बुहानबाट फर्काइने नेपालीलाई राख्न प्राधिकरणका २ भवन खाली गरियो

Best Khabar Team | २०७६ माघ २५ गते शनिबार


०८ फेब्रुअरी, २०२०

काठमाडौं । सरकारले कोरोना भाईरसको उद्गम थलोको रुपमा रहेको चीनको बुहान प्रान्तबाट फकाईन लागिएका नेपालीहरु राख्नको लागि भक्तपुरको खरीपाटीमा रहेको विद्यूत् प्राधिकरणको तालिम केन्द्रलाई प्रयोग गर्ने निर्णय गरेको छ । त्यसका लागि भवन खाली गर्ने र अन्य आवश्यक मेडिकल उपकरण जडान गर्ने काम पनि तीव्रगतिमा अघि बढेको छ ।

स्वास्थ्यमन्त्रालय स्रोतका अनुसार खरिपाटीस्थित विद्युत् प्राधिकरणको दक्षिणतर्फको सबभन्दा तल रहेको प्राधिकरणको वातावरण तथा सामाजिक अध्ययन विभाग र होस्टेल भवन खाली गराएर त्यहाँ चीनबाट ल्याउन लागिएका नेपालीहरुलाई राख्ने तयारी गरिएको हो । नेपाल विद्युत् प्राधिकरण खरिपाटीका सहनिर्देशक केशवराज ओलीका अनुसार आइसोलेशन वार्डका रुपमा क्वारेन्टाइन राख्नका लागि भवन खाली गरिएको हो ।

यो दुईवटा भवनमा कुल १ सय २४ जनालाई राख्न सकिने निचोड सरकारले निकालेको छ । स्थानीय बासिन्दाको चर्को विरोधका बाबजुत यहाँ बुहानबाट फर्काउन लागिएको नेपालीलाई राख्न लागिएको हो । अस्पतालको आइसोलेसन वार्ड बनाउनका लागि नेपाली सेना, नेपाल प्रहरी, स्वास्थ्य मन्त्रालयलगायतका स्वास्थ्य तथा प्राविधिकहरुको टोली लागि परेको छ ।

बाँकी रहेका नेपालीहरुलाई आइसोलेसनको रुपमा काठमाडौंको इचंगुनारायणमा रहेको सरकारी भवनमा समेत राख्ने गरी तयारी अघि बढेको जनाइएको छ । सरकारले कोरोना प्रभावित चीनको बुहानबाट करिब २ सय नेपालीलाई अबको केही दिनभित्र उद्दार गरी नेपाल ल्याउने भएको छ । यसका लागि चिकित्सकहरुको टोलीसहितको राष्ट्रिय ध्वजाबाहक विमान चीन पठाउने तयारीमा सरकार लागेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

जर्मनीमा कोरोना कहर : हेसेन राज्यका अर्थमन्त्रीको शव रेलवे स्टेनमा भेटियो, आत्महत्याको आशंका जर्मनीमा कोरोना कहर : हेसेन राज्यका अर्थमन्त्रीको शव रेलवे स्टेनमा भेटियो, आत्महत्याको आशंका

२०७६ चैत्र १६ गते आइतबार

२९ मार्च, २०२०बर्लिन । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना...

भागरथीको हत्यारा को ? भागरथीको हत्यारा को ?

२०७७ माघ २६ गते सोमबार

०८ फेब्रुअरी, २०२१बैतडी–बिकट पहाडी जिल्ला बैतडीकी एक किशोरीको माघ...

पार्टी राजनीतिबाट बाहिरिइन करिष्मा मानन्धर पार्टी राजनीतिबाट बाहिरिइन करिष्मा मानन्धर

२०७६ जेठ २० गते सोमबार

३ जुन २०१८ काठमाडौं । विगत केही वर्षयता बाबुराम...

५५ वर्षमाथिका सबैलाई कोरोना भ्याक्सिन उपलब्ध गराउने सरकारको तयारी ५५ वर्षमाथिका सबैलाई कोरोना भ्याक्सिन उपलब्ध गराउने सरकारको तयारी

२०७७ फाल्गुन १० गते सोमबार

२२ फेब्रुअरी, २०२१काठमाडौं । सरकारले ५५ वर्षमाथिका उमेर समूहका...

Top