कोरोनाबाट विश्वभर ज्यान गुमाउनेको संख्या पौने ३ लाख नाघ्यो, करिब ४० लाख संक्रमित

Best Khabar Team | २०७७ बैशाख २६ गते शुक्रबार


०८ मे, २०२०
लिंकरोभर बेल्जियम । कोरोना अर्थात् कोभिड १९ को विश्वव्यापी प्रकोपका कारण दैनिक हजारौंले ज्यान गुमाईरहेका छन् । चीनको बुहान प्रान्तबाट गएको डिसेम्बर तेश्रो सातादेखि शुरु भएको कोरोनाले करिब ५ महिनाको यस अवधिमा पौने तीनलाख मानिसको जीवनलिला समाप्त पारिदिएको छ । यो समाचार तयार पार्दासम्म विश्वभर कोरोनाका कारण २ लाख ७५ हजार ७५ जनाको ज्यान कोरोनाकै कारण गै सकेको छ ।

कोरोनाका कारण अहिलेसम्म विश्वभर करिब ४० लाखको हाराहारीमा मानिसहरु संक्रमित भै सकेका छन् । कोरोनाको सबैभन्दा बढी असर अमेरिकामा परेको छ । अमेरिकामा कोरोनाका कारण हालसम्म ७८ हजार २ सय ५० जनाको ज्यान गएको छ भने १३ लाख १४ हजार २ सय ९५ जना संक्रमित बनेका छन् । यस्तै युरोपेली मुलुकहरु स्पेन, इटली, फ्रान्स जर्मनीमा पनि कोरोनाको संक्रमण तीब्र बनेको छ ।

स्पेनमा कोरानाका कारण शुक्रबार साँझ स्थानीय समय अनुसार राती साढे ९ बजेसम्म २६ हजार २ सय ९९ जनाको ज्यान गै सकेको छ । स्पेनमा हालसम्म २ लाख ६० हजार १ सय १७ जना कोरोना संक्रमित बनेका छन् । यस्तै इटलीमा संक्रमितको संख्या २ लाख १७ हजार १ सय ८५ पुगेको छ । इटलीमा हालसम्म ३० हजार २ सय १ जनाले कोरोनाका कारण ज्यान गुमाईसकेका छन् । इटलीपछि बेलायतमा सबैभन्दा बढी संक्रमित देखिएका छन् ।

बेलयातमा हालसम्म २ लाख ११ हजार ३ सय ६४ जना संक्रमण भेटिएका छन् । ती मध्ये ३१ हजार २ सय ४१ जनाको ज्यान कोरोनाले लिएको छ । यस्तै मानवीय क्षतिको हिसावले बेलायतपछि युरोपेली देश फ्रान्स अग्रस्थानमा रहेको छ । फ्रान्समा कोरोना भाइरसको संक्रमणकै कारण हालसम्म २६ हजार २ सय ३० जनाको ज्यान गै सकेको छ । तर संक्रमितको संख्याको आधारमा फ्रान्सलाई रुसियाले जितेको छ ।

रसियामा हालसम्म १ लाख ८७ हजार ८ सय ५९ जना संक्रमित भेटिएका छन् । रसियामा यो समाचार तयार गर्दासम्म १ हजार ७ सय २३ जनाले ज्यान गुमाएका छन् । यस्तै जर्मनीमा हालसम्म १ लाख ७० हजार १ सय १४ जना संक्रमित भेटिएका छन् । जर्मनीमा कोरोनाका कारण ७ हजार ४ सय ४५ जनाको ज्यान गै सकेको छ ।

जर्मनीपछि संक्रमितको हिसावले ब्राजिल, टर्की, इरान, चाइना, क्यानडा, भारत, पेरु, बेल्जियम, नेदरल्याण्ड, साउदी अरेविया, इक्वेडर, स्वीट्जरल्याण्ड, मेक्सिको, पोर्चुगल पाकिस्तानलगायतका देशहरु अगाडि रहेका छन् । कोरोनाका कारण यतिबेला विश्वभर पर्यटकीय गतिविधि ठप्प छ । यस्तै कतिपय देशहरुमा उद्योगधन्दा बन्द हुँदा आर्थिक गतिविधिहरु ठप्प छ । जसका कारण विश्वभर खबौंको क्षति पुगेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

अगस्ट महिना (भदौ १५ सम्म) भर आन्तरिक तथा बाह्य हवाई सेवा बन्द गर्ने सरकारको निर्णय अगस्ट महिना (भदौ १५ सम्म) भर आन्तरिक तथा बाह्य हवाई सेवा बन्द गर्ने सरकारको निर्णय

२०७७ श्रावण २६ गते सोमबार

१० अगस्ट, २०२०काठमाडौं । सरकारले यसअघि गरेको निर्णयलाई पुर्नविचार...

नेपाल दर्शन २०२० : फोटो पत्रकारका २०० फोटो नेपाल दर्शन २०२० : फोटो पत्रकारका २०० फोटो

२०७६ माघ ७ गते मंगलबार

२१ जनवरी, २०२० काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक...

बाजुरामा दुई वर्षकी बालिकाको कोरोना संक्रमणका कारण मृत्यु : मृतकको संख्या ८ पुग्यो बाजुरामा दुई वर्षकी बालिकाको कोरोना संक्रमणका कारण मृत्यु : मृतकको संख्या ८ पुग्यो

२०७७ जेठ १८ गते आइतबार

३१ मे, २०२०मार्तडी । सुदुरपश्चिमको बाजुरा जिल्लामा दुई वर्षकी...

महानगरभित्रकै नदीको यो कुरुप दृश्य : जहाँ पानी भन्दा फोहोर धेरै बग्दछ महानगरभित्रकै नदीको यो कुरुप दृश्य : जहाँ पानी भन्दा फोहोर धेरै बग्दछ

२०७६ पुष १६ गते बुधबार

शब्द तथा तस्वीर : पि.एल. तरंग कुनै जमना थियो,...

Top