Best Khabar Team | २०७७ असार ४ गते बिहिबार
१८ जुन २०२०
कुवेत सिटी । रोजगारीका लागि कुवेत आएका र विभिन्न कारणले कारबाहीमा परेका एक सय ५० जना नेपालीलाई कुवेत सरकारले आज आफ्नै खर्चमा उद्दार गरिदिएको छ । कुवेत सरकारले रोजगारीका लागि यहाँ आएका नेपालीमध्ये विभिन्न गैरकानुनी गतिविधिमा संलग्न १ सय ५० जनालाई आज कुवेत सरकारकै खर्चमा उद्दार गरेको हो । करिब ३ हजार नेपालीहरु यस्ता गैरकानुनी गतिविधिमा संलग्न रहेको तथ्यांक कुवेत सरकारसँग छ ।

कारबाहीको दायरामा रहेका नेपालीहरुलाई कुवेत सरकारले कोरोनाको विश्वव्यापी प्रभावलाई मध्यनजर गर्दै आममाफी दिएको थियो । आममाफी दिएपनि कोरोना संक्रमणलाई मध्यनजर गर्दै जारी लकडाउनका कारण नेपाल फर्कन नसकेपछि उनीहरुलाई कुवेत सरकारले आफ्नै खर्चमा खाने र बस्ने व्यवस्था गर्दैै आएको थियो ।
सरकारी सेल्टरहरुमा राखिएका यस्ता नेपाली कामदारमध्ये पहिलो चरणमा १ सय ५० जनालाई उद्दार गरेर आज काठमाडौं पठाइएको कुवेतस्थित नेपाली दुतावास स्रोतको भनाई छ । उद्दार गरिएकामा अधिकांश महिलाहरु रहेका छन् । उनीहरुलाई आज बिहान काठमाडौं पु-याएर नेपाल सरकारको जिम्मामा छाडिदिइएको हो । कोरोनाको संक्रमण फैलिएपछि कुवेत सरकारले राहदानीमा भिषाको समय सकिएर पनि कुवेत बस्दै आएका तथा अन्य विभिन्न खाले गैरकानुनी कार्य गर्ने ३ हजार जना नेपाली र सोही संख्यामा भारतीयहरुलाई आममाफी दिएको थियो । कुवेतस्थित नेपाली दुतावाससँगको समन्वयमा कुवेत सरकारले बाँकी रहेका नेपालीहरुलाई पनि प्राथमिकताको आधारमा छिट्टै नेपाल पठाउने बुझिएको छ ।
कुवेतमा हाल करिब ५ हजार नेपाली नेपाल जाने प्रतिक्षामा रहेकाछन् । ती मध्ये ५ सयजना सरकारले गरेको चार्टर उडानमार्फत आफ्नै खर्चमा केहीदिनअघि काठमाडौं गैसकेका छन् । उद्दार गरिएका नेपालीहरुलाई काठमाडौं विमानस्थलबाट सिधै काठमाडौंका विभिन्न स्थानमा बनाइएका क्वारेन्टाइनमा पु-याइएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
केन्यामा इस्लामिक लडाकूको आक्रण, १ अमेरिकी सैनिकसहित ३ को मृत्यु
२०७६ पुष २१ गते सोमबार
०६ जनवरी, २०२० काठमाडौं । केन्याको राजधानी नैरवीस्थित एक...
काठमाडौंमा ४ स्वास्थ्यकर्मीसहित थप २८८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २१ सय नजिक
२०७७ जेठ २० गते मंगलबार
०२ जुन, २०२०काठमाडौै । काठमाडौंको सिनामंगलमा रहेको काठमाडौं मेडिकल...
तीव्र रुपमा फैलिँदै कोरोना : १८० जनाले गुमाए ज्यान
२०७६ माघ १६ गते बिहिबार
३० जनवरी,२०२०बेइजिङ्ग । कोरोना भाइरसको संक्रमणबाट चीनमा १८० जनाले...
यी अभागी डाक्टर, जसले दिए कोरोना बारे पहिलो जानकारी, उनैलाई लग्यो कोरोनाले…
२०७६ माघ २३ गते बिहिबार
०६ फेब्रुअरी, २०२० बेइजिङ्ग । ३ महिनाअघिसम्म कोरोना भाईरसको...
Top