Best Khabar Team | २०७६ माघ २९ गते बुधबार

१२ फेब्रुअरी, २०२०
काठमाडौं । प्रहरीले ललितपुरस्थित एक सुनपसलबाट सुनचाँदीका महत्वपूर्ण गरगहना लुटेर फरार रहेका तीनजनालाई आज पक्राउ गरेको छ । ललितपुरमा रहेको एक सुनचाँदी पसलबाट केहीदिनअघि उनीहरुले रातिको समयमा पसल फुटाएर त्यहाँ रहेका सुनचाँदीका गरगरहना लुटेका थिए ।
करोडौं मूल्य बराबरको सुनचाँदीका गहना लुटिएपछि प्रहरीले घटनामा संलग्नको खोजी कार्य तीब्र बनाएकै बेला उनीहरु आज पक्राउ परेका हुन् । प्रहरीले भारतको मोतिहारी घर भएका ३ जना भारतीयलाई काठमाडौंको सतुंगलबाट पक्रेको जनाएको छ । उनीहरुको समुहमा रहेका अन्यको खोजी कार्य तीब्र बनाएको भन्दै प्रहरीले उनीहरुको नाम तथा उनीहरुलाई छिट्टै पत्रकारसम्मेलन गरी सार्वजनिक गर्ने तयारी गरेको छ ।
ललितपुरमा रहेको सुनचाँदी पसल चोरी गरेर उनीहरु थानकोटबाट बाहिरिने क्रममा सतुंगलबाट समातिएका हुन् । पक्राउ परेकाहरुका साथबाट प्रहरीले सुन र चाँदीका विभिन्न गरगहना र केही थान मोबाइलसमेत बरामद गरेको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
कर्णालीका थप दुई जिल्लामा देखियो कोरोना, संक्रमितको संख्या ५०७ पुग्यो
२०७७ जेठ ९ गते शुक्रबार
२२ मे, २०२०बाँके । नेपालको कर्णाली प्रदेशका थप २...
नेपाल भ्रमण वर्ष २०२० : नेपाल एयरलाईन्सले चीन र जापानका थप शहरमा उडान भर्दै
२०७६ मंशिर २९ गते आइतबार
१५ डिसेम्बर, २०१९ काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल बायुसेवा...
काठमाडौंमा भूमिगत ढंगले सञ्चालित विप्लव समूहको कार्यालयमा प्रहरी छापा, ६ जना हतियारसहित पक्राउ
२०७६ पुष ६ गते आइतबार
२३ डिसेम्बर, २०१९ काठमाडौं । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द...
पर्वतमा कोरोना : ८ जना निको भएर घर फर्के, ५ नयाँ संक्रमित थपिए
२०७७ असार ४ गते बिहिबार
१८ जुन, २०२०फलेबास, पर्वत । गण्डकी प्रदेश अन्र्तगतको पर्वत...
Top