राष्ट्रसंघीय मानवअधिकार परिषद्को उच्चस्तरीय बैठक जेनेभामा, नेपालले पनि सहभागिता जनाउँदै

Best Khabar Team | २०७६ फाल्गुन १० गते शनिबार


फाइल तस्वीर : युएन

२२ फेब्रुअरी, २०२०
जेनेभा । स्वीट्जरल्याण्डको राजधानी जेनेभामा संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ४३ औं उच्चस्तरीय बैठक शुरु हुँदैछ । यही फेब्रुअरी २४ देखि शुरुहुने बैठकमा विश्वका विभिन्न राष्ट्रका परराष्ट्रमन्त्री तथा मानवअधिकारका क्षेत्रमा क्रियाशील विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहने छ ।

बैठकमा विश्वका विभिन्न देशको मावनअधिकारको पछिल्लो अवस्थाको बारेमा प्रतिवेदनहरु पेश हुनेछन् । विशेषत : यो वर्ष बालअधिकार सम्बन्धी सन्धि भएको २५औं वार्षिकोत्सवको अवसरमा बैठक गर्न लागिएकोले बालअधिकारका मुद्दाहरुले विशेष प्राथमिकता पाउने छ । नेपालले पनि यो बैठकमा सहभागिता जनाउँदैछ । बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली आज जेनेभा आइपुग्ने कार्यक्रम रहेको छ ।

उनले यहाँ रहँदा नेपालमा बालबालिकाको अवस्था, उनीहरुको हक अधिकार, स्वस्थ्य, शिक्षा, पोषण, मनोरञ्जनलगायतका विषयमा प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको छ । यहाँ रहँदा मन्त्री ज्ञवालीले राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्तसँगसमेत भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ । कार्यक्रममा नेपालको पराष्ट्रमन्त्रालयका केही अधिकारीहरुसमेत सहभागि हुनेछन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

मस्तिष्कको सर्जरीपछि भारतीय पूर्व राष्ट्रपति मुखर्जीको स्वास्थ्य अवस्था जटिल बन्दै, कोरोनाको संक्रमण पनि देखियो मस्तिष्कको सर्जरीपछि भारतीय पूर्व राष्ट्रपति मुखर्जीको स्वास्थ्य अवस्था जटिल बन्दै, कोरोनाको संक्रमण पनि देखियो

२०७७ श्रावण २९ गते बिहिबार

१३ अगस्ट, २०२०नयाँदिल्ली । केहीसाता अघि मस्तिष्कको सर्जरी गराएका...

पार्टी राजनीतिबाट बाहिरिइन करिष्मा मानन्धर पार्टी राजनीतिबाट बाहिरिइन करिष्मा मानन्धर

२०७६ जेठ २० गते सोमबार

३ जुन २०१८ काठमाडौं । विगत केही वर्षयता बाबुराम...

३ लाख धरौटी बुझाएर २ महिनापछि सिद्धबाबा हिरासतमुक्त ३ लाख धरौटी बुझाएर २ महिनापछि सिद्धबाबा हिरासतमुक्त

२०७६ पुष १४ गते सोमबार

३० डिसेम्बर, २०१९ विराटनगर । आफ्नै अनुयायी एक महिलामाथि...

८० वर्षपछि यसरी बन्द भयो बीबीसी हिन्दिको रेडियो सेवा (अन्तिम भागसहित) ८० वर्षपछि यसरी बन्द भयो बीबीसी हिन्दिको रेडियो सेवा (अन्तिम भागसहित)

२०७६ माघ १९ गते आइतबार

०२ फेब्रुअरी, २०२० नयाँदिल्ली । ८० वर्ष लामो आरोह...

Top