Best Khabar Team | २०७६ फाल्गुन ८ गते बिहिबार

२० फेब्रअरी, २०२०
काठमाडौं । स्वदेशमै राहदानी छाप्नका लागि सेक्युरिटी प्रेस खरिद गर्ने विषयमा ७० करोड रुपैयाँ कमिसन मागेको एक विवादस्पद अडियो सार्वजनिक भएपछि सञ्चारमन्त्री गोकुल बास्कोटाले आज पदबाट राजीनामा दिएका छन् । हिजो राति हाम्राकुरा डटकमका प्रधानसम्पादक अजयबाबु सिवाकोटीको बाइलाइनमा सो अनलाईनमा सञ्चारमन्त्री गोकुल बास्कोले स्वीट्जरल्याण्डको एक कम्पनीका नेपाली एजेन्टसँग ७० करोड रकम डिल गर्न आग्रह गर्दै निजामी कर्मचारीलाई अपशब्द प्रयोग गर्दै गाली गरेको अडियो सार्वजनिक भएपछि उनको चौतर्फी आलोचना भएको थियो ।
यही विषयमा प्रतिपक्षी नेपाली काँग्रेसले संसदको बैठक समेत अवरुद्ध गर्दै तत्काल उनलाई बर्खास्त गर्न माग गरेको थियो । चौतर्फी आलोचना खेप्न नसकेपछि मन्त्री बास्कोटाले आज दिउँसो प्रधानमन्त्री केपी शर्मा ओली समक्ष राजीनामापत्र बुझाएका हुन् । सञ्चारमन्त्री भएदेखि नै बास्कोटा पटक पटक विवादमा फस्दै आएका थिए । उनी पछिल्लो समयमा मिडियाप्रति निक्कै आक्रामक समेत देखिएका थिए ।
आफूले गरेका सबै कुरा ठिक र मिडिया नै नेगेटिभ हो भन्ने मनशाय पालेका बास्कोटाले मन्त्रीभएलगत्तै नेपाल टेलिभिजनमा अन्र्तवार्ताका क्रममा प्रश्न सोधेकै कारण प्रस्तोता राजु थापालाई टेलिभिजनबाट हटाई कार्यक्रम नै बन्द गराई दिएका थिए । उनले राजीनामा दिएपछि अर्थ मन्त्री युवराज खतिवडालाई सञ्चारमन्त्रालयको समेत जिम्मेवारी दिइएको छ ।
निवर्तमान सञ्चारमन्त्री बाँस्कोटाले आफ्नाबारे विभिन्न खाले टिका टिप्पणी आएपछि आफूले नैतिकताको आधारमा राजीनामा दिएको बताएका छन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
प्रचण्ड पत्नी सिता दाहाललाई थप उपचारका लागि हरिद्वार लगियो (फोटोफिचरसहित)
२०७६ पुष ४ गते शुक्रबार
२० डिसेम्बर, २०१९ नयाँदिल्ली । पार्किन्सन्स रोगबाट पीति नेकपाका...
कोरोना संक्रमणसँगै निमोनिया भएपछि हास्य कलाकार गजुरेल आइसियुमा, अवस्था सामान्य
२०७७ कार्तिक २१ गते शुक्रबार
०६ नोभेम्बर, २०२०काठमाडौं । केहीदिनअघि कोरोना पुष्टि भएपछि घरमै...
केन्यामा इस्लामिक लडाकूको आक्रण, १ अमेरिकी सैनिकसहित ३ को मृत्यु
२०७६ पुष २१ गते सोमबार
०६ जनवरी, २०२० काठमाडौं । केन्याको राजधानी नैरवीस्थित एक...
काठमाडौंमा ४ सहित थप ३२३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३२ सय नाघ्यो
२०७७ जेठ २४ गते शनिबार
०६ जुन, २०२०काठमाडौं । देशभर कोरोना संक्रमितको संख्या ३...
Top