Best Khabar Team | २०७७ जेठ १५ गते बिहिबार

२८ मे, २०२०
सन्धिखर्क । गत जेठ १० गते भारतबाट नेपाल आउने क्रममा बसभित्रै ज्यान गुमाएका यहाँका एक युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । जेठ १० गते भारतको गुजरात हुँदै नेपाल भित्रने क्रममा भारतको लखनाउ नजिक गाडीमा एक्कासी बेहोस भएका उनको केहीबेरमै निधन भएको थियो । बसभित्रै ज्यान गुमाएका ती युवकको स्थायी घर अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वडा नम्बर ९ ढिकुरा रहेको बताइएको छ ।
३५ वर्षका ती युवक भारतमा रोजगारीका लागि गएको र भारत सरकारले मजदुरहरुको उद्दार गर्ने क्रममा नेपाली मजदुरलाई राखेर सिमावर्ती क्षेत्रमा ल्याएको बसमा चढेर अन्य नेपालीसँगै उनी नेपाल प्रवेश गर्ने क्रममा थिए । बसमा रहेकै बेला उनमा छाती दुख्ने र बान्ता हुने समस्या भएको सँगै बसमा रहेका अन्य साथीहरुले बताएका छन् ।
मृतक ती युवकमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि जनस्वास्थ्य प्रयोगशाला भैरहवामा उनको स्वाब परीक्षण गरिएको थियो । मृतकको चार दिनअघि नै पारिवारको सल्लाह अनुसार शव गाडिएको थियो । तर शवको अन्त्येष्टि गरेको चारदिनपछि उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । अर्घाखाँचीका युवकको मृत्यु कोरोनाबाट भएको पुष्टि भएपछि अहिले उनको सम्पर्कमा रहेका अन्य युवाहरुलाई पनि विशेष निगरानीमा राखेर क्वारेन्टाइनमै चेकजाँच अघि बढाइएको बताइएको छ ।
यद्यपि यो घटनाको स्वास्थ्य मन्त्रालयले भने पुष्टि गरिसकेको छैन । नेपालमा हालसम्म कोरोनाका कारण ५ जना र यो सहित ६ जनाको ज्यान गै सकेको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
बेलायतमा कोरोनाबाट थप २ नेपालीको ज्यान गयो
२०७७ बैशाख १२ गते शुक्रबार
२४ अप्रिल, २०२०बेस्टह्याम । पछिल्लो पटक बेलायतमा कोरोना संक्रमणबाट...
भारतीय ‘कोभिसिल्ड’ नामक कोरोना भ्याक्सिन लगाउन नेपालमा आपत्कालीन अनुमति
२०७७ माघ २ गते शुक्रबार
१५ जनवरी, २०२१काठमाडौं । सरकारले छिमेकी मुलुक भारतले हालै...
नर्वेमा ८ वटा घरहरु यसरी बगे समुद्रमा (भिडियोसहित)
२०७७ जेठ २२ गते बिहिबार
ओस्लो । नर्वेको राजधानी ओस्लोबाट उत्तरी क्षेत्रमा रहेको अल्टा...
युरोपेली देश ग्रीसमा भयानक रेल दुर्घटना : ३६ को मृत्यु, सयौं घाइते
२०७९ फाल्गुन १७ गते बुधबार
०१ मार्च, २०२३लिंकलोभर, बेल्जियम । युरोपेली मुलुक ग्रीसमा गएराति...
Top