पोखरा विमान दुर्घटना : सोमबार राष्ट्रिय शोक, ५ सदस्यीय छानबिन समित गठन

Best Khabar Team | २०७९ माघ १ गते आइतबार


१५ जनवरी, २०२३
काठमाडौं । पोखरामा आज बिहान भएको विमान दुर्घटना र यसबाट उत्पन्न शोकको घडिमा सरकारले भोलि सोमबार सार्वजनिक विदा दिएको छ । विमान दुर्घटनामा परी ज्यान गुमाउनेहरुप्रति श्रञ्द्धाञ्जली तथा घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै भोलि सार्वजनिक शोक मनाउन सार्वजनिक विदा दिन लागिएको हो ।

नेपाल सरकार मन्त्रीपरिषद्को आज बसेको बैठकले दुर्घटनामा परी ज्यान गुमाएकाको चीर शान्तिको कामना, शोकाकुल परिवारजनमा समवेदना तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामनासहित भोलि राष्ट्रिय विदा दिने निर्णय गरेको हो ।

यसैबीच सरकारले पूर्व सचिव नागेन्द्र घिमिरे संयोजक रहेको ५ सदस्यीय छानबिन समिति गठन गरेको छ । समितिले आजैबाट विमान दुर्घटनाको छानबिन अघि बढाएको छ । पोखरामा भएको विमान दुर्घटना प्रकरणको छानबिन तथा अध्ययनका लागि भन्दै सरकारले घिमिरेको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिमा अवकाश प्राप्त नेपाली सेनाका उपरथी दीपकप्रकाश वास्तोला, अवकाश प्राप्त क्याप्टेन सुनिल थापा, हवाई इन्जिनियर एकराजचन थापा सदस्य तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने सदस्य सचिव रहेका छन्।

उनीहरुलाई डेढ महिनाभित्र घटनाको सत्यतथ्य छानबिन गरी सरकार समक्ष प्रतिबेदन बुझाउन भनिएको । आजको मन्त्रीपरिषद् बैठकले सबै वायु सेवा कम्पनीलाई अनिवार्य रुपमा विमानको प्रभावकारी प्राविधिक परिक्षण गर्नका लागि निर्देशन समेत दिएको छ । नागरिक उड्डयन प्राधिकरणलाई यसको अनुगमनको लागि जिम्मेवारी दिएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

काठमाडौंको टंगालस्थित अख्तियार मुख्यालयमा गरिएको स्वाब परीक्षणमा १५ जनामा कोरोना संक्रमण, सक्रमितमध्ये अधिकांश प्रहरी काठमाडौंको टंगालस्थित अख्तियार मुख्यालयमा गरिएको स्वाब परीक्षणमा १५ जनामा कोरोना संक्रमण, सक्रमितमध्ये अधिकांश प्रहरी

२०७७ श्रावण २० गते मंगलबार

०४ अगस्ट, २०२०काठमाडौं । काठमाडौंको टंगालमा रहेको अख्तियार दुरुपयोग...

शितलनिवास भित्र सभामुखको सपथ– बाहिर विरोध, विरोधमा उत्रिएका १२ अधिकारकर्मी पक्राउ शितलनिवास भित्र सभामुखको सपथ– बाहिर विरोध, विरोधमा उत्रिएका १२ अधिकारकर्मी पक्राउ

२०७६ माघ १३ गते सोमबार

२७ जनवरी, २०२०काठमाडौं । व्यक्ति हत्यामा संलग्न रहेको आरोपसम्बन्धी...

काठमाडौं उपत्यकामा ६ सहित एकैदिन कोरोनाका ६ सय ७१ नयाँ संक्रमित थपिए काठमाडौं उपत्यकामा ६ सहित एकैदिन कोरोनाका ६ सय ७१ नयाँ संक्रमित थपिए

२०७७ असार ४ गते बिहिबार

१८ जुन, २०२०काठमाडौं । काठमाडौं उपत्यकामा ६ जनासहित पछिल्लो...

आफैंले चलाएको कारले लियो गजल गायक भट्टराईको ज्यान आफैंले चलाएको कारले लियो गजल गायक भट्टराईको ज्यान

२०७६ पुष २९ गते मंगलबार

१४ जनवरी, २०२० काठमाडौं । आफैंले चलाएको कार दुर्घटनामा...

Top