११ औं उडानमार्फत् १ सय ४८ जना नेपाली दोहाबाट काठमाडौं प्रस्तान

Best Khabar Team | २०७७ असार २४ गते बुधबार


०८ जुलाई, २०२०
दोहा, कतार । रोजगारी तथा अन्य विभिन्न कारणले यहाँ आएर लकडाउनका कारण नेपाल फर्कन नपाएका नेपालीहरुमध्ये थप १ सय ४८ जनालाई आज उद्दार गरिँदैछ । कतारको दोहा विमानस्थलबाट नेपाल एयरलाईन्सको विमानमार्फत् आज ११ औं उद्दार उडानमार्फत् उनीहरुलाई काठमाडौं लैजान लागिएको नेपाली दुतावास स्रोतले जानकारी दिएको छ ।

फाइल तस्वीर : दोहा एयरपोर्ट

उनीहरुलाई लिन नेपाली ध्वजाबाहक विमान आज बिहान दोहा आइपुगेको थियो । विशेष गरी रोजगारीका लागि यहाँ आएका मजदुर, उनीहरुका परिवारजन तथा अन्य विभिन्न काम विशेषले यहाँ आएर लकडाउनका कारण यही रोकिएकाहरुलाई सरकारले उद्दार गर्न लागेको हो । यसअघि कतारबाट सरकारले २ हजार बढी नेपालीहरुलाई उद्दार गरिसकेको छ ।

आजको उडानमा ३ जना महिलाहरुसमेत रहेको बताइएको छ । यस्तै रोजगारीको शिलशिलामा कतारमा पुगेर ज्यान गुमाएका २ जनाको शव पनि सोही विमानमा राखेर नेपाल पठाईएको छ । नेपाली ध्जजाबाहक विमान नेपाल एयरलाईन्सको विमानमार्फत् कतारबाट आज ११ औं पटक नेपालीहरुलाई उद्दार गर्न लागिएको हो ।

कतारमा अझै ४ हजार भन्दा बढी नेपालीहरु उद्दारको पर्खाईमा रहेको दुतावास स्रोतको भनाई छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

नेपालमा एकैदिन कोरोनाका थप ३ संक्रमित भेटिए, पहिलोपटक एकबाट अर्कोमा संक्रमण भएको पुष्टि नेपालमा एकैदिन कोरोनाका थप ३ संक्रमित भेटिए, पहिलोपटक एकबाट अर्कोमा संक्रमण भएको पुष्टि

२०७६ चैत्र २२ गते शनिबार

०४ मार्च, २०२० काठमाडौं । नेपालमा एकैदिन थप तीन...

निर्मला हत्या प्रहरण : एसपी विष्टलाई धरौटीमा छाड्न अदालतको आदेश निर्मला हत्या प्रहरण : एसपी विष्टलाई धरौटीमा छाड्न अदालतको आदेश

२०७५ चैत्र १० गते आइतबार

२४ मार्च, २०१९ काठमाडौं । कैलालीमा केही महिना अघि...

हिरासतमुक्त भएलगत्तै गजुरेलले भने : कालापानीबाट भारतीय सेना हटाउँछौं हिरासतमुक्त भएलगत्तै गजुरेलले भने : कालापानीबाट भारतीय सेना हटाउँछौं

२०७६ पुष १४ गते सोमबार

३० डिसेम्बर, २०१९ काठमाडौं । सिमा मिचिएको विषयमा ज्ञापन...

Top