‘युद्धकालमा’ छाडिएको बम पड्कँदा रोल्पामा ४ बालबालिकाको मृत्यु

Best Khabar Team | २०७७ बैशाख १८ गते बिहिबार


३० अप्रिल, २०२०
लिवाङ्ग । युद्दकालमा जमिनमा छाडिएको बम विस्फोट हुँदा रोल्पाको त्रिवेणीमा ४ जना बालबालिकाले ज्यान गुमाएका छन् । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार जिल्लाको त्रिवेणी गाउँपालिका वडा नम्बर ७ मा आज साँझ सो घटना भएको थियो । सशस्त्र युद्दका बेला प्रयोगमा नआएको बम जमिनमा भेटेका बालबालिकाले खेलौना सम्झेर त्यसलाई खेलाउँदा एक्कासी विस्फोट भएको स्थनीयको भनाई छ ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख चित्रबहादुर गुरुङले घटनाको पुष्टि गरेपनि विस्तृत विवरण प्राप्त हुन नसकेको र अहिले घटनास्थलमा प्रहरी टोली जाँदै गरेको जानकारी दिएका छन् । गाउँमा बाख्रा चराएर साँझ घर फर्कँदै गरेका बालबालिकाले सो बम घर नजिकैको जंगल छेउमा भेटेका थिए । हेर्दा खेलौना जस्तो देखिएको सो बम विस्फोट हुँदा चारैजना बालबालिको घटनास्थलमै ज्यान गएको हो ।

घटनामा ज्यान गुमाउने बालबालिकामा १४ वर्षीय नोकिराम डाँगी, १४ वर्षीय गौरव नेपाली, ११ वर्षीय विमला खत्री र ५ वर्षीय विजय खत्री छन्। विजय र विमला एकै परिवारका दिदीभाई रहेका छन् । घटनास्थलमा अर्को बम पनि फेला परेको बताइएको छ । प्रहरीले दिएको जानकारी अनुसार सशस्त्र युद्दका बेला छाडिएको सो बमलाई बालबालिकाले खेलौना सम्झेर खेलाएको र त्यही विस्फोट भएर उनीहरुको ज्यान गएको हो ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

रहेनन् विश्वकै होचा व्यक्तिको रुपमा गिनिजबुकमा नाम लेखाउने खगेन्द्र रहेनन् विश्वकै होचा व्यक्तिको रुपमा गिनिजबुकमा नाम लेखाउने खगेन्द्र

२०७६ माघ ३ गते शुक्रबार

१७ जनवरी, २०२० पोखरा । विश्वकै होचा व्यक्तिको रुपमा...

फेरि सक्रिय भयो मनसुन, आजबाट ५ दिनसम्म भारी बर्षा हुने विभागको अनुमान फेरि सक्रिय भयो मनसुन, आजबाट ५ दिनसम्म भारी बर्षा हुने विभागको अनुमान

२०७७ श्रावण १२ गते सोमबार

२७ जुलाई, २०२०काठमाडौं । वर्षायाम शुरु भएसँगै देशका विभिन्न...

शुक्रबार मात्रै १४ कोरोना संक्रमित थपिए, नेपालमा संक्रमितको संख्या ३० पुग्यो शुक्रबार मात्रै १४ कोरोना संक्रमित थपिए, नेपालमा संक्रमितको संख्या ३० पुग्यो

२०७७ बैशाख ५ गते शुक्रबार

१७ अप्रिल, २०२० काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या...

गायिका राउतले गरिन् प्रहरी समक्ष ‘आत्मसमर्पण’ गायिका राउतले गरिन् प्रहरी समक्ष ‘आत्मसमर्पण’

२०७६ माघ १३ गते सोमबार

२७ जनवरी, २०२० काठमाडौं । अभद्र व्यवहारसम्बन्धी कसुरमा पक्राउ...

Top