फ्रान्स घुम्न आएका चिनियाँ पर्यटकको कोरोना भाइरसको संक्रमणबाट निधन

Best Khabar Team | २०७६ फाल्गुन ४ गते आइतबार


१६ फेब्रुअरी, २०२०
पेरिस । फ्रान्सको राजधानी पेरिस घुम्न आएका एक चिनियाँ पर्यटकको कोरोना भाइरसका कारण ज्यान गएको छ । युरोपेली मुलुक फ्रान्सको पेरिस शहर घुम्न आएका चीनको हुबेई प्रान्तका ८० वर्षका ती चिनियाँ पर्यटक जनवरीको तेश्रो साता पेरिस अवतरण गरेका थिए । पेरिस आएलगत्तै उनमा कोरोनाको संक्रमण देखिएपछि उनलाई चिकित्सकहरुले विमानस्थलबाटै नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखेर विशेष निगरानीका साथ उपचार गराईरहेका थिए ।

तर उपचारकै क्रममा उनको हिजो निधन भएको फ्रान्स सरकारले जनाएको छ । फ्रान्सका स्वास्थ्य मन्त्री आनियास बिजाँका अनुसार २५ जनवरीबाट क्वारेन्टाइनमा राखिएका ती चिनियाँ नागरिक दिनप्रतिदिन कमजोर बन्दै गएका थिए । उपचारको क्रममा उनको हिजो अस्पतालमै निधन भएको हो । फ्रान्समा हाल ११ जना कोरोना संक्रमितको उपचार भै रहेको छ ।

चीनको हुपेई प्रान्तमा हालसम्म १५ सय जना भन्दा बढी संक्रमितको गै सकेको छ । हाल विश्वका करिब ३० देशमा कोरोनाको संक्रमण फैलिएको छ । स्मरणीय के छ भने कोरोना भाइरसका कारण युरोपमा मानिसको ज्यान गएको हालसम्ममै यो पहिलो घटना हो ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

पोर्चुगलमा एकैदिन ७ दर्जन बढी कोरोना संक्रमित भेटिएपछि स्पेनसँगको बोर्डर बन्द गरिँदै पोर्चुगलमा एकैदिन ७ दर्जन बढी कोरोना संक्रमित भेटिएपछि स्पेनसँगको बोर्डर बन्द गरिँदै

२०७६ चैत्र २ गते आइतबार

१५ मार्च, २०२०पोर्तिमाउ । युरोपेली मुलुक पोर्चुगलमा आइतबार एकैदिन...

जर्मनी गोलीकाण्ड : मृतकको संख्या ९ पुग्यो, संदिग्ध आक्रमणकारी र उनकी आमा कोठाभित्रै मृत भेटिए जर्मनी गोलीकाण्ड : मृतकको संख्या ९ पुग्यो, संदिग्ध आक्रमणकारी र उनकी आमा कोठाभित्रै मृत भेटिए

२०७६ फाल्गुन ८ गते बिहिबार

२० फेब्रुअरी, २०२० बर्लिन । युरोपेली मुलुक जर्मनीका दुई...

युरोपको अर्थव्यवस्था पुरानै अवस्थामा फर्काउन ७५० अर्ब युरोको कोष खडा गर्न ईयु सम्बद्ध राष्ट्रहरु सहमत युरोपको अर्थव्यवस्था पुरानै अवस्थामा फर्काउन ७५० अर्ब युरोको कोष खडा गर्न ईयु सम्बद्ध राष्ट्रहरु सहमत

२०७७ श्रावण ६ गते मंगलबार

२१ जुलाई, २०२०लिंकरोभर, बेल्जियम । कोरोना भाइरसका कारण प्रभावित...

नेपालमा कोरोना : संक्रमितको संख्या साढे १६ हजार नाघ्यो, ८ हजार बढीले कोरोनालाई जिते नेपालमा कोरोना : संक्रमितको संख्या साढे १६ हजार नाघ्यो, ८ हजार बढीले कोरोनालाई जिते

२०७७ असार २६ गते शुक्रबार

१० जुलाई, २०२०काठमाडौं । देशका विभिन्न भागमा हालसम्म कोरोना...

Top