Best Khabar Team | २०७६ माघ २० गते सोमबार
०३ फेब्रुअरी, २०२०
काठमाडौं । धादिङ् जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकास्थित मुलपानीमा जन्मिएर सांगीतिक क्षेत्रमा लागेका गायक एवं संगीतकार पारस थापा क्षेत्रीको ‘जन्मदिनको शुभकामना’ नामक सांगीतिक प्रस्तुती बजारमा आएको छ ।
गायिका पूर्णिमा लामा र थापा स्वयंको स्वर रहेको यो एल्मबमा आधुनिक गीतहरुको संग्रह रहेको छ । संग्रहमा रहेका मध्ये ‘जन्मदिनको शुभकामना’ शीर्षकको गीतको भिडियो निक्कै आकर्षक देखिन्छ । गीतको रचना र संगीत पारसले नै गरेका हुन् भने एरेन्जर यम थापा मगर हुन् । सो भिडियोको निर्देशन देवेन्द्र कुँवर र र निर्माण सरस्वती थापा क्षेत्रीले गरेकी हुन् । गीतमा वालकलाकार प्रियांशु थापा क्षेत्री र रिजन रायमाझीको अभिनयले सबैलाई मन्त्रमुग्ध बनाउँछ ।

यसका अलावा गायक थापा र प्रतिमा गैरेको अभियय पनि उत्कृष्ट देखिन्छ । ‘थ्रिपियस मिडिया नेटवर्क’को प्रस्तुती रहेको सो गीतको म्युजिक भिडियो राजधानी फिलिम्स् प्रालिमार्फत् युट्वमा सार्वजनिक छ । बैदेशिक रोजगारीमा जानुपर्दाको पिडा र यसले परिवारमा ल्याउने विचलनलाई सर्जक थापाले यसअघि पनि सांगीतिक प्रस्तुतीमार्फत् उजागर गरिसकेका छन् ।
पछिल्लो समयमा नेपालको सांगीतिक क्षेत्रमा स्थापित गायक, संगीतकार तथा रचनाकार तीनै विधामा आफूलाई सफल कलाकारको रुपमा स्थापित गराउन थापा सफल बनेका छन् । गीतको म्युजिक भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोला ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
अन्नपूर्ण आधार शिविरमा हिमपहिरो : ४ विदेशी पर्यटकसहित ६ जनाको अवस्था अज्ञात
२०७६ माघ ३ गते शुक्रबार
१७ जनवरी, २०२०पोखरा । बहुचर्चित अन्नपूर्ण आधार शिविरमा गएको...
इटहरीका मेयर पत्रकार विरुद्ध क्रुद्ध, रवि लामिछानेलाई ठाडै थर्काए (हेर्नोस् भिडियो)
२०७६ जेठ २१ गते मंगलबार
०४ जुन, २०१९ काठमाडौं । सुनसरीस्थित इटहरी उपमहानगरपालिकाका मेयर...
नेपालमा कोरोना कहर : बैशाख १५ सम्म लम्बियो ‘लकडाउन’
२०७७ बैशाख २ गते मंगलबार
१४ अप्रिल, २०२० काठमाडौं । सरकारले कोरोना संक्रमण (कोभिड...
सेतो छालावालाको कालो कर्तुत : बालबालिकामाथि यौन दुराचार गर्ने अमेरिकी नागरिक मुडे पक्राउ
२०७६ मंशिर २३ गते सोमबार
१९ डिसेम्बर, २०१९काठमाडौं । भाषा पढ्न बहानामा नेपालमा बसेर...
Top