काठमाडौं गोंगबुमा तरकारी बेच्थिन् कोरोनाबाट ज्यान गुमाउने सिन्धुपाल्चोककी महिला

Best Khabar Team | २०७७ जेठ ३ गते शनिबार


मृतक महिलाको शव शवबहानबाट निकालेर विद्युतीय शवदाह गृहमा लगिँदै ।

१६ मे, २०२०
काठमाडौं । काभ्रेको धुलिखेल अस्पतालमा बिहीबार राती ज्यान गुमाएकी सिन्धुपाल्चोककी चालिसे थरकी महिला विगत लामो समयदेखि काठमाडौंको गोंगबुस्थित तरकारी बजारमा तरकारी बेचेर आफ्नो गुजारा गर्दै आएको खुलेको छ । आफ्ना श्रीमान् र एक छोराका साथ टोखा नगरपालिका वडा नम्बर ९ मा पर्ने काभ्रे डेरी भन्दा केही मिटर अगाडिको घरमा बस्दै आएको बुझिएको छ । गोंगबु क्षेत्रमा बस्दै आएकी उनी बिहान बेलुकाको समयमा गोंगबुको तरकारी बजारमा तरकारी बेच्ने गरेको उनका छिमेकीहरु बताउँछन् ।

नेपाली सेनामा कार्यरत उनका श्रीमान् जागिरबाट राजीनामा दिएपछि श्रीमान् श्रीमती दुबै मिलेर तरकारी बेच्ने पेशा अँगालेका थिए । “दुबै मिलेर उनीहरु तरकारी बेच्थे, श्रीमान् बिहान कालीमाटी पुगेर तरकारी ल्याउँथे । उनीहरुको परिवार हाँसिखुसी थियो ।” गोंगबु तरकारी बजारमा पसल राख्ने एक महिला बताउँछिन् । ११ वर्षको उनको पहिलो छोरा पनि काठमाडौंमै पढ्थे । तर कोरोनाको संक्रमणका कारण काठमाडौंमा लकडाउन भएपछि विद्यालयसँगै अन्य क्षेत्र ठप्प भएपछि उनीहरुको परिवार सिन्धुपाल्चोकको बाह्रबिसेस्थित राम्चेगाउँमा गएर बस्न थालेको थियो । २९ वर्षकी गर्भवती चालिसे भने विगत ३/४ महिनायता तरकारी पसलमा त्यति धेरै बस्दैैन थिइन् । आफ्नो पेटमा बढ्दै गएको बच्चाले गर्दा उनी धेरै दौडधुप गर्ने अवस्थामा नभएका कारण गएको फागुनदेखि नै तरकारी पसलमा कम आउने गरेको उनीसँगै तरकारी पसल राखेर बस्ने अन्य छिमेकी व्यापारीहरु बताउँछन् ।

लकडाउनका कारण काठमाडौंमा बस्न असहज भएपछि उनी काठमाडौंमा पढ्ने ११ वर्षका छोरालाई लिएर चैत्रको पहिलो साता नै बाह्रबिसेस्थित घर गएकी थिइन् । यसबीचमा उनले आफ्नो गर्भमा रहेको बच्चाको राम्ररी हेरचाह गरिरहेकी थिइन् । बेला–बेला उनी चिकित्सककोमा गएर बच्चाको अवस्थाको बारेमा जानकारी लिइरहन्थिन् । शिक्षण अस्पतालमा आफूले चेकजाँच गराएका चिकित्सकसँग उनले फोनबाटै परामर्श लिने गरेकी थिइन् । फलस्वरुप गएको बैशाख २३ गते राति उनले दोश्रो छोरालाई सकुशल रुपमा जन्म दिइन र त्यसको ९ दिनमा उनले संसार त्यागिन् । सिन्धुपाल्चोकस्थित घरमा रहँदा उनी सासु, जेठो छोरा र श्रीमान्सँग बस्दै गरेकी थिइन् । बैशाख २३ गते शिक्षण अस्पतालमा प्रसुती गराउन आउँदासम्म उनको अवस्था सामान्य रहेको बताइएको छ ।

