कोरोनाबाट नेपालमा ३३ औं मृत्यु, कतारबाट फर्केका थिए गोर्खाका मृतक पुरुष

Best Khabar Team | २०७७ असार २० गते शनिबार


०४ जुलाई, २०२०
काठमाडौं । नेपालमा कारोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । गोर्खाको पालुङ्गटारका एक ४४ वर्षीय पुरुषको उपचारको क्रममा आज बिहान ज्यान गएको गोर्खा अस्पतालले जनाएको छ । गएराति मात्रै उनमा कोरोना भएको पुष्टि अस्पतालले गरेको थियो । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३३ पुगेको छ ।

केही समय अघि सरकारले गरेको उद्दार उडानमार्फत् उनी कतारको राजधानी दोहा हुँदै काठमाडौं आएका थिए । काठमाडौंबाट उनलाई जिल्ला अस्पताल पु¥याएर क्वारेन्टाइनमा राखिएको थियो । तर मधुमेह र निमोनियाको समस्या देखिएपछि उनलाई अस्पतालको आइसोलेसनमा राखेर उपचार थालिएको थियो । गएराति मात्रै उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

उपचारको क्रममा उनको आज बिहान ५ बजेतिर ज्यान गएको जिल्ला अस्पतालले जनाएको छ । गोर्खामा कोरोना संक्रमणबाट मानिसको मृत्यु भएको यो पहिलो घटना हो । उनको मृत्युभएपछि शबको व्यवस्थापनको तयारी भै रहेको छ । घटनालगत्तै उनको उपचारमा संलग्न चिकित्सक तथा सम्पर्कमा रहेका अन्य व्यक्तिको पहिचान गरी परीक्षण अघि बढाईने अस्पतालले जनाएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

माओवादीका केन्द्रीयसहित ८ नेताकार्यकर्ता पक्राउ माओवादीका केन्द्रीयसहित ८ नेताकार्यकर्ता पक्राउ

२०७५ चैत्र ९ गते शनिबार

२३ मार्च, २०१९ काठमाडौं । नेत्र विक्रम चन्द नेतृत्वको...

काठमाडौबाट ३ सय बढी विदेशी नागरिकको ‘चार्टर विमान’ मार्फत् उद्दार काठमाडौबाट ३ सय बढी विदेशी नागरिकको ‘चार्टर विमान’ मार्फत् उद्दार

२०७७ बैशाख २० गते शनिबार

०२ मे, २०२०काठमाडौं । लकडाउनका कारण नेपालका विभिन्न क्षेत्रमा...

४८ घण्टापछि बेलायत र फ्रान्सबीच नयाँ सहमति : दुबै देशबीचको सीमा यात्रा खुकुलो ४८ घण्टापछि बेलायत र फ्रान्सबीच नयाँ सहमति : दुबै देशबीचको सीमा यात्रा खुकुलो

२०७७ पुष ८ गते बुधबार

२३ डिसेम्बर, २०२०पेरिस, फ्रान्स । अन्ततः दुईदेशबीचको सहमतिसँगै फ्रान्स...

काठमाडौंमा भूमिगत ढंगले सञ्चालित विप्लव समूहको कार्यालयमा प्रहरी छापा, ६ जना हतियारसहित पक्राउ काठमाडौंमा भूमिगत ढंगले सञ्चालित विप्लव समूहको कार्यालयमा प्रहरी छापा, ६ जना हतियारसहित पक्राउ

२०७६ पुष ६ गते आइतबार

२३ डिसेम्बर, २०१९ काठमाडौं । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द...

Top