५ बुँदे सहमतिमा टुंग्याईयो उखु किसानको काठमाडौं केन्द्रीत आन्दोलन

Best Khabar Team | २०७६ पुष १८ गते शुक्रबार


०३ जनवरी, २०२०
काठमाडौं । चिनी मिललाई दिइएको उखुको बक्यौता रकम पाउनुपर्ने माग गर्दै विगत २ सातादेखि काठमाडौं केन्द्रीत आन्दोलन गर्दै आइरहेका उखु किसानको आन्दोलन ५ बुँदे सहमतिसँगै टुंगिएको छ । सरकार र आन्दोलनरत उखुकिसानबीच आज आपूर्ति मन्त्रालयमा भएको पाँच बुँदेसहमतिसँगै किसानहरुले आन्दोलनका कार्यक्रम फिर्ता लिएका हुन् । सहमतिअनुसार आगामी माघ ७ गतेभित्र चिनी मिल सञ्चालकहरुले किसानलाई दिनुपर्ने सबै बक्यौता रकम फिर्ता गर्नेछन् ।

त्यसका लागि मन्त्रालयले सहजिकरणको भूमिका निर्वाह गर्ने वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट र मदुरबीचको सहमतिमा उल्लेख छ । साथै किसानहरुलाई बेलैमा मल उपलब्ध गराउने तथा किसानहरुका सबै समस्याको उचित सम्बोधन गर्ने विषयमा समेत सहमति बनेको छ ।

उखु किसानहरुको गुनासो सुन्नका लागि हटलाईन सेवा सञ्चालनमा ल्याउने, उनीहरुको क्षमता तथा कृषि क्षेत्रको स्तरोन्नत्तीका लागि सरकारले विशेष ध्यान दिने सहमति पनि भएको छ । सहमति अनुसार अबको १८ दिनभित्र उखुको बाँकी बक्यौता रकम किसानहरुले पाइसक्नुपर्नेछ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

३ अमेरिकी सहरमा गोलीकाण्ड : १ को मृत्यु, २ दर्जन बढी घाइते ३ अमेरिकी सहरमा गोलीकाण्ड : १ को मृत्यु, २ दर्जन बढी घाइते

२०७६ पुष ७ गते सोमबार

२४ डिसेम्बर न्यूयोर्क । अमेरिकाका तीन फरक फरक शहरमा...

नेपालमा चिनियाँ प्रभाव बढेको अमेरिकी ठहर (प्रतिवेदनसहित) नेपालमा चिनियाँ प्रभाव बढेको अमेरिकी ठहर (प्रतिवेदनसहित)

२०७६ कार्तिक ७ गते बिहिबार

२४ अक्टोबर, २०१९ वासिङ्गटन डिसी । चिनियाँ राष्ट्रपति सि...

केन्यामा इस्लामिक लडाकूको आक्रण, १ अमेरिकी सैनिकसहित ३ को मृत्यु केन्यामा इस्लामिक लडाकूको आक्रण, १ अमेरिकी सैनिकसहित ३ को मृत्यु

२०७६ पुष २१ गते सोमबार

०६ जनवरी, २०२० काठमाडौं । केन्याको राजधानी नैरवीस्थित एक...

Top