Best Khabar Team | २०७६ फाल्गुन ८ गते बिहिबार

२० फेब्रअरी, २०२०
काठमाडौं । स्वदेशमै राहदानी छाप्नका लागि सेक्युरिटी प्रेस खरिद गर्ने विषयमा ७० करोड रुपैयाँ कमिसन मागेको एक विवादस्पद अडियो सार्वजनिक भएपछि सञ्चारमन्त्री गोकुल बास्कोटाले आज पदबाट राजीनामा दिएका छन् । हिजो राति हाम्राकुरा डटकमका प्रधानसम्पादक अजयबाबु सिवाकोटीको बाइलाइनमा सो अनलाईनमा सञ्चारमन्त्री गोकुल बास्कोले स्वीट्जरल्याण्डको एक कम्पनीका नेपाली एजेन्टसँग ७० करोड रकम डिल गर्न आग्रह गर्दै निजामी कर्मचारीलाई अपशब्द प्रयोग गर्दै गाली गरेको अडियो सार्वजनिक भएपछि उनको चौतर्फी आलोचना भएको थियो ।
यही विषयमा प्रतिपक्षी नेपाली काँग्रेसले संसदको बैठक समेत अवरुद्ध गर्दै तत्काल उनलाई बर्खास्त गर्न माग गरेको थियो । चौतर्फी आलोचना खेप्न नसकेपछि मन्त्री बास्कोटाले आज दिउँसो प्रधानमन्त्री केपी शर्मा ओली समक्ष राजीनामापत्र बुझाएका हुन् । सञ्चारमन्त्री भएदेखि नै बास्कोटा पटक पटक विवादमा फस्दै आएका थिए । उनी पछिल्लो समयमा मिडियाप्रति निक्कै आक्रामक समेत देखिएका थिए ।
आफूले गरेका सबै कुरा ठिक र मिडिया नै नेगेटिभ हो भन्ने मनशाय पालेका बास्कोटाले मन्त्रीभएलगत्तै नेपाल टेलिभिजनमा अन्र्तवार्ताका क्रममा प्रश्न सोधेकै कारण प्रस्तोता राजु थापालाई टेलिभिजनबाट हटाई कार्यक्रम नै बन्द गराई दिएका थिए । उनले राजीनामा दिएपछि अर्थ मन्त्री युवराज खतिवडालाई सञ्चारमन्त्रालयको समेत जिम्मेवारी दिइएको छ ।
निवर्तमान सञ्चारमन्त्री बाँस्कोटाले आफ्नाबारे विभिन्न खाले टिका टिप्पणी आएपछि आफूले नैतिकताको आधारमा राजीनामा दिएको बताएका छन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
‘बेस्ट खबर डटकम’ बारेमा
२०७४ श्रावण २२ गते आइतबार
हाम्रो बारेमा ।‘बेस्ट खबर डटकम’ पत्रकारिताका क्षेत्रमा फरक र...
कोरोना संक्रमणबाट ललितपुरको पाटन अस्पतालमा २ जनाको मृत्यु
२०७७ भाद्र ५ गते शुक्रबार
२१ अगस्ट, २०२०काठमाडौं । कोरोना भाइरसको संक्रमणमा परी अस्पतालमा...
२०७७ सालको दशैं आजबाट बिधिबत् रुपमा सम्पन्न
२०७७ कार्तिक १४ गते शुक्रबार
३० अक्टोबर, २०२०काठमाडौं । कोरोना भाइरसको प्रकोपकैबीच यो वर्षको...
गैरआवासीय नेपाली संघको अध्यक्षमा डा. बद्री केसी बिजयी
२०८० कार्तिक २ गते बिहिबार
१९ अक्टोबर, २०२३लिंकरोभर, बेल्जियम । काठमाडौंमा जारी गैरआवासीय नेपाली...
Top