पक्राउ पूर्जी पाएलगत्तै प्रहरीले समात्यो सांसद मनाङ्लेलाई

Best Khabar Team | २०७६ माघ ९ गते बिहिबार


२३ जनवरी, २०२०
पोखरा । एन्फा कास्कीका अध्यक्षलाई कुटपिट गरेको अभियोग लागेका गण्डकी प्रदेशका प्रदेशसभा सांसद राजीव गुरुङ्ग उर्फ दिपक मनाङ्गेलाई प्रहरीले पक्राउ गरेको छ । पोखराको पर्यटकीय नगरी लेकसाईडबाट प्रहरीले मनाङ्गेलाई एक होटलमा बसिरहेका बेला पक्रेको हो ।

राष्ट्रिय सभा निर्वाचनमा सहभागी हुनका लागि उनी पोखरा पुगेका थिए । उनले केही समय अघि अखिल नेपाल फुटबल संघ (एन्फा) का कास्की अध्यक्ष मिलन गुरुङलाई झापड हानेका थिए । गुरुङ्गले जिल्ला प्रशासन कार्यालयमा जिउ ज्यान सुरक्षा गरि पाउँ पनि निदेवन दिएलगत्तै जिल्ला प्रशासन कार्यालय कास्कीले सांसद मनाङ्गेलाई पक्रेको हो ।

३ दिन अघि पोखरामा मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको उद्घाटन कार्यक्रममा पुगेका मनाङ्गेले आफ्ना जिल्लाबाट आएका खेलाडीको व्यवस्थापनको लागि एन्फा अध्यक्षसँग रकम मागेका थिए । रकम नदिएपनि उनले गुरुङ्गलाई झापड हानेको गुरुङ्गले जिल्ला प्रशासन कार्यालयमा दिएको उजुरीमा उल्लेख छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

काठमाडौंको पुर्ननिर्मित पाँच सम्पदामा राष्ट्रपति पुग्दा (फोटोफिचर) काठमाडौंको पुर्ननिर्मित पाँच सम्पदामा राष्ट्रपति पुग्दा (फोटोफिचर)

२०७६ माघ २५ गते शनिबार

०८ फेब्रुअरी, २०२०काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्निर्माण भइरहेका...

नेपालमा कोरोना कहर : बैशाख १५ सम्म लम्बियो ‘लकडाउन’ नेपालमा कोरोना कहर : बैशाख १५ सम्म लम्बियो ‘लकडाउन’

२०७७ बैशाख २ गते मंगलबार

१४ अप्रिल, २०२० काठमाडौं । सरकारले कोरोना संक्रमण (कोभिड...

२४ घण्टामा थपिए १ हजार ३५९ कोरोना संक्रमित २४ घण्टामा थपिए १ हजार ३५९ कोरोना संक्रमित

२०७७ भाद्र १९ गते शुक्रबार

०४ सेप्टेम्बर, २०२०काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १...

उपत्यकामा ८ सहित देशभर थप ४७६ जनामा कोरोना संक्रमण उपत्यकामा ८ सहित देशभर थप ४७६ जनामा कोरोना संक्रमण

२०७७ असार १५ गते सोमबार

२९ जुन, २०२०काठमाडौं । देशका विभिन्न जिल्लामा आज थप...

Top