरकारको तयारी

२०७७ फाल्गुन १० गते सोमबार

२२ फेब्रुअरी, २०२१काठमाडौं । सरकारले ५५ वर्षमाथिका उमेर समूहका...

‘मोबाइलमा भुलिँदै’ राष्ट्रपति सडकतर्फ अघि बढ्दा साइकल यात्रीले गरे खबरदारी ! ‘मोबाइलमा भुलिँदै’ राष्ट्रपति सडकतर्फ अघि बढ्दा साइकल यात्रीले गरे खबरदारी !

२०७७ जेठ १७ गते शनिबार

युरोपेली मुलुक पोर्चुगल, अनि यहाँका राष्ट्रपति मार्सेलो रिबेलो दि...

नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या १०४२ पुग्यो नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या १०४२ पुग्यो

२०७७ जेठ १५ गते बिहिबार

२८ मे, २०२०काठमाडौं । देशका विभिन्न जिल्लामा आज थप...

Top