Best Khabar Team | २०७७ असार ४ गते बिहिबार
१८ जुन, २०२०
नयाँदिल्ली । गएको सोमबार राती भारत चीन सिमावर्ती क्षेत्र लद्दाखमा भएको दुईदेशका सैन्य अधिकारीहरुबीचको भिडन्तपछि उत्पन्न परिस्थितिलाई लिएर रसियाको मध्यथतामा वार्ता हुने भएको छ । चीन र भारतका सैनिकबीच आज भएको उच्चस्तरको छलफलमा २० जना भारतीय सैनिकको ज्यान जाने गरी भएको सो घटनापछि उत्पन्न परिस्थितिलाई लिएर रुसको मध्यस्थतामा वार्ता हुन लागेको हो ।

वार्तामा दुबै देशका विदेशमन्त्री र सचिवहरु सहभागि हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भिडियो कन्फरेन्सको माध्यमबाट हुने योबार्ता आगामी जुन २३ का दिन हुने मिति तय भएको छ । रुसले भारत चीनबीच अहिले देखिएको बढ्दो तनावलाई कम गर्न सहयोगी भूमिका खेल्ने अनुमान गरिएको छ । भारत चीन सिमावर्ती क्षेत्र लद्याखमा गएको सोमबार सिमा सुरक्षामा खटिएका चीन र भारतका सैन्य अधिकारीबीच भएको झडपमा परी २० जना भारतीय सैनिकको ज्यान गएको थियो भने केही घाइते भएका थिए ।
घटनामा दुबै पक्षले आफूहरुको कमजोरी नरहेको बताउँदै आएका छन् । भारतले यो विषयमा रणनीति तय गर्नका लागि भोलि सर्वदलीय बैठकको आयोजना समेत गरेको छ । जुन २३ मा हुने दुईदेशबीचको वार्तामा उठाउने एजेन्डालगायतका विषयमा छलफल गर्नका लागि प्रधानमन्त्री नरेन्द्र मोदीले सर्वदलीय बैठक बोलाएका हुन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
बेलायत, माल्टा र आयरल्याण्डबाट नेपालमा लगाइएको उडान प्रतिबन्ध हट्यो, सशर्त यात्रा गर्न अनुमति (विज्ञप्तिसहित)
२०७७ माघ १५ गते बिहिबार
२८ जनवरी, २०२१वेस्टह्याम, लण्डन । कोरोना संक्रमण रोक्न भन्दै...
नेपालमा कोरोना : चौथो संक्रमितपनि डिस्चार्ज, २७ को उपचार चल्दै
२०७७ बैशाख ७ गते आइतबार
१९ अप्रिल, २०२०धनगढी । नेपालमा कोरोना संक्रमणमा परी निको...
अमेरिकामा यात्रुबाहक बसभित्रै गोली प्रहार, १ को मृत्यु ५ घाइते
२०७६ माघ २१ गते मंगलबार
सुनिल तिवारी, न्यूर्योक । अमेरिकाको क्यालिफोर्नियामा आज बिहान यात्रुबाहक...
३ लाख धरौटी बुझाएर २ महिनापछि सिद्धबाबा हिरासतमुक्त
२०७६ पुष १४ गते सोमबार
३० डिसेम्बर, २०१९ विराटनगर । आफ्नै अनुयायी एक महिलामाथि...
Top