युरोपबाट काठमाडौंं आएकी १९ वर्षकी युवतीमा भेटियो कोभिड–१९, टेकु अस्पतालमा उपचार हुँदै

Best Khabar Team | २०७६ चैत्र १० गते सोमबार


२३ मार्च, २०२०
काठमाडौं । युरोपेली मुलुक फ्रान्सबाट नेपाल फर्किएकी एक नेपाली युवतीमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण भेटिएको छ । चैत्र ४ गते फ्रान्सको राजधानी पेरिस हुँदै काठमाडौं आएकी ती युवतीमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनलाई शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा मा राखेर उपचार शुरु गरिएको थियो ।

उनको ल्याव परीक्षणका क्रममा कोरोनाको संक्रमण भेटिएको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले आज काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा जानकारी दिएको छ । ती युवतीसँगै विमानमा आउनेहरुको बारेमा तत्काल जानकारी लिने र उनीहरुलाई पनि आइसोलेसनमा राख्ने विषयमा तत्काल काम अघि बढाउने स्वास्थ्यमन्त्री भानुभक्त ढकालले जानकारी दिए ।

उपचारमा रहेकी ती युवतीको अवस्थामा सामान्य रहेको बताइएको छ । उनी कतार एयरलाइन्सको विमान हुँदै पेरिसबाट कतारको राजधानी दोहा हुँदै चैत्र ४ गते काठमाडौं आएकी थिइन् । केही साताअघि अध्ययनका लागि चीन पुगेका एक नेपाली युवकमा पनि कोरोनाको संक्रमण देखिएको भएपनि उनी स्वास्थ्यलाभ गरी नियमित रुपमा काममा फर्किसकेका छन् ।

यसैबीच मन्त्रालयले विगतमा पनि नेपालमा एकजनामा कोरोना देखिएको र उनी पूर्णरुपमा निको भैसकेकाले यसका विषयमा अनावश्यक हल्ला नगर्न र घरभित्रै बसेर कोरोना नियन्त्रण गर्ने सरकारको अभियानमा सहयोग गर्न सबैलाई आग्रह गरेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

काठमाडौंको कालोपुलमा श्रीमानले श्रीमतीमाथि तेजाव आक्रमण, आक्रमणकारी पक्राउ काठमाडौंको कालोपुलमा श्रीमानले श्रीमतीमाथि तेजाव आक्रमण, आक्रमणकारी पक्राउ

२०७६ जेठ १ गते बुधबार

१५ मे, २०१९ काठमाडौं । काठमाडौंको कालोपुलमा श्रीमानले श्रीमतीको...

हुम्लाको खर्पुनाथ गाउँपालिका उपाध्यक्षको शव २२ दिनपछि भेटियो, अरु ११ अझै वेपत्ता हुम्लाको खर्पुनाथ गाउँपालिका उपाध्यक्षको शव २२ दिनपछि भेटियो, अरु ११ अझै वेपत्ता

२०७६ असार २५ गते बुधबार

१० जुलाई, २०१९ काठमाडौं । जीप दुर्घटनामा परी विगत...

धादिङ्गमा लगातार भूकम्पको धक्का : केही घरमा सामान्य क्षति धादिङ्गमा लगातार भूकम्पको धक्का : केही घरमा सामान्य क्षति

२०८० कार्तिक ५ गते आइतबार

२२ अक्टोबर, २०२३सल्यानटार, धादिङ्ग । धादिङ्गको ज्वालामूखि गाउँपालिका वडा...

अमेरिकी राष्ट्रपति ट्रम्प बेलायतको राजकीय भ्रमणमा अमेरिकी राष्ट्रपति ट्रम्प बेलायतको राजकीय भ्रमणमा

२०७६ जेठ २० गते सोमबार

०३ जुन, २०१९ न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प...

Top