मध्यतराईमा शितलहरको प्रभाव बढ्दै, बालबालिका तथा बृद्दबृद्दा बढी प्रभावित

Best Khabar Team | २०७६ पुष १५ गते मंगलबार


३१ डिसेम्बर, २०१९
कलैया । जाडोयाम शुरुभएसँगै मध्य तराईका जिल्लाहरुमा यसको प्रभाव अत्यधिक देखिन थालेको छ । विशेशगरी मध्य तराईका बारा, पर्सा, धनुषा, महोत्तरी,सिराहालगायतका जिल्लामा चिसोका कारण बृद्दबृद्दा र बालबालिका बढी प्रभावित भएका छन् । चिसोका कारण यी जिल्लाहरुमा यो वर्षमात्र आधादर्जनको ज्यान गै सकेको छ भने दजनौं स्थानीय बासिन्दा विरामी परेका छन् ।

शितलहर तथा कठ्यांग्रिने चिसोका कारण बारामा ५५ वर्षका स्माइलमेहा मन्सुलीको ज्यान गएको छ । यस्तै धनुषास्थित जनकपुर उपमहानगरपलिकामा ४४ वर्षकी सुनितादेवी कापडीको ज्यान गएको छ । पर्सामा अन्दाजी ४० वर्षका एक बृद्द मृत अवस्थामा फेला परेका छन् भने पर्सामा एक बृद्द महिलाको ज्यान गएको छ ।

चिसो बढ्दै गएपछि स्थानीय प्रशासनले उनीहरुलाई सुरक्षित रहनका लागि दाउरा बाँड्नेदखि अन्य विभिन्न कामहरु गरिरहेको भएपनि यो प्रभावतकारी बन्न सकेको छैन । विशेष गरी विपन्न परिवारका बालबालिका तथा बृद्दबृद्दाको अवस्था गम्भीर देखिएको छ । पुस महिना शुरुभएसँगै तराईका यी जिल्लाहरुमा शितलहरको प्रभाव देखिन थालेको हो ।

चिसो बढ्दै गएपछि स्थानीय विद्यालय तथा क्याम्पसहरु बन्द गरिएका छन् भने अन्य दैनिक सरकारी कामकाम हुने कार्यालयहरुमा पनि यसको प्रभाव देखिन थालेको छ । करिब ३ सातादेखि यी जिल्लाहरुमा घाम देखिएको छैन । बाक्लो हुस्सु लागेका कारण सवारी साधन चलाउनसमेत कठिनाई भएको छ ।

बाक्लो हुस्सु लागेका कारण सवारी साधन चलाउनसमेत कठिनाई भएको छ । यस्तै यी जिल्लाहरुमा रहेका विमानस्थलहरु विमान उडान तथा अवतरणमा समेत कठिनाई भै रहेको छ । तराईका यी जिल्लाहरुमा मौसम पूर्णरुपमा सुधार हुन अझै केही साता लाग्नसक्ने मौसम पूर्वानुमान महाशाखाको भनाई छ ।

जाडोयाम शुरुभएसँगै हरेक वर्ष यी जिल्लाहरुमा दर्जनौं स्थानीयले ज्यान गुमाउँदै आएपनि सरकारले बेलैमा चिसोबाट जोगाउनका लागि प्रभावकारी उपाय अवलम्बन गर्न नसकेपनि स्थानीय दुःखीत देखिएका छन् ।

चिसो बढ्दै गएपछि स्थानीय अस्पतालहरुमा विरामीहरुको चाप पनि ह्वात्तै बढ्न थालेको छ । रुखाघोखी, निमोनियालगायत चिसोबाट हुने विरामीहरुले अस्पतालको सैयाहरु भरिभराउ हुन थालेका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

लकडाउनकै बीच भारतीय अतिक्रमण विरुद्ध काठमाडौंमा प्रदर्शन, ३३ पक्राउ लकडाउनकै बीच भारतीय अतिक्रमण विरुद्ध काठमाडौंमा प्रदर्शन, ३३ पक्राउ

२०७७ बैशाख २७ गते शनिबार

०९ मे, २०२०काठमाडौं । भारतले नेपाली भूमि मिचेर चीनको...

सर्वोच्चले साढे १६ वर्ष जेल सजायाँ घटाई दिएपछि पूर्वडिआइजी कोइराला थुनामुक्त सर्वोच्चले साढे १६ वर्ष जेल सजायाँ घटाई दिएपछि पूर्वडिआइजी कोइराला थुनामुक्त

२०७७ श्रावण ८ गते बिहिबार

२३ जुलाई, २०२०काठमाडौं । आफ्नै श्रीमतीको हत्या गरी शव...

नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता : नेकपा नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता : नेकपा

२०७७ असार ६ गते शनिबार

२० जुन, २०२०काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले नेपाली पुरुषसँग...

Top