कुबेतमा जमिन भत्किँदा ४ नेपालीको मृत्यु, ३ घाइते (घटनास्थलको भिडियोसहित)

Best Khabar Team | २०७६ फाल्गुन १ गते बिहिबार


१३ फेब्रुअरी, २०२०
कुबेत । कुवेतमा निर्माणाधिनस्थलको जमिन भत्किँदा बालुवाको ढिस्कोले पुरिएर ४ जना नेपालीको ज्यान गएको छ । सो दुर्घटनामा अरु ३ जना नेपाली घाइते भएका छन् । स्थानीय मुत्ला सिटी प्रोजेक्ट नामक परियोजनाको निर्माणस्थलको जमिन एक्कासी भत्किँदा त्यसको तल काम गरिरहेका १० जना मजदुर पुरिएका थिए ।

जसमा ४ जनाको निधन भएको र ३ जनाको भने जिवितै उद्दार गरिएको कुवेती सञ्चारमाध्यमहरुले जनाएका छन् । घटनाको छानबिन गर्न त्यहाँको सरकारले कडा अनुसन्धान अघि बढाएको कुबेतबाट सञ्चालन भएको कुबेत टाइम्स डेल्लीले जनाएको छ । दुर्घटनास्थलमा अरु ३ जना फसिरहेकोले उद्दारको काम भै रहेको बताइएको छ । घाइतेहरुको स्थानीय जाहारा अस्पतालमा उपचार भै रहेको जनाइएको छ । सो दुर्घटनामा ज्यान गुमाउने र घाइते हुने नेपालीको सनाखत हुन सकेको छैन । चिनियाँ निर्माण कम्पनीले सो क्षेत्र निर्माणको जिम्मा लिएको बताइएको छ ।

भिडियो सौजन्य :
Mushrak Maila



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

साामजिक सुरक्षा योजनाको विरोधमा बैंक तथा वित्तीय संस्थाका कर्मचारीद्वारा आन्दोलनको चेतवानी साामजिक सुरक्षा योजनाको विरोधमा बैंक तथा वित्तीय संस्थाका कर्मचारीद्वारा आन्दोलनको चेतवानी

२०७६ पुष १५ गते मंगलबार

३१ डिसेम्बर, २०१९ काठमाडौं । नेपाल राष्ट्र बैंकले योगदानमा...

५० यात्रुसहितको बिमान आकाशबाटै सम्पर्कविहिन ५० यात्रुसहितको बिमान आकाशबाटै सम्पर्कविहिन

२०७७ पुष २५ गते शनिबार

०९ जनवरी, २०२१जाकर्ता, इन्डानेसिया । इन्डोनेसियामा श्रीविजया एयरलाईन्सको एउटा...

त्रिभुवन विश्वविद्यालयका सहायक डिन ५० हजार घुस रकम सहित पक्राउ त्रिभुवन विश्वविद्यालयका सहायक डिन ५० हजार घुस रकम सहित पक्राउ

२०७६ असार ४ गते बुधबार

१९ जुन, २०१९ काठमाडौ । त्रिभुवन विश्वविद्यालय किर्तिपुर अन्र्तगत...

नेपालमा पहिलो पटक कोरोनाका कारण एकैदिन ६ जनाको मृत्यु नेपालमा पहिलो पटक कोरोनाका कारण एकैदिन ६ जनाको मृत्यु

२०७७ श्रावण २१ गते बुधबार

०५ अगस्ट, २०२०काठमाडौं । नेपालमा पहिलो पटक कोरोनाबाट २४...

Top