Best Khabar Team | २०७७ भाद्र १५ गते सोमबार
३१ अगस्ट, २०२०
वेस्टह्याम, बेलायत । गत मे ७ (बैशाख २४ गते बुधबार) देखि हराईरहेका नेपालका लागि पूर्व बेलायती राजदूत रिचर्ड मोरिको शव भेटिएको छ । बेलायतबाट प्रकाशित हुने समाचारहरुमा उल्लेख गरिएअनुसार स्थानीय बेन्टलीको काउन्टीबाट मे ७ का दिन बिहान १० बजे अन्तिमपटक पार्कमा दौडिइरहेका देखिएका मोरिसको शव ह्याम्पशायरको जंगलमा आज बेलायती प्रहरीले फेला पारेको हो । उद्यपि उनको मृत्युको कारणका विषयमा भने केही खुल्न सकेको छैन ।

शव भेटिएपछि उनको परिवारका सदस्यलाई यसको जानकारी गराइएको बताइएको छ । शवलाई अनुसन्धानका खटिएको विशेष प्रहरीले घटनास्थलबाट उठाएर अस्पतालमा ल्याएको छ । उनको शव त्यहि भेटिएको थियो जहाँ मोरिस विगत लामो समयदेखि आफ्नो प्रातः भ्रमणदेखि अन्य गतिविधि गर्न अत्यन्तै मन पराउने गर्दथे । ५० जना प्रहरी र स्वयंसेवीहरुले निरन्तर रुपमा खोजी गर्दा जंगलमा उनको शव भेटिएको बताइएको छ ।

५२ वर्षका मोरिस बेपत्ता हुनु केही समय अघिमात्रै उनी फिजीमा बेलायती उच्चायुक्तका रुपमा नियुक्त भएका थिए । उनी सन् २०१५ को नोभेम्बरदेखि देखि २०१९ को नोभेम्बरसम्म नेपालका लागि बेलायती राजदूतको रुपमा कार्यरत थिए । उनी हराएपछि उनको परिवारका सदस्यहरुले उनको खोजिका लागि स्थानीय प्रहरीसहित सबैमा विशेष अनुरोध गरेका थिए ।। झण्डै ६ फिट अग्ला कदका उनको अनुहारमा जन्मदेखि नै दाग समेत थियो । अस्ट्रेलियामा व्यापार र लगानीका महानिर्देशकको रूपमा समेत रहेर मोरिसीले काम गरिसकेको बिबिसीले उल्लेख गरेको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
नेपालका ४२ जिल्लामा भेटिए कोरोना संक्रमित, बाँके सबैभन्दा धेरै प्रभावित (प्रदेश र जिल्लागत तथ्यांकसहित)
२०७७ जेठ १० गते शनिबार
२३ मे, २०२०काठमाडौं । नेपालका कुल ४२ जिल्लामा हालसम्म...
बाग्लुङ्गमा भीषण दुर्घटना, १४ को मृत्यु, ३ घाइते, १ वेपत्ता
२०७६ मंशिर १७ गते मंगलबार
०३ डिसेम्बर, २०१९काठमाडौं । पश्चिम नेपालको बाग्लुङ्ग जिल्लामा आज...
जेन-जीको आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुको सम्झनामा लक्जेम्बर्गमा मैनबत्ती प्रज्ज्वलन (फोटो फिचर)
२०८२ भाद्र २५ गते बुधबार
१० सेप्टेम्बर, २०२५बेट्टेम्बर्ग, लक्जेम्बर्ग । नेपालमा व्याप्त भ्रष्टाचार तथा...
भेरीनदीमा वेपत्ता ६ जनाकै शव भेटियो
२०७७ जेठ २० गते मंगलबार
०२ मे, २०२०मुसिकोट । विगत १० दिनदेखि रुकुमको भेरी...
Top