Best Khabar Team | २०७६ असार ३ गते मंगलबार
१७ जुन, २०१८
काठमाडौं । अस्पतालमा कार्यरत एक महिलाको शव अस्पतालभित्रै झुण्डिएको अवस्थामा भेटिएपछि आक्रोशित आफन्त तथा सहकर्मीहरुले अस्पताल तोडेफोड गरेका छन्् । घटना राजधानीको बौद्धस्थित समता अस्पतालको हो ।
अस्पतालमा केही महिनाअघिदेखि कार्यरत सिन्धुपाल्चोककी विमला तामाङ्को शव अस्पताल हाताभित्रै झुण्डिएको अवस्थामा भेटिएपछि आक्रोशित आफन्तले अस्पतालमा तोडफोड गरेका हुन् । उनीहरुले विमलाको हत्या भएको आरोप लगाएर मृतकका परिवारलाई राहत तथा दोषी पत्तालगाई कारबाही गर्न माग गर्दै अस्पतालमा तोडफोड र नाराबाजी समेत गरिरहेका छन् । तर अस्पताल प्रशासनले भने विमलाको आत्महत्याको विषयमा छानबिन गर्ने जनाएको छ ।

आक्रोशित आफन्तले अहिले नाराबाजी र तोडफोड जारी राखेपछि बौद्ध प्रहरीको टोली घटनास्थल पुगेको छ । घटनाको विषय र समाधानका लागि अहिले स्थानीय प्रहरी, अस्पताल प्रशासन तथा पीडित पक्षबीच वार्ताको तयारी भै रहेको छ ।
केहीदिन अघि काठमाडौंकै चावहिलस्थित ओम अस्पतालमा पनि उपचारको क्रममा एक विरामीको मृत्यु भएपछि आक्रोशित आफन्तले अस्पताल तोडफोड गरेका थिए ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
कोरोना संक्रमणमा भारतले राख्यो विश्वमै नयाँ रेकर्ड : एकैदिन ८३ हजार भन्दा बढी संक्रमित भेटिए
२०७७ भाद्र १८ गते बिहिबार
०३ सेप्टेम्बर, २०२०नयाँदिल्ली । विश्वमै २४ घण्टाभित्र सबैभन्दा धेरै...
यसवर्षको मिस टुरिजमको आवेदन खुल्ला
२०७६ असार ६ गते शुक्रबार
२१ जुन, २०१९ काठमाडौं । यसवर्षको मिस टुरिजम–२०१९ को...
चैत्र १० देखि एक हप्ताका लागि दुबै छिमेकी देशसँगको सीमा नाका बन्द गरिने
२०७६ चैत्र ९ गते आइतबार
२२ मार्च, २०२०काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमणको पूर्व...
बेलायतमा कोरोना : लण्डनमा फेरि अर्का नेपालीको निधन, मृतक नेपालीको संख्या ९ पुग्यो
२०७७ बैशाख ३ गते बुधबार
१५ अप्रिल, २०२० साउथइस्ट । बेलायतमा कोरोनाको संक्रमणबाट अर्का...
Top