अमेरिकामा ‘साइबर संकटकाल’ घोषणा

Best Khabar Team | २०७६ जेठ २ गते बिहिबार


१६ मे, २०१९

न्युयोर्क । विश्वको सर्वशक्तिमान सम्पन्न मुलुक अमेरिकाले आगामी दिनमा हुनसक्ने साइबर आक्रमणलाई लक्षित गरी ‘साइबर संकटकाल’ घोषणा गरेको छ । अमेरिकी रष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकारी आदेश नै जारी गरी राष्ट्रिय संकटकाल घोषणा गर्नुभएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

विशेष गरी कुनै देश तथा समूहप्रति लक्षित नगरीकनै अमेरिकाले निकट भविष्यमै ठूलो साइबर आक्रमण हुनसक्ने सम्भावना देखेर यो आदेश जारी गरेको जनाएको छ । साइबर आक्रमण भै कम्प्युटरहरु ह्याक भएको अवस्थामा महत्वपूर्ण सूचनाहरु बाहिरिने भन्दै अमेरिकाले यो कदम अघि चालेको हो । साइबर आक्रमण भए राष्ट्रिय सुरक्षामै गम्भीर संकट उत्पन्न हुनसक्ने अमेरिकाको भनाई छ ।

यो घोषणापछि अब अमेरिकाका कम्पनीहरुले कुनै पनि विदेशी टेलिकम कम्पनीहरुले उत्पादन गरेका उपकरणहरु खदिर गर्न पाउने छैन । पछिल्लो केही समययता चिनियाँ कम्पनी हुवावे साइबर अपराधमा संलग्न रहेको भन्दै उसका उत्पदनलाई लक्षित गरेर संकटकाल घोषणा गरिएको हुनसक्ने विष्लेषकहरुको भनाई छ ।

अमेरिकाले आरोप लगाएको छ । अमेरिकाले आफ्ना सरकारी निकाय तथा छिमेकी मुलुकहरुलाई चिनियाँ कम्पनी हुवावेका उत्पादनहरु खरिद तथा प्रयोग नगर्न आग्रह गरेको छ । स्मरणीय के छ भने अस्ट्रेलिया र न्युजिल्याण्डले आफ्ना फाइभ जी सञ्जालमा हुवावेका उत्पादन प्रयोगमा रोक लगाई सकेको छ ।

यो आदेशले विदेशी टेलिकम कम्पनीहरुले उत्पादन गरेको उपकरण खदिर गर्न पूर्णरुपमा बन्देज लगाएको छ । विविसीका अनुसार संकटकालको घोषणासँगै सूचना प्रविधि पूर्वाधार र सेवा क्षेत्रका कमीकमजोरीको फाइदा उठाउने विदेशी प्रतिद्वन्द्वीको प्रभावबाट अमेरिका बच्न सफल हुनेछ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

समुदायमा कोरोना फैलिएको आशंका गर्दै धरानमा फेरि लकडाउनको घोषणा समुदायमा कोरोना फैलिएको आशंका गर्दै धरानमा फेरि लकडाउनको घोषणा

२०७७ श्रावण २१ गते बुधबार

०५ अगस्ट, २०२०इनरुवा, सुनसरी । समुदायमा कोरोना भाइरस फैलिएको...

क्यानडामा नेपाली टोपी दिवस र भ्रमण वर्ष २०२० क्यानडामा नेपाली टोपी दिवस र भ्रमण वर्ष २०२०

२०७६ पुष १७ गते बिहिबार

०२ जनवरी, २०२०टोरोन्टो । अँग्रेजी नयाँ वर्षको दिन नेपालीहरुले...

भारतले अतिक्रमण गरेको नेपाली भूमिसहितको नक्सा काठमाडौंमा यसरी भयो सार्वजनिक भारतले अतिक्रमण गरेको नेपाली भूमिसहितको नक्सा काठमाडौंमा यसरी भयो सार्वजनिक

२०७६ मंशिर २३ गते सोमबार

०९ डिसेम्बर, २०१९ काठमाडौं । भारतले नेपाली भूमि समेटेर...

कोरोनाको विश्वव्यापी कहर : मृतकको संख्या २ लाख ५० हजार नाघ्यो कोरोनाको विश्वव्यापी कहर : मृतकको संख्या २ लाख ५० हजार नाघ्यो

२०७७ बैशाख २२ गते सोमबार

०४ मे, २०२०लिंकरोभर, बेल्जियम । सन् २०१९ को डिसेम्बरको...

Top