गोरखाको बारपाकमा एउटै परिवारका ३ जना मृत भेटिए

Best Khabar Team | २०७७ फाल्गुन १० गते सोमबार


२२ फेब्रुअरी, २०२१
गोर्खाबजार, गोर्खा । गोरखा जिल्लाको पालुङ्गटारमा एउटै परिवारका ३ जना मृत भेटिएका छन् । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर १ बारपाकमा स्थानीय ८४ वर्षका टिलबहादुर गुरुङ्ग उनकी बुहारी र नातिनी मृत अवस्थामा भेटिएका हुन् ।

प्रहरीले दिएको जानकारी अनुसार आइतबार राति सकुशल सुतेका उनीहरु सोमबार बिहान अवेरसम्म पनि नउठेपछि गाउँले जम्मा भएर घरको ढोका फोरेर हेर्दा उनीहरु मृत भेटिएका थिए । मृतकहरुको मुखबाट फिँज बगिरहेकोले कुनै विषाक्त खानेकुराका कारण उनीहरुको ज्यान गएको हुनसक्ने अनुमान गरिएको छ ।

मृत्यु हुनेमा टिलबहादुरकी बुहारी २२ वर्षकी आइत कुमारी गुरुङ्ग, आइतकी छोरी १३ वर्षकी उषा गुरुङ्ग रहेकी छन् । स्थानीय जौबारी प्रहरी चौकीबाट प्रहरीको टोली घटनास्थलमा पुगेर अनुसन्धान अघि बढाएको छ । सो घरमा रहेका अन्य परिवारका सदस्य भने चितवन गएको बुझिएको छ । मृतकहरुको शबलाई पोष्टमार्टमका लागि लागि घटनास्थलबाट जिल्ला अस्पताल गोरखा लैजाने तयारी भै रहेको प्रहरीको भनाई छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

युरोपमै सबैभन्दा बढी कोरोना संक्रमित इटलीमा, झण्डै एक दर्जन शहर ‘उच्च निगरानीमा’ युरोपमै सबैभन्दा बढी कोरोना संक्रमित इटलीमा, झण्डै एक दर्जन शहर ‘उच्च निगरानीमा’

२०७६ फाल्गुन ११ गते आइतबार

२३ फेब्रुअरी, २०२० रोम । युरोपमा हालसम्म सबैभन्दा बढी...

४ जिल्लामा थपिए ५७ संक्रमित, कोरोना संक्रमितको संख्या १९१ ४ जिल्लामा थपिए ५७ संक्रमित, कोरोना संक्रमितको संख्या १९१

२०७७ बैशाख ३० गते मंगलबार

१२ मे, २०२०काठमाडौं । नेपालमा एकैदिन ५७ जनामा कोरोना...

अमेरिका र युरोपका दुई छुट्टाछुट्टै घटनामा परी दुई नेपाली युवतीको मृत्यु अमेरिका र युरोपका दुई छुट्टाछुट्टै घटनामा परी दुई नेपाली युवतीको मृत्यु

२०७७ श्रावण १२ गते सोमबार

२७ जुलाई, २०२०न्यूर्योक, अमेरिका । अमेरिका र युरोपमा भएका...

लमजुङ्मा २२ सहित थप १०१ जनामा कोरोना संक्रमण, मृतकको संख्या ४० पुग्यो लमजुङ्मा २२ सहित थप १०१ जनामा कोरोना संक्रमण, मृतकको संख्या ४० पुग्यो

२०७७ श्रावण २ गते शुक्रबार

१७ जुलाई, २०२०काठमाडौं । लमजुङ्गमा पछिल्लो २४ घण्टामा थप...

Top