गोरखाको बारपाकमा एउटै परिवारका ३ जना मृत भेटिए

Best Khabar Team | २०७७ फाल्गुन १० गते सोमबार


२२ फेब्रुअरी, २०२१
गोर्खाबजार, गोर्खा । गोरखा जिल्लाको पालुङ्गटारमा एउटै परिवारका ३ जना मृत भेटिएका छन् । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर १ बारपाकमा स्थानीय ८४ वर्षका टिलबहादुर गुरुङ्ग उनकी बुहारी र नातिनी मृत अवस्थामा भेटिएका हुन् ।

प्रहरीले दिएको जानकारी अनुसार आइतबार राति सकुशल सुतेका उनीहरु सोमबार बिहान अवेरसम्म पनि नउठेपछि गाउँले जम्मा भएर घरको ढोका फोरेर हेर्दा उनीहरु मृत भेटिएका थिए । मृतकहरुको मुखबाट फिँज बगिरहेकोले कुनै विषाक्त खानेकुराका कारण उनीहरुको ज्यान गएको हुनसक्ने अनुमान गरिएको छ ।

मृत्यु हुनेमा टिलबहादुरकी बुहारी २२ वर्षकी आइत कुमारी गुरुङ्ग, आइतकी छोरी १३ वर्षकी उषा गुरुङ्ग रहेकी छन् । स्थानीय जौबारी प्रहरी चौकीबाट प्रहरीको टोली घटनास्थलमा पुगेर अनुसन्धान अघि बढाएको छ । सो घरमा रहेका अन्य परिवारका सदस्य भने चितवन गएको बुझिएको छ । मृतकहरुको शबलाई पोष्टमार्टमका लागि लागि घटनास्थलबाट जिल्ला अस्पताल गोरखा लैजाने तयारी भै रहेको प्रहरीको भनाई छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

५ दिन भारी वर्षाको सम्भावना, सर्तकता अपनाउन आग्रह ५ दिन भारी वर्षाको सम्भावना, सर्तकता अपनाउन आग्रह

२०७७ श्रावण २ गते शुक्रबार

१७ जुलाई, २०२०काठमाडौं । वर्षायाम शुरुभएसँगै देशका विभिन्न भागमा...

२७ दिनमा कोरोनालाई जितिन् काठमाडौंकी युवतीले २७ दिनमा कोरोनालाई जितिन् काठमाडौंकी युवतीले

२०७७ बैशाख ६ गते शनिबार

१८ अप्रिल, २०२०काठमाडैं । गत चैत्र ४ गते युरोपेली...

समुदायमा कोरोना संक्रमित भेटिएपछि पवर्तको सदरमुकाम कुस्मा बजार सिल ! समुदायमा कोरोना संक्रमित भेटिएपछि पवर्तको सदरमुकाम कुस्मा बजार सिल !

२०७७ भाद्र २७ गते शनिबार

१२ सेप्टेम्बर, २०२०फलेबास, पर्वत । पवर्तको कुस्मामा क्वारेन्टाइन बाहिर...

२०७७ सालको दशैं आजबाट बिधिबत् रुपमा सम्पन्न २०७७ सालको दशैं आजबाट बिधिबत् रुपमा सम्पन्न

२०७७ कार्तिक १४ गते शुक्रबार

३० अक्टोबर, २०२०काठमाडौं । कोरोना भाइरसको प्रकोपकैबीच यो वर्षको...

Top