सार्कका ८ राष्ट्रमा के छ कोरोना प्रकोप ? अंकमा हेर्नुहोस् पछिल्लो अपडेट

Best Khabar Team | २०७६ चैत्र ६ गते बिहिबार


१९ मार्च, २०२०
बन्दना सापकोटा । काठमाडौं । कोरोना भाइरसका कारण दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क ) सम्बद्ध राष्ट्रहरुको जनजीवन पनि नराम्ररी प्रभावित भएको छ । यी सबै देशको पर्यटन तथा अन्य क्षेत्र लगभग ठप्प भएको छ । सार्क राष्ट्रमध्ये अहिलेसम्म कोरोनाका कारण भारत, पाकिस्तान, नेपाल, अफगानिस्तान, भुटान, श्रीलंका, बंगलादेश र माल्दिभ्सको जनजीवन नराम्ररी प्रभावित बनेको छ ।

अधिकांश देशले आफ्नो देशको सुरक्षाका लागि भन्दै छिमेकी देशसँगको सीमा बन्द गरिसकेका छन् भने हवाई तथा स्थल मार्गबाट आउने पर्यटकहरुको आवागमन रोकेका छन् । हेर्नुहोस् नेपाली समय अनुसार बिहीबार राति ८ बजेसम्म सार्क राष्ट्रमा कोरोना भाइरसको पछिल्लो अवस्था तलको बुँदागत शीर्षकमा ।

१. नेपाल
नेपालमा हालसम्म कोरोना भाइरसबाट प्रभावित मध्ये १ जना उपचारपछि घर फर्किसकेका छन् । त्यसपछि सरकारले कोरोना भाइरसको प्रकोपबाट बच्नका लागि आवश्यक पूर्वतयारीहरु सबै गरेको छ । सरकारले हिजोमात्रै विभिन्न देशबाट नेपाल आउने विमानहरुमाथि पूर्णरुपमा रोक लगाएको छ भने विद्यालय तथा क्याम्पस र त्यहाँ सञ्चालन हुने परीक्षा समेत स्थगित गरेको छ । नेपालमा विभिन्न अस्पतालमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएकाहरुको चेकजाँच भै रहेपनि यो समाचार तयार पर्दासम्म एकजनापनि कोरोना संक्रमित भेटिएका छैनन् ।

२. भारत
सार्कको अर्को राष्ट्र भारतमा हालसम्म कोरोनाका १ सय ९७ बटा केसहरु भेटिएका छन् । भारतमा पछिल्लो २४ घण्टामा २८ जना नयाँ कोरोना संक्रमितहरु भेटिएको त्यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् । यस्तै भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ पुगेको छ । पछिल्लो २४ घण्टामा थप एकजनाको कोरोनाकै संक्रमणबाट ज्यान गएको छ । भारतमा कोरोना संक्रमित मध्ये २० जना भने स्वास्थ्य लाभ गरी घर फर्किसकेका छन् । भारत सरकारले पनि कोरोनाको सुरक्षा सतर्कता उच्च बनाउँदै छिमेकी देशहरुसँगको हवाई सेवा कटौती गरेको छ भने नाकाहरु पनि बन्द गरेको छ ।

३. पाकिस्तान
सार्कको अर्को राष्ट्र पाकिस्तानमा हालसम्म कोराना संक्रमितको संख्या ३ सय ८० पुगेको छ । ती मध्ये ७३ जना नयाँ थपिएका विरामी हुन् । पाकिस्तानमा हालसम्म कोरोनाका कारण एकजनाको पनि निधन भएको छैन भने १३ जना उपचारपछि घर फर्किसकेका छन् । पाकिस्तानले पनि कोरोनाको संक्रमण फैलन नदिन कडा स्वास्थ्य सुरक्षा रणनीति अपनाएको छ ।

४. अफगानिस्तान
यस्तै सार्कका ८ राष्ट्रमध्ये अफगानिस्तानमा अहिलेसम्म २२ जना कोरोना संक्रमितको त्यहाँका विभिन्न अस्पतालमा उपचार भै रहेका छन् । ती मध्ये १ जनाको उपचार सफल भएर घर फर्केका छन् । तुलनात्मक रुपमा अफगानिस्तानमा यसको प्रभाव न्यून छ भने नयाँ विरामी पनि भेटिएका छैनन । सिँगो अफगानिस्तानभर अहिलेसम्म २१ वटा कोरोनाको केस भेटिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

