प्राथमिकताका आधारमा विदेशमा रहेका नेपाली स्वदेश ल्याइने : पहिलो चरणमा २५ हजारलाई फर्काईँदै

Best Khabar Team | २०७७ जेठ १६ गते शुक्रबार


२९ मे, २०२०
काठमाडौं । कोरोनाको संक्रमण (कोभिड १९) का कारण विश्वका विभिन्न देशमा रोकिएका नेपालीहरुलाई तत्काल नेपाल ल्याउन सरकारले गृहकार्य अघि बढाएको छ । कोरोना नियन्त्रणसम्बन्धी उच्चस्तरीय संयन्त्रको आज बसेको बैठकले भारत बाहेक अन्य मुलुकमा रहेका नेपालीहरुलाई नेपाल ल्याएर उनीहरुलाई क्वारेन्टाइनमा राख्ने विषयमा कार्ययोजना पारित गरेर मुख्यसचिव नेतृत्वको समितिलाई अन्तिम निर्णय गर्ने जिम्मेवारी दिएको छ ।

कार्ययोजना अनुसार पहिलो चरणमा सरकारले विशेष प्राथमिकतामा रहेका गर्भवती, नियमित औषधी सेवन गर्नुपर्ने असाध्य रोगका विरामी, नेपालमा परिवारका सदस्य गुमाएका, बृद्दबृद्दा, बालबालिकालगायतलाई नेपाल ल्याउने तयारी गरेको छ । तर यसरी नेपाल ल्याइन लागेकाहरुले अनिवार्य रुपमा १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था सरकारले गरेको छ । होटलमा बस्न चाहनेले आफैंले होटल बुक गर्नुपर्ने र त्यसका लागि लाग्ने सबै खर्च व्यक्ति स्वयंले बेहोर्नुपर्ने कार्ययोजनामा उल्लेख गरिएको समिति सम्बद्ध एक सदस्यसले बेस्टखबर डटकमलाई जानकारी दिए ।

तर, सरकारले बनाएको क्वारेन्टाइनमा बस्नेहरुको खर्च भने सरकारले बेहार्ने भएको छ । तर खाडी राष्ट्रमा रोजगारी गुमाएका बाहेक अन्य नागरिकहरुलाई नेपाल ल्याउँदा लाग्ने विमानको भाडा व्यक्ति स्वयंले हाल्नुपर्ने व्यवस्था गर्न लागिएको छ । कतिपय खाडी राष्ट्रमा काममा गएका कामदारहरुलाई भने सम्बन्धित देशको सरकारले विमान चार्टर गरेर उद्दार गर्ने प्रतिबद्दतासमेत जनाएको जानकारी समितिको आजको बैठकमा समिति संयोजक रक्षामन्त्री ईश्वर पोखरेलले गराएका थिए । एक दिनमा कम्तीमा ३ हजार देखि ३५ सयको हाराहारीमा मात्रै नागरिकको उद्दार गर्न सकिने निष्कर्ष सरकारको छ ।

यात्रुहरुको उद्दारका लागि नेपाल बायुसेवा निगमका विमान तथा कतिपय देशमा रहेका नागरिकहरुलाई भने सम्बन्धित देशको नागरिक उड्डयन कार्यालयसँग समन्वय गरेर विमान चार्टर गरिने बताइएको छ । काठमाडौं बाहिरका नागरिकहरुलाई पनि कम्तीाम १४ दिन काठमाडौंमै क्वारेन्टाइनमा राखेर मात्रै गाउँ फर्कन दिने सहमति भएको छ । तर काठमाडौं नजिकका जिल्लाहरुको हकमा भने क्वारेन्टाइनको विषयमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँग समन्वय गर्न सकिने र आवश्यकता अनुसार जिल्ला सदरमुकामकै क्वारेन्टाइनमा पठाउने सकिने व्यवस्था गर्न लागिएको छ ।

विदेशबाट नेपाल फर्कन चाहनेहरुको तथ्यांक संकलन गरेर तत्काल मन्त्रालयमा पेश गर्न परराष्ट्रमन्त्रालयले सम्बन्धित देशमा रहेका नेपाली दुतावास तथा गैरआवासीय नेपाली संघलाई तत्काल निर्देशन दिने सहमति बनेको छ । यसका लागि बढीमा १० दिनको समय दिइने बताइएको छ । आज समितिको बैठकमा पेश गरिएको विदेशमा रहेका नागरिकहरुको उद्दार गर्ने सम्बन्धी कार्ययोजनालाई मुख्यसचिवको नेतृत्वमा रहेको कार्यदलले अन्तिम रुप दिने बताइएको छ । हाल भारतबाहेक विश्वका विभिन्न मुलुकबाट करिब २५ लाख नेपालीहरु स्वदेश फर्कन चाहेको अनौपचारिक तथ्यांक सार्वजनिक भएको छ ।

कोरोनाका कारण रोकिएका नागरिकहरुलाई तत्काल नेपाल ल्याउने काम अघि बढाउने सरकारको योजना अनुसार अब उनीहरुलाई ल्याउने काम शुरु हुन लागेको हो ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

फलफूल तथा तरकारी विक्री वितरणमा अवरोध गर्नेमाथि कडा कारबाही गर्ने गृहमन्त्रालयको चेतावनी (विज्ञप्तिसहित) फलफूल तथा तरकारी विक्री वितरणमा अवरोध गर्नेमाथि कडा कारबाही गर्ने गृहमन्त्रालयको चेतावनी (विज्ञप्तिसहित)

२०७७ जेठ २२ गते बिहिबार

०४ जुन, २०२०काठमाडौं । कोरोना संक्रमण फैलने भन्दै देशका...

सेप्टेम्बर १ (भदौ १६ गते) देखि निश्चित मापदण्डसहित बाह्य उडान खोल्ने सरकारको निर्णय सेप्टेम्बर १ (भदौ १६ गते) देखि निश्चित मापदण्डसहित बाह्य उडान खोल्ने सरकारको निर्णय

२०७७ भाद्र ५ गते शुक्रबार

२१ अगस्ट, २०२०काठमाडौं । सरकारले विभिन्न देशमा रोकिएर रहेका...

प्रधानमन्त्री दाहाललाई पत्नीशोक प्रधानमन्त्री दाहाललाई पत्नीशोक

२०८० आश्विन ३ गते बुधबार

१२ जुलाई, २०२३काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी धर्मपत्नी...

चर्को विरोधपछि विदेशबाट उद्दार गरिने यात्रुले तिर्ने विमान भाडा घटाइयो (सूचीसहित) चर्को विरोधपछि विदेशबाट उद्दार गरिने यात्रुले तिर्ने विमान भाडा घटाइयो (सूचीसहित)

२०७७ जेठ ३१ गते शनिबार

१३ जुन, २०२०काठमाडौं । कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै...

Top