जनवरी १ को अर्को पाटो : राष्ट्रिय टोपी दिवस

Best Khabar Team | २०७६ पुष १५ गते मंगलबार


०१ जनवरी, २०२०
काठमाडौं । आज अँग्रेजी नयाँ वर्षको पहिलो दिन अर्थात् जनवरी १ । नेपाललगायत विश्वभर अँग्रेजी नयाँवर्ष धुमधामका साथ मनाईँदै छ । तर यहीबीचमा नेपाललगायत विश्वभर छरिएर रहेका नेपालीहरुले यो दिनलाई राष्ट्रिय टोपी दिवसको रुपमा समेत मनाउने गरेका छन् । पछिल्लो समयमा युवा पुस्ताले नेपाली टोपीको संरक्षण र संम्बद्र्धन गर्ने उद्देश्यले शुरु गरेको यो अभियानले अहिले दिवसको रुप लिँदै गइरहेको छ ।

शताब्दीऔं अघिदेखि प्रयोगमा आएको नेपाली टोपीको संरक्षण गन, यसलाई विश्वव्यापी गराउन र भावि पुस्तालाई यसको महत्वको बारेमा जानकारी गराउन सन् २०१४ देखि जनवरी १ का दिन नेपालीहरु रहेका विभिन्न देशमा टोपी दिवस मनाउन थालिएको टोपी दिवसका अभियान्ता जनार्दन अर्यालले बेस्टखबर डटकमलाई जानकारी दिनुभयो । अहिले काठमाडौंलगायत विश्वका विभिन्न देशमा रहेका नेपालीहरुले पनि स्वर्तस्फूर्त रुपमा राष्ट्रिय टोपी दिवस मनाउन थालेका छन् ।

नेपालमा टोपी दिवस मनाउन सन् २००८ देखि नै शुरु गरिएपछि २०१४ मा आइपुगेपछि यसले बृहत् रुप लिएको थियो । अहिले आफू रहेको भूगोल तथा आफ्नो अवस्था अनुसार विश्वका विभिन्न स्थानमा रहेका नेपालीहरुले नेपाली ढाका टोपी लगाउने र त्यसको फोटोसहित सामाजिक सञ्जालमार्फत् शुभकामना व्यक्त गर्ने गर्दछन् ।

यही क्रममा आज काठमाडौंको बसन्तपुरमा एक कार्यक्रम आयोजना गरिँदै छ । राष्ट्रिय टोपी दिवस अभियानले कार्यक्रममा सहभागिताको लागि सबैलाई आग्रह समेत गरेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

काठमाडौंमा रहेका अमेरिकीहरुलाई मंगलबार विमान चार्टर गरेर स्वदेश ल्याईँदै काठमाडौंमा रहेका अमेरिकीहरुलाई मंगलबार विमान चार्टर गरेर स्वदेश ल्याईँदै

२०७६ चैत्र १६ गते आइतबार

२९ मार्च, २०२० सुनिल तिवारी / न्यूर्योक । अमेरिकाले...

ललितपुरको किष्ट अस्पतालमा उपचाररत एक विरामीको मृत्यु, अस्पताल भन्छ : ‘स्वाब परीक्षणमा कोरोना संक्रमण देखियो’ ललितपुरको किष्ट अस्पतालमा उपचाररत एक विरामीको मृत्यु, अस्पताल भन्छ : ‘स्वाब परीक्षणमा कोरोना संक्रमण देखियो’

२०७७ जेठ १४ गते बुधबार

२७ मे, २०२०काठमाडौं । ललितपुरको ग्वार्को इमाडोलमा रहेको किष्ट...

महानायक राजेश  हमालका भाईको  उपचारका क्रममा भारतमा निधन महानायक राजेश हमालका भाईको उपचारका क्रममा भारतमा निधन

२०७७ श्रावण ७ गते बुधबार

२२ जुलाई, २०२०नयाँदिल्ली, भारत । नेपाली चलचित्र क्षेत्रमा महानायकको...

अन्तर्राष्ट्रीय  उडान रोक्ने समयसिमा पनि थपियो, अब मे ३० सम्म अन्तर्राष्ट्रीय  उडान नहुने अन्तर्राष्ट्रीय उडान रोक्ने समयसिमा पनि थपियो, अब मे ३० सम्म अन्तर्राष्ट्रीय उडान नहुने

२०७७ बैशाख २४ गते बुधबार

०६ मे, २०२०काठमाडौं । कोरोना भाइरसको प्रकोप नियन्त्रणका लागि...

Top