पोखरा बिमान दुर्घटना : ६९ जनाको मृत्यु भएको पुष्टि, आन्तरिकतर्फ हालसम्मकै ठूलो दुर्घटना

Best Khabar Team | २०७९ माघ १ गते आइतबार


१५ जनवरी, २०२३
चिप्लेढुंगा, पोखरा । कास्कीको पोखरामा आज बिहान भएको यती यएरको विमान दुर्घटनामा सवार ७२ मध्ये ६९ जनाको मृत्यु भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले आज साँझ जारी गरेको विज्ञप्ति अनुसार विमान दुर्घटनामा परी काठमाडौंको ट्रमा सेन्टरमा कार्यरत डा. शुशील श्रेष्ठ, डा. सेना दिवाकर, पत्रकार अरुण पौडेल, कोरियन नागरिक यू क्यानगुल र लोक गायिका निरा छन्त्यालसमेत ६९ जनाको ज्यान गएको छ ।

सो विमानमा चालक दलका ४ जना सदस्यसहित ६८ जना यात्रु सवार थिए । साँझ अबेरसम्म मृतकको शव अस्पतालमा संकलन गर्ने र सेतीको खोचमा रहेका ३ जनालाई निकाल्ने प्रयास भैरहेको उद्दारमा संलग्न सशस्त्र प्रहरीले जनाएको छ । खोँचमा अड्किएका तीन तीन जनालाई सशस्त्रको तालिमप्राप्त गोताखोरले उद्दार गरिरहेको छ । खोचमा देखिएका तीन जनापनि जीवितै रहने सम्भावना न्यून रहेको बताइएको छ ।

घटनास्थलमा रहेका थप तीनजनालाई समेत उद्दार गरेपछि भोलि बिहान मात्रै मृतकको शव आफन्तलाई बुझाइने बताइएको छ । मृतकहरुको शव पोखरास्थित स्वास्थ्यविज्ञान प्रतिष्ठानमा राखिएको छ ।

यसैबीच, नेपालको हवाई इतिहासमा आन्तरिकतर्फ एटीआरको यो अहिलेसम्मको सबैभन्दा ठूलो (धेरै यात्रुको हताहति) घटना भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । यसअघि पछिल्लो पटक आन्तरिक तर्फ २०७९ जेठ १५ मा तारा एयरको जहाज दुर्घटनामा परेको थियो । यो दुर्घटनामा चालक दलका सदस्यसहित २२ जनाको निधन भएको थियो ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

दक्षिण एसियाली खेलकुदको  पुरुष फुटबल खेलमा नेपाललाई स्वर्णपदक दक्षिण एसियाली खेलकुदको पुरुष फुटबल खेलमा नेपाललाई स्वर्णपदक

२