Best Khabar Team | २०७७ जेठ १५ गते बिहिबार

२८ मे, २०२०
सन्धिखर्क । गत जेठ १० गते भारतबाट नेपाल आउने क्रममा बसभित्रै ज्यान गुमाएका यहाँका एक युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । जेठ १० गते भारतको गुजरात हुँदै नेपाल भित्रने क्रममा भारतको लखनाउ नजिक गाडीमा एक्कासी बेहोस भएका उनको केहीबेरमै निधन भएको थियो । बसभित्रै ज्यान गुमाएका ती युवकको स्थायी घर अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वडा नम्बर ९ ढिकुरा रहेको बताइएको छ ।
३५ वर्षका ती युवक भारतमा रोजगारीका लागि गएको र भारत सरकारले मजदुरहरुको उद्दार गर्ने क्रममा नेपाली मजदुरलाई राखेर सिमावर्ती क्षेत्रमा ल्याएको बसमा चढेर अन्य नेपालीसँगै उनी नेपाल प्रवेश गर्ने क्रममा थिए । बसमा रहेकै बेला उनमा छाती दुख्ने र बान्ता हुने समस्या भएको सँगै बसमा रहेका अन्य साथीहरुले बताएका छन् ।
मृतक ती युवकमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि जनस्वास्थ्य प्रयोगशाला भैरहवामा उनको स्वाब परीक्षण गरिएको थियो । मृतकको चार दिनअघि नै पारिवारको सल्लाह अनुसार शव गाडिएको थियो । तर शवको अन्त्येष्टि गरेको चारदिनपछि उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । अर्घाखाँचीका युवकको मृत्यु कोरोनाबाट भएको पुष्टि भएपछि अहिले उनको सम्पर्कमा रहेका अन्य युवाहरुलाई पनि विशेष निगरानीमा राखेर क्वारेन्टाइनमै चेकजाँच अघि बढाइएको बताइएको छ ।
यद्यपि यो घटनाको स्वास्थ्य मन्त्रालयले भने पुष्टि गरिसकेको छैन । नेपालमा हालसम्म कोरोनाका कारण ५ जना र यो सहित ६ जनाको ज्यान गै सकेको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
धादिङ्गे गायक पारसको ‘जन्मदिनको शुभकामना’ बजारमा
२०७६ माघ २० गते सोमबार
०३ फेब्रुअरी, २०२० काठमाडौं । धादिङ् जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकास्थित...
१५ दिन थप भयो लकडाउन, जेठ २० सम्म कायम रहने
२०७७ जेठ ४ गते आइतबार
१७ मे, २०२०काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड १९)को...
तथ्यांकमा हेर्नुहोस्, कोरोनाबाट अति प्रभावित विश्वका ७ मुलुक (सूचीसहित)
२०७६ चैत्र २६ गते बुधबार
०८ अप्रिल, २०२०पि.एल. तरंग, लिंकरोभर, बेल्जियम । गत २०१९...
नेपाल प्रगतिको दिशामा अघि बढेको छ : उपराष्ट्रपति
२०७६ जेठ १ गते बुधबार
१५ मे, २०१९ काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनसँग चीनको...
Top