उनलाई शिक्षण अस्पतालमै कोरोना संक्रमण भएको हुनसक्ने आशंका गरिएको भएपनि यसको औपचारिक पुष्टि हुन सकेको छैन । सुत्केरी भएपछि उनी काठमाडौंको कोठामा गए नगएको बारेमा भने अहिलेसम्म केही खुल्न सकेको छैन । श्रीमतीको मृत्युपछि भावविह्वल बनेका उनका श्रीमान आफ्नो नवजात शिशुलाई कुरेर धुखिलेल अस्पतालमै बसेका छन् । श्रीमतीको मृत्यु भएपछि अब नवजात शिशुलाई कसरी जोगाउने भन्ने चिन्ता उनलाई छ । कोरोनाको कारण श्रीमतीको मृत्यु भएपनि उनका श्रीमान् र नवजात बालकको पनि स्वाब परीक्षण कार्य अघि बढाईको छ । स्वाबको रिपोर्ट आइसकेको छैन ।

“धेरै अप्ठेरो परिस्थिति सिर्जना भयो, अहिलेसम्म त बालकको अवस्था सामान्य छ । तर उनलाई दुध खुवाउन तथा थप हेरचाह गर्न अब दोश्रो व्यक्ति अस्पताल आउन सक्ने अवस्था छैन, अस्पतालले नै उनको पूर्णरुपमा निगरानी गर्नुपर्ने अवस्था आएको छ” धुलिखेल अस्पताल सम्बद्ध एक चिकित्सक बताउँछन् । मृतक महिलाको आजै पशुपति आर्यघाटमा अन्तेष्टि गरिएको छ । उनी नेपालमा कोरोनाका कारण ज्यान गुमाउने पहिलो व्यक्ति बनेकी छिन् ।

यसैबीच काठमाडौंको टोखा नगरपालिकास्थित गोंगबुको उनको डेरा क्षेत्रमा पनि अहिले शिल गरिएको बुझिएको छ । सो क्षेत्रमा शिल गरेर उनको कोठा क्षेत्रमा चेकजाँच गर्न उनका घरबेटीले सुरक्षाकर्मी एवं चिकित्सकसँग आग्रह गरेपछि सो क्षेत्र सिल गरिएको हो ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

भारतबाट फर्केका धादिङ्गका १६ जनामा कोरोना संक्रमण भारतबाट फर्केका धादिङ्गका १६ जनामा कोरोना संक्रमण

२०७७ जेठ २६ गते सोमबार

०८ जुन, २०२०धादिङ्गबेसी । धादिङ्गमा हालै भारतबाट फर्केका १६...

ज्वरोका कारण २ दिनमा उपत्यकाका अस्पतालमा तीनको मृत्यु, कोरोनाको जाँचका लागि नमुना टेकु अस्पताल पठाइयो ज्वरोका कारण २ दिनमा उपत्यकाका अस्पतालमा तीनको मृत्यु, कोरोनाको जाँचका लागि नमुना टेकु अस्पताल पठाइयो

२०७६ चैत्र १७ गते सोमबार

३० मार्च, २०२० काठमाडौं । अत्यधिक ज्वरो र स्वास...

कोरोना संक्रमण नियन्त्रणको पूर्वतयारी : चीनलगायत ५ देशका नागरिकलाई काठमाडौं विमानस्थलमा भिषा नदिइने कोरोना संक्रमण नियन्त्रणको पूर्वतयारी : चीनलगायत ५ देशका नागरिकलाई काठमाडौं विमानस्थलमा भिषा नदिइने

२०७६ फाल्गुन २० गते मंगलबार

०३ मार्च, २०२० काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमणको...

कास्कीमा बैशाख मसान्तसम्म निषेधाज्ञा जारी : दैनिक उपभोग्य सामग्रीको पसल बिहान ९ बजेसम्म मात्रै खोल्न पाइने कास्कीमा बैशाख मसान्तसम्म निषेधाज्ञा जारी : दैनिक उपभोग्य सामग्रीको पसल बिहान ९ बजेसम्म मात्रै खोल्न पाइने

२०७८ बैशाख १९ गते आइतबार

०२ मे, २०२१लेकसाईड (पोखरा), कास्की । पछिल्ला दिनमा जिल्लाका...

Top