५. बंगलादेश
बंगलादेशमा कोरोनाका कारण हालसम्म एकजनाको निधन भएको छ । यो समाचार तयार पार्दासम्म बंगललादेशमा १८ जना कोरोना संक्रमति भेटिएका छन् । ती मध्ये ४ जना पछिल्लो २४ घण्टामा थपिएका विरामी हुन् । बंगलादेशमा हालसम्म ३ जना कोरोनाको उपचार गरी घर फर्किसकेका छन् । बंगलादेशपनि कोरोनाबाट बच्नका लागि पूर्वतयारीहरु मजबुत बनाएको छ ।

६. माल्दिभ्स्
सार्क राष्ट्रमध्येको एक राष्ट्र माल्दिभ्स्मा हालसम्म १३ जना कोरोना संक्रमित भेटिएका छन् । उनीहरुको राजधानी मालेलगायत देशका विभिन्न क्षेत्रमा रहेको क्वारेन्टाइन सेन्दरहरुमा उपचार भै रहेको छ । माल्दिभ्समा पछिल्लो २४ घण्टामा कोही पनि कोरोना संक्रमित नयाँ विरामी भेटिएका छैनन् । हालसम्म १३ जना भेटिएको र उनीहरुको उपचार भै रहेको छ । उनीहरुको अवस्था सामान्य छ । माल्दिभ्समा हालसम्म कोरोनाका कारण कसैको ज्यान गएको छैन ।

७. श्रीलंका
श्रीलंकामा अहिलेसम्म कोरोना संक्रमित ६० जनाको कोलोम्बो र आपसासका अस्पतालको क्वारेन्टाइन सेन्टरमा राखेर उपचार भैरहेको छ । ती मध्ये ९ जना पछिल्लो २४ घण्टा यता थपिएका हुन् । श्रीलंकामा ३ जना कोरोना प्रभावितको उपचार सफल भै घरमै बसेर स्वास्थ्यलाभ गरिरहेका छन् । श्रीलंकाले पनि आफ्नो देशको स्थल सिमा तथा हवाई सेवालाई कडा बनाएको छ ।

८. भुटान
नेपालपछि कोरोनाको कहरबाट सन्तोषजनक अवस्थामा रहेको अर्को सार्क राष्ट्र हो भुटान । भूटानमा हालसम्म एकजनामा कोरोना संक्रमण देखिएको र उनको अस्पतालमा उपचार भै रहेको छ । अमेरिकाबाट भारत हुँदै भुटान पुगेका ती अमेरिकी नागरिकमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि भुटान सरकार र प्रधानमन्त्री स्वयंको तदरुकतामा उनलाई क्वारेन्टाइनमा राखेर उपचार गरिँदैछ । भुटानले पनि कोरोनाबाट बच्नका लागि आवश्यक स्वास्थ्य सुरक्षालाई मजबुत बनाएको छ । स्मरणीय के छ भने भुटानका प्रधानमन्त्री स्वयं अस्पतालमा कार्यरत चिकित्सक हुन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

कालिन्चोकबाट फर्केको बस सिन्धुपाल्चोकमा दुर्घटनाग्रस्त, १५ को मृत्यु, १७ घाइते कालिन्चोकबाट फर्केको बस सिन्धुपाल्चोकमा दुर्घटनाग्रस्त, १५ को मृत्यु, १७ घाइते

२०७६ मंशिर २९ गते आइतबार

१५ डिसेम्बर, २०१९ काठमाडौं । प्रसिद्ध धार्मिकस्थल दोलखाको कालिञ्चोक...

थप सुन्दर बन्दै पशुपतिनाथ क्षेत्र,  छाप्रे टहरा भत्काइने थप सुन्दर बन्दै पशुपतिनाथ क्षेत्र, छाप्रे टहरा भत्काइने

२०७६ फाल्गुन ७ गते बुधबार

१९ फेब्रुअरी, २०२०काठमाडौं । हिन्दुहरुको आरध्यदेव भगवान पशुपतिनाथ क्षेत्र...

युरोपबाट काठमाडौंं आएकी १९ वर्षकी युवतीमा भेटियो कोभिड–१९, टेकु अस्पतालमा उपचार हुँदै युरोपबाट काठमाडौंं आएकी १९ वर्षकी युवतीमा भेटियो कोभिड–१९, टेकु अस्पतालमा उपचार हुँदै

२०७६ चैत्र १० गते सोमबार

२३ मार्च, २०२०काठमाडौं । युरोपेली मुलुक फ्रान्सबाट नेपाल फर्किएकी...

नेपालमा पहिलो पटक पत्रकारलाई कोरोना ! नेपालमा पहिलो पटक पत्रकारलाई कोरोना !

२०७७ बैशाख ३० गते मंगलबार

१२ मे, २०२० वीरगञ्ज । नेपालमा पहिलो पटक सञ्चारकर्मी...

Top