पर्यटकका लागि थप आकर्षक गन्तव्य बन्दै टिस्टुङ, थपियो प्याराग्लाईडिङ् सेवा

Best Khabar Team | २०७६ माघ ३ गते शुक्रबार


१७ जनवरी, २०२०
हेटौंडा । काठमाडौंसँग सिमाना जोडिएको मकवानपुर जिल्लाको टिस्टुङ्गमा प्याराग्लाइडिङ् सेवा शुरु हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण र यहाँस्थित उत्साहि पर्यटन व्यवसायीहरु सम्मिलित टिस्टुङ प्याराग्लाइडिङ प्रालिको सहकार्यमा पर्यटकीय क्षेत्र टिस्टुङ्गमा छिट्टै नै प्याराग्लाडिङ्ग सेवा शुरु गर्न लागिएको हो । हिउँका पारखीहरु तथा प्राकृतिक सुन्दरताको लागि उत्कृष्ट टिस्टुङ्गमा अब सहासिक पर्यटनको रुपमा परिचित प्याराग्लाइडिङ्ग खेल सेवा थप भएसँगै यहाँ आउने पर्यटकको संख्या ह्वात्तै बढ्ने अनुमान गरिएको छ ।

प्याराग्लाईडिङ्ग स्थल

काठमाडौं र आसपासमा हिमपात हुँदा मकवानपुरको दामान र टिस्टुङ्गमा हिँउ पर्ने भएकोले यहाँ हिउँ परेका बेला हिउँ खेल्नेहरुको भिड् लाग्ने गरेको छ । त्रिभुवन राजपथ अन्र्तगत पर्ने टिस्टुङ्गमा शुरुहुने प्याराग्लाइडिङ्ग अधिकतम ५ हजार फिटको उचाईसम्म हुनेछ । नेपाल भ्रमणवर्ष २०२० को सन्दर्भ तथा स्वदेशी तथा विदेशी पर्यटकलाई मध्यनजर गर्दै आगामी फागुन १५ गते अर्थात् २७ फेब्रुअरीबाट यो सेवा शुरु हुने बताइएको छ ।

काठमाडौंबाट टिस्टुङ्गको देउरालीसम्मको दुरी करिब ५५ किलोमिटर रहेको छ । प्रदेशनम्बर ३ को राजधानी बन्न लागेको मकवानपुरको हेटौंडाबाट ८४ किलोमिटर उत्तर पश्चिममा पर्ने टिस्टुङ्ग काठमाडौंबासीहरुको पनि पर्यटकीय गन्तव्यको रुपमा रहेको छ । यहाँको अर्गानिक खानेकुरा, जीवनशैलीलगायतले स्वदेशी तथा विदेशी पर्यटकको ध्यान खिच्ने गरेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

लकडाउन खुलेसँगै केही जिल्लामा समुदायमा कोरोना फैलिएको आशंका   : सावधानी अपनाउन विज्ञहरुको सुझाव लकडाउन खुलेसँगै केही जिल्लामा समुदायमा कोरोना फैलिएको आशंका : सावधानी अपनाउन विज्ञहरुको सुझाव

२०७७ श्रावण ११ गते आइतबार

२६ जुलाई, २०२०काठमाडौं । सरकारले गएको साउन ७ गतेदेखि...

खर्च धान्न नसकिने भन्दै संघीयता खारेजीको मागसहित संशोधन प्रस्ताव*  दर्ता खर्च धान्न नसकिने भन्दै संघीयता खारेजीको मागसहित संशोधन प्रस्ताव* दर्ता

२०७७ जेठ २१ गते बुधबार

०३ मे, २०२०काठमाडौं । मुलुकले संघीयता धान्न नसक्ने भन्दै...

लकडाउनकै बीच भारतीय अतिक्रमण विरुद्ध काठमाडौंमा प्रदर्शन, ३३ पक्राउ लकडाउनकै बीच भारतीय अतिक्रमण विरुद्ध काठमाडौंमा प्रदर्शन, ३३ पक्राउ

२०७७ बैशाख २७ गते शनिबार

०९ मे, २०२०काठमाडौं । भारतले नेपाली भूमि मिचेर चीनको...

कराँचीमा विमान दुर्घटनामा बाँचेका व्यक्ति भन्छन् : ‘आगो बाहेक केहि देखिनँ’ कराँचीमा विमान दुर्घटनामा बाँचेका व्यक्ति भन्छन् : ‘आगो बाहेक केहि देखिनँ’

२०७७ जेठ १० गते शनिबार

सिँगो विश्व यतिबेला कोरोना भाइरसको संक्रमण र त्यसबाट उत्पन्न...

Top