धादिङ्गे गायक पारसको ‘जन्मदिनको शुभकामना’ बजारमा

Best Khabar Team | २०७६ माघ २० गते सोमबार


०३ फेब्रुअरी, २०२०
काठमाडौं । धादिङ् जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकास्थित मुलपानीमा जन्मिएर सांगीतिक क्षेत्रमा लागेका गायक एवं संगीतकार पारस थापा क्षेत्रीको ‘जन्मदिनको शुभकामना’ नामक सांगीतिक प्रस्तुती बजारमा आएको छ ।

गायिका पूर्णिमा लामा र थापा स्वयंको स्वर रहेको यो एल्मबमा आधुनिक गीतहरुको संग्रह रहेको छ । संग्रहमा रहेका मध्ये ‘जन्मदिनको शुभकामना’ शीर्षकको गीतको भिडियो निक्कै आकर्षक देखिन्छ । गीतको रचना र संगीत पारसले नै गरेका हुन् भने एरेन्जर यम थापा मगर हुन् । सो भिडियोको निर्देशन देवेन्द्र कुँवर र र निर्माण सरस्वती थापा क्षेत्रीले गरेकी हुन् । गीतमा वालकलाकार प्रियांशु थापा क्षेत्री र रिजन रायमाझीको अभिनयले सबैलाई मन्त्रमुग्ध बनाउँछ ।

यसका अलावा गायक थापा र प्रतिमा गैरेको अभियय पनि उत्कृष्ट देखिन्छ । ‘थ्रिपियस मिडिया नेटवर्क’को प्रस्तुती रहेको सो गीतको म्युजिक भिडियो राजधानी फिलिम्स् प्रालिमार्फत् युट्वमा सार्वजनिक छ । बैदेशिक रोजगारीमा जानुपर्दाको पिडा र यसले परिवारमा ल्याउने विचलनलाई सर्जक थापाले यसअघि पनि सांगीतिक प्रस्तुतीमार्फत् उजागर गरिसकेका छन् ।

पछिल्लो समयमा नेपालको सांगीतिक क्षेत्रमा स्थापित गायक, संगीतकार तथा रचनाकार तीनै विधामा आफूलाई सफल कलाकारको रुपमा स्थापित गराउन थापा सफल बनेका छन् । गीतको म्युजिक भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोला ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा एमआर आई सेवा शुरु पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा एमआर आई सेवा शुरु

२०७५ चैत्र १२ गते मंगलबार

२६ मार्च, २०१९ पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिण्ठान...

२० लाख पर्यटकको महत्वकांक्षी योजना र चुनौतीहरु २० लाख पर्यटकको महत्वकांक्षी योजना र चुनौतीहरु

२०७६ असार ५ गते बिहिबार

२० जुन, २०१९ काठमाडौं । सरकारले घोषणा गरेको नेपाल...

भागरथीको बलात्कार र हत्या उनकै विद्यालयमा पढ्ने  युवकबाट : प्रहरी भागरथीको बलात्कार र हत्या उनकै विद्यालयमा पढ्ने युवकबाट : प्रहरी

२०७७ फाल्गुन ४ गते मंगलबार

१६ फेब्रुअरी २०२१बैतडी । बैतडी जिल्लामा गएको माघ २२...

अभिनेत्री मनीषा कोइराला काठमाडौं आएलगत्तै ‘क्वारेन्टाइनमा’ अभिनेत्री मनीषा कोइराला काठमाडौं आएलगत्तै ‘क्वारेन्टाइनमा’

२०७७ जेठ २२ गते बिहिबार

०४ जुन, २०२०काठमाडौं । बलिउड अभिनेत्री नेपाली चेली मनीषा...

Top