Best Khabar Team | २०७६ फाल्गुन ४ गते आइतबार

१६ फेब्रुअरी, २०२०
पेरिस । फ्रान्सको राजधानी पेरिस घुम्न आएका एक चिनियाँ पर्यटकको कोरोना भाइरसका कारण ज्यान गएको छ । युरोपेली मुलुक फ्रान्सको पेरिस शहर घुम्न आएका चीनको हुबेई प्रान्तका ८० वर्षका ती चिनियाँ पर्यटक जनवरीको तेश्रो साता पेरिस अवतरण गरेका थिए । पेरिस आएलगत्तै उनमा कोरोनाको संक्रमण देखिएपछि उनलाई चिकित्सकहरुले विमानस्थलबाटै नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखेर विशेष निगरानीका साथ उपचार गराईरहेका थिए ।
तर उपचारकै क्रममा उनको हिजो निधन भएको फ्रान्स सरकारले जनाएको छ । फ्रान्सका स्वास्थ्य मन्त्री आनियास बिजाँका अनुसार २५ जनवरीबाट क्वारेन्टाइनमा राखिएका ती चिनियाँ नागरिक दिनप्रतिदिन कमजोर बन्दै गएका थिए । उपचारको क्रममा उनको हिजो अस्पतालमै निधन भएको हो । फ्रान्समा हाल ११ जना कोरोना संक्रमितको उपचार भै रहेको छ ।
चीनको हुपेई प्रान्तमा हालसम्म १५ सय जना भन्दा बढी संक्रमितको गै सकेको छ । हाल विश्वका करिब ३० देशमा कोरोनाको संक्रमण फैलिएको छ । स्मरणीय के छ भने कोरोना भाइरसका कारण युरोपमा मानिसको ज्यान गएको हालसम्ममै यो पहिलो घटना हो ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
कोरोना संक्रमित भागे गोली चलाउन प्रजिअ नेतृत्वको समितिको आदेश
२०७७ जेठ २ गते शुक्रबार
१५ मे, २०२०वीरगञ्ज, पर्सा । पर्सामा कोरोना संक्रमितहरुले स्वास्थ्यकर्मीले...
झापामा पनि भेटिए कोरोना संक्रमित
२०७७ बैशाख १२ गते शुक्रबार
२४ अप्रिल, २०२०दमक । पूर्वी नेपालको झापा जिल्लामा आज...
क्यानडा र अमेरिकाको सिमाना थप एक महिनाका लागि बन्द
२०७७ जेठ ६ गते मंगलबार
१९ मे, २०२०टोरन्टो । क्यानडा र अमेरिकाले दुईदेशबीचको सीमा...
चीनको हेनान प्रान्तमा ६० वर्षयताकै भीषण वर्षात्, दर्जन बढीको ज्यान गयो, लाखौं विस्थापित
२०७८ श्रावण ६ गते बुधबार
२१ जुलाई, २०२१बेइजिङ्ग, चीन । पछिल्ला २४ घण्टादेखि दिनका...
Top