Best Khabar Team | २०७६ चैत्र १६ गते आइतबार

२९ मार्च, २०२०
काठमाडौ । सरकारले कोरोना भाइरसको संक्रमण र यसबाट उत्पन्न हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै विदेशबाट आउने उडानहरुमा थप समयको लागि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । कोरोना नियन्त्रणसम्बन्धी उच्चस्तरीय समितिको आज बसेको बैठकले आगामी २०७७ साल बैशाख ३ अर्थात् अप्रिल १५ सम्मको लागि विदेशबाट आउने उडानहरुमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।
यसअघि सरकारले चैत्र ३ देखि चैत्र १८ गते मध्यरातसम्मका लागि अन्र्तराष्ट्रिय मुलुकबाट नेपाल आउने सबै यात्रुबाहक विमानहरु उडान प्रतिबन्ध लगाएको थियो । पहिलो पटक लगाईएको प्रतिबन्धको समयसिमा सकिन लाग्दा नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि विदेशबाट आउने विमानको आवागमनमा थप १५ दिन रोक लगाउने निर्णय सरकारले गरेको हो । हालसम्म नेपालमा देखिएका कोरोना संक्रमितलाई आधार मान्दा सबै विदेशबाट विमान हुँदै नेपाल आएकाहरुमा संक्रमण देखिएको छ ।
त्यहि कारणले तत्काल विदेशी मुलुकबाट विमान तथा यात्रुहरु आउन नदिने निर्णय भएको समिति स्रोतको भनाई छ । प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि देशबासीको नाममा सम्बोधन गर्दै चैत्र १८ गतेसम्म नेपाल आउने सबै विदेशी उडानमा रोक लगाएको घोषण गरेका थिए ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
बहराईन कोरोना : एउटै क्याम्पमा बसेका ९ नेपाली कामदारमा कोरोना पोजिटिभ
२०७६ चैत्र २२ गते शनिबार
०४ मार्च, २०२०सल्माबाद । बराईनमा कामको शिलशिलामा पुगेका थप...
उपत्यकाका यी १४ अस्पतालबाट लगाईँदैछ कोराना विरुद्धको चिनियाँ खोप
२०७७ चैत्र २४ गते मंगलबार
०६ अप्रिल, २०२१काठमाडौं । भोलिबाट काठमाडौं उपत्यकाका १४ अस्पतालबाट...
कोरोना नियन्त्रण पूर्व तयारी : यी हुन् तत्काल बन्द नहुने सेवाहरु
२०७६ चैत्र ७ गते शुक्रबार
२० मार्च, २०२० काठमाडौं । सरकारले विश्वव्यापी महामारीको रुपमा...
सेनाको गाडी सडकबाट छाँगामा खस्यो, १ को मृत्यु, ६ घाइते
२०७६ माघ २९ गते बुधबार
१२ फेब्रुअरी, २०२० सल्यान । नेपाली सेनाको एउटा गाडी...
Top