आममाफी पाएका १५० नेपालीलाई कुवेत सरकारले गरिदियो नि:शुल्क उद्दार

Best Khabar Team | २०७७ असार ४ गते बिहिबार


१८ जुन २०२०
कुवेत सिटी । रोजगारीका लागि कुवेत आएका र विभिन्न कारणले कारबाहीमा परेका एक सय ५० जना नेपालीलाई कुवेत सरकारले आज आफ्नै खर्चमा उद्दार गरिदिएको छ । कुवेत सरकारले रोजगारीका लागि यहाँ आएका नेपालीमध्ये विभिन्न गैरकानुनी गतिविधिमा संलग्न १ सय ५० जनालाई आज कुवेत सरकारकै खर्चमा उद्दार गरेको हो । करिब ३ हजार नेपालीहरु यस्ता गैरकानुनी गतिविधिमा संलग्न रहेको तथ्यांक कुवेत सरकारसँग छ ।

फाइल तस्वीर ।

कारबाहीको दायरामा रहेका नेपालीहरुलाई कुवेत सरकारले कोरोनाको विश्वव्यापी प्रभावलाई मध्यनजर गर्दै आममाफी दिएको थियो । आममाफी दिएपनि कोरोना संक्रमणलाई मध्यनजर गर्दै जारी लकडाउनका कारण नेपाल फर्कन नसकेपछि उनीहरुलाई कुवेत सरकारले आफ्नै खर्चमा खाने र बस्ने व्यवस्था गर्दैै आएको थियो ।

सरकारी सेल्टरहरुमा राखिएका यस्ता नेपाली कामदारमध्ये पहिलो चरणमा १ सय ५० जनालाई उद्दार गरेर आज काठमाडौं पठाइएको कुवेतस्थित नेपाली दुतावास स्रोतको भनाई छ । उद्दार गरिएकामा अधिकांश महिलाहरु रहेका छन् । उनीहरुलाई आज बिहान काठमाडौं पु-याएर नेपाल सरकारको जिम्मामा छाडिदिइएको हो । कोरोनाको संक्रमण फैलिएपछि कुवेत सरकारले राहदानीमा भिषाको समय सकिएर पनि कुवेत बस्दै आएका तथा अन्य विभिन्न खाले गैरकानुनी कार्य गर्ने ३ हजार जना नेपाली र सोही संख्यामा भारतीयहरुलाई आममाफी दिएको थियो । कुवेतस्थित नेपाली दुतावाससँगको समन्वयमा कुवेत सरकारले बाँकी रहेका नेपालीहरुलाई पनि प्राथमिकताको आधारमा छिट्टै नेपाल पठाउने बुझिएको छ ।

कुवेतमा हाल करिब ५ हजार नेपाली नेपाल जाने प्रतिक्षामा रहेकाछन् । ती मध्ये ५ सयजना सरकारले गरेको चार्टर उडानमार्फत आफ्नै खर्चमा केहीदिनअघि काठमाडौं गैसकेका छन् । उद्दार गरिएका नेपालीहरुलाई काठमाडौं विमानस्थलबाट सिधै काठमाडौंका विभिन्न स्थानमा बनाइएका क्वारेन्टाइनमा पु-याइएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

महान पर्व बडादशैं शुरु, आज घटस्थापना महान पर्व बडादशैं शुरु, आज घटस्थापना

२०८० आश्विन २८ गते आइतबार

१५ अक्टोबर, २०२३काठमाडौं । नेपालीहरुको महानपर्व दशैं आजबाट विधिबत्रुपमा...

भागरथीको बलात्कार र हत्या उनकै विद्यालयमा पढ्ने  युवकबाट : प्रहरी भागरथीको बलात्कार र हत्या उनकै विद्यालयमा पढ्ने युवकबाट : प्रहरी

२०७७ फाल्गुन ४ गते मंगलबार

१६ फेब्रुअरी २०२१बैतडी । बैतडी जिल्लामा गएको माघ २२...

नेपालमा शरणार्थी बनेर बस्नेको विदेशीको संख्या झण्डै एक हजार जना नेपालमा शरणार्थी बनेर बस्नेको विदेशीको संख्या झण्डै एक हजार जना

२०७६ मंशिर २७ गते शुक्रबार

१३ डिसेम्बर, २०१९ काठमाडौं । अमेरिका, क्यानडा,युरोपलगायतका देशमा नेपालबाट...

सबै अन्तर्राष्ट्रिय उडान खोल्ने सरकारको निर्णय सबै अन्तर्राष्ट्रिय उडान खोल्ने सरकारको निर्णय

२०७७ मंशिर १५ गते सोमबार

३० नोभेम्बर, २०२०काठमाडौं । सरकारले छिमेकी मुलुक भारतसहित नेपालसँग...

Top