कराँचीमा विमान दुर्घटनामा बाँचेका व्यक्ति भन्छन् : ‘आगो बाहेक केहि देखिनँ’

Best Khabar Team | २०७७ जेठ १० गते शनिबार


तस्वीर साभार : पाकिस्तानको सिन्ध प्रान्तका श्रम, शिक्षा, साक्षरता र मानव संशासधन मन्त्री सहिद घनीको ट्वीटर एकाउन्ट)

सिँगो विश्व यतिबेला कोरोना भाइरसको संक्रमण र त्यसबाट उत्पन्न परिस्थितिको सामना गरेर गुज्रिरहेको छ । कोरोना संक्रमणको भयले विश्वका अधिकांश देशको जनजीवन प्रभावित बनेको छ । यसमा दक्षिण एसियाली मुलुक अछुतो रहने कुरै भएन । तर कोरोनाको कहरकै बीच मानिसहरुले आफ्नो धर्म र संस्कृतिको संरक्षणमा सक्दो टेवा दिइरहेका छन् । विश्वका अन्य मुलुक तथा क्षेत्रको तुलनामा दक्षिण एसियाली मुलुकमा धरै खालका जातजाती, भाषा, धर्म र संम्प्रदायका मानिसहरुको बसोबास रहेको छ ।

दक्षिण एसियाली मुलुकमा ठूलो बाहुल्यता रहेको एउटा धर्मको रुपमा मुस्लिम धर्मलाई लिन सकिन्छ । उनीहरुले मनाउने महत्वपूर्ण पर्वमध्येको एक हो इद पर्व । यही पर्वलाई मध्यनजर गर्दै दक्षिण एसियाली मुलुक पाकिस्तानका मुस्लिम धर्मावलम्बीले शुक्रबार पाकिस्तानको पुरानो शहर लाहोरबाट आफ्ना गृहनगर जाने योजना बनाए । लाहोरमा विभिन्न काम विशेषले रोकिएका स्थानीयहरु कोरोनाको संक्रमकै बीच होसियारीका साथ विमानस्थलमा भेला भए र एउटा विमान चार्टर नै गरेर भएपनि गाउँ फर्कने तयारी गरे ।

आफ्नो धर्म र संस्कृतिलाई निरन्तरता दिन र परिवारका सदस्यका साथ चाडपर्व रमाउने निधो गरेर केही महँगो भाडा तिर्न बाध्य भए । उनीहरुले कोरोनाको संक्रमणकैबीच चलेको सिमित विमानहरुमध्ये एउटा विमानलाई भाडामा लिएर गाउँ फर्कने तयारी गरे । जसमा ९१ जनाको एउटा टोली तयार भयो । पाकिस्तानको राष्ट्रिय ध्वजाबाहक विमान पाकिस्तान इन्टरनेशनल एयरलाईन्सको विमान चार्टर उडानमार्फत् असिमित योजना बुन्दै उनीहरु कराँचीतर्फ उडिरहेका थिए । विमानमा सवार कसैले पनि सोचेका थिएनन् कि यो कल्पनीय अवस्था भोग्नुपर्ला भनेर । लाहोरबाट करिब १ घण्टा ४३ मिनेटको यात्रा निक्कै सुखद गरेका उनीहरुका लागि कराँची विमानस्थलमा विमान अवतरण गर्नुपूर्वको दुई मिनेट अत्यन्तै दुःखद बनिदियो ।

विमानमा सवार चालक दलका ८ सदस्य सहित ९९ यात्रुले कहिल्यै सोचेका थिएनन् कि विमानस्थलको यति नजिक आएर विमान दुर्घटनामा परियला र आफूहरुले ज्यान नै गुमाउनुपर्ला । तर जे नसोचेको त्यहि भयो । सो विमान कराँची विमानस्थलमा अवतरण गर्नु केही मिनेट अगाडि स्थानीय एक बस्तीमा खस्यो र विमानमा सवार ९७ जनाले ज्यान गुमाए । तर यस्तो बयाबह दुर्घटनामा बाँचेका (हालसम्म अस्पतालमा उपचाररत) एक यात्रुले सुनाएको घटना विवरण यतिबेला विश्वभरका समाचारमाध्यमा प्राथमिकताका साथ प्रशारण तथा प्रकाशन भै रहेको छ । बेस्टखबर डटकमले पनि विश्वका विभिन्न समाचारमाध्यममा विमान दुर्घटनाका ती घाइतेको भनाईलाई उद्धृत गर्दै आएका समाचार र जानकारीहरुलाई समावेश गरेर यो आलेख तयार गरेको हो ।

‘मेरो नाम मोहम्मद जुबैर हो । म अन्य ९० यात्रुजस्तै शुक्रबार मध्यान्हपछि गृहनगर फर्कनका लागि लाहोर विमानस्थलमा पुगेको थिएँ । हामीसबै अर्थात् ९१ जना यात्रु विमानस्थलमा जम्मा भै विमानमा चढेर पाकिस्तानको ऐतिहासिक कराँचीतर्फ लाग्यौं । कराँची विमानमा सवारमध्ये धेरैको आफ्नो पुरानो गाउँ अर्थात् जन्मथलो थियो ।

