झण्डै ४ महिनादेखि वेपत्ता नेपालका लागि पूर्व बेलायती राजदूतको शव भेटियो

Best Khabar Team | २०७७ भाद्र १५ गते सोमबार


३१ अगस्ट, २०२०
वेस्टह्याम, बेलायत । गत मे ७ (बैशाख २४ गते बुधबार) देखि हराईरहेका नेपालका लागि पूर्व बेलायती राजदूत रिचर्ड मोरिको शव भेटिएको छ । बेलायतबाट प्रकाशित हुने समाचारहरुमा उल्लेख गरिएअनुसार स्थानीय बेन्टलीको काउन्टीबाट मे ७ का दिन बिहान १० बजे अन्तिमपटक पार्कमा दौडिइरहेका देखिएका मोरिसको शव ह्याम्पशायरको जंगलमा आज बेलायती प्रहरीले फेला पारेको हो । उद्यपि उनको मृत्युको कारणका विषयमा भने केही खुल्न सकेको छैन ।

नेपालका लागि राजदूत रहेका बेला मोरिसले नेपालका ग्रामिण भेगमा पुगेर खिचाएको तस्वीर । तस्वीर साभार : साउर्थन डेल्ली इको ।

शव भेटिएपछि उनको परिवारका सदस्यलाई यसको जानकारी गराइएको बताइएको छ । शवलाई अनुसन्धानका खटिएको विशेष प्रहरीले घटनास्थलबाट उठाएर अस्पतालमा ल्याएको छ । उनको शव त्यहि भेटिएको थियो जहाँ मोरिस विगत लामो समयदेखि आफ्नो प्रातः भ्रमणदेखि अन्य गतिविधि गर्न अत्यन्तै मन पराउने गर्दथे । ५० जना प्रहरी र स्वयंसेवीहरुले निरन्तर रुपमा खोजी गर्दा जंगलमा उनको शव भेटिएको बताइएको छ ।

वेपत्ता मोरिसको खोजिका लागि जंगलमा खटिएको बेलायती प्रहरी । तस्वीर साभार : इन्टरनेट ।

५२ वर्षका मोरिस बेपत्ता हुनु केही समय अघिमात्रै उनी फिजीमा बेलायती उच्चायुक्तका रुपमा नियुक्त भएका थिए । उनी सन् २०१५ को नोभेम्बरदेखि देखि २०१९ को नोभेम्बरसम्म नेपालका लागि बेलायती राजदूतको रुपमा कार्यरत थिए । उनी हराएपछि उनको परिवारका सदस्यहरुले उनको खोजिका लागि स्थानीय प्रहरीसहित सबैमा विशेष अनुरोध गरेका थिए ।। झण्डै ६ फिट अग्ला कदका उनको अनुहारमा जन्मदेखि नै दाग समेत थियो । अस्ट्रेलियामा व्यापार र लगानीका महानिर्देशकको रूपमा समेत रहेर मोरिसीले काम गरिसकेको बिबिसीले उल्लेख गरेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

Nepal & Cyber Security Nepal & Cyber Security

२०७६ मंशिर २९ गते आइतबार

Ravi Dhungel Nepal has seen a paradigm shift in...

‘चेला’लाई विदेश पठाउने भन्दै लाखौं ठगी गर्ने ‘बाबा’ काठमाडौंमा पक्राउ ‘चेला’लाई विदेश पठाउने भन्दै लाखौं ठगी गर्ने ‘बाबा’ काठमाडौंमा पक्राउ

२०७६ पुष २८ गते सोमबार

१३ जनवरी, २०२० काठमाडौं । आफूलाई तान्त्रिक बाबा भएको...

चट्याङ्ग लागेर दाङ्गमा दुई बालबालिका सहित ३ को मृत्यु चट्याङ्ग लागेर दाङ्गमा दुई बालबालिका सहित ३ को मृत्यु

२०७६ माघ २५ गते शनिबार

०८ फेब्रुअरी, २०२० घोराही । दाङ्गमा आज दिउँसो फरक...

दुर्घटनामा परेका पूर्वउपप्रधानमन्त्री मैनालीको अवस्था सुधारोन्मुख दुर्घटनामा परेका पूर्वउपप्रधानमन्त्री मैनालीको अवस्था सुधारोन्मुख

२०७६ फाल्गुन १५ गते बिहिबार

२७ फेब्रुअरी, २०२० काठमाडौं । सडक दुर्घटनामा परेका पूर्व...

Top