कोरोनाको संक्रमणका कारण हामीले आफ्नो सुरक्षामा विशेष ध्यान दिइरहेका थियौं । करिब १ घण्टा ४५ मिनेट लामो विमान यात्राको ९९ प्रतिशत हिस्सा हामीले काटी सकेका थियौं । विमान विस्तारै कराँची विमानस्थलमा अवतरणको क्रममा थियो । हामीले हाम्रो सिटबेल्टहरुलाई बाँधेर विमान अवतरणको प्रतिक्षामा बसेका थियौं । इदको समयमा घरगाउँ फर्कन पाउँदा हामी अत्यन्तै खुसी थियौं । तर यसैबीचमा सोच्नै नसकिने घटना भयो । कराँचीस्थित जिन्ना अन्र्तराष्ट्रिय विमानस्थलमा अवतरण हुन केही समयमात्रै बाँकी हुँदा सो विमान एक्कासी तल खस्यो ।’

विमान दुर्घटना आफनो जीवनकका लागि अग्नी परीक्षा भएको भन्दै उनले अगाडि बताएका छन् –‘विमान तल खसेपछि मैले जताततै आगो मात्रै देखेँ , सवत्र आगो–आगो भएको थियो । धुँवापनि बेस्सरी देख्न सकिन्थ्यो । विमानले सामान्य अवस्थामै अवतरणको कोशिष गरेको थियो । तै पनि दुर्घटनामा प-यो । कसैले सोचेको पनि थिएन कि विमान दुर्घटनामा पर्ला भनेर । जब विमान दुर्घटनामा प-यो म बेहोस भएछु ।

होसमा आउँदा म जमिनमा थिएँ, सबैजना चिच्चिाइरहेका थिए । चारैतिरबाट मानिस चिच्चाएको आवाज मात्रै आएको थियो । विमानमा बालबालिका र बयस्कहरु पनि थिए । तर मैले यतिबेला कसैलाई देख्न सकिनँ ।’ सामान्य चोटपटक लागेर अस्पतालमा उपचाररत उनी अगाडि उनी थप्छन् –‘ मैले मेरो सिटबेल्ट खोलेँ ।

केही उज्यालो देखियो र म उज्यालोतिर अघि बढेँ । मैले त्यहाँबाट करिब १० फिट तल झरेपति म सुरक्षित भएको महशुस गरे । त्यसपछि उद्दारकर्ताहरुले मर्लाइ उद्दार गरेर अस्पताल ल्याए ।’ मोहम्मद जुबैरसँगै विमान दुर्घनामा घाइते अर्का एकको पनि कराँचीको अस्पतालमा उपचार भै रहेको छ । जुबैरले आफ्नो यो पुर्नजन्म भएको भन्दै अल्लाहसँग आफू कृतज्ञ भएको बताए ।
(अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा बेस्टखबर डटकमका लागि बन्दना सापकोटाले तयार गरेको सामग्री )



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

तत्काल सार्वजनिक गाडी सञ्चालन गर्न सक्दैनौं : यातयात व्यवसायी तत्काल सार्वजनिक गाडी सञ्चालन गर्न सक्दैनौं : यातयात व्यवसायी

२०७७ असार २६ गते शुक्रबार

१० जुलाई, २०२०काठमाडौं । सरकारले तत्काल देशभरका यातयात व्यवसायीलाई...

बेल्जियममा नेपाल महोत्सव आयोजना गरिँदै बेल्जियममा नेपाल महोत्सव आयोजना गरिँदै

२०७६ जेठ २० गते सोमबार

०३ जुन, २०१९ब्रसेल्स । ‘नेपाली कला संस्कृतिको संरक्षण गरौं,...

बेलायत, माल्टा र आयरल्याण्डबाट नेपालमा लगाइएको उडान प्रतिबन्ध हट्यो, सशर्त यात्रा गर्न अनुमति (विज्ञप्तिसहित) बेलायत, माल्टा र आयरल्याण्डबाट नेपालमा लगाइएको उडान प्रतिबन्ध हट्यो, सशर्त यात्रा गर्न अनुमति (विज्ञप्तिसहित)

२०७७ माघ १५ गते बिहिबार

२८ जनवरी, २०२१वेस्टह्याम, लण्डन । कोरोना संक्रमण रोक्न भन्दै...

धादिङमा मण्डली दर्शन गरेर फर्केका तिर्थालु चढेको मिनिट्रक दुर्घटना, ६ को घटनास्थलमै मृत्यु, १९ घाइते धादिङमा मण्डली दर्शन गरेर फर्केका तिर्थालु चढेको मिनिट्रक दुर्घटना, ६ को घटनास्थलमै मृत्यु, १९ घाइते

२०७६ माघ ७ गते मंगलबार

२१ जनवरी, २०२० धादिङ्ग । धादिङ्गको प्रसिद्ध मण्डलीमाईको दर्शन...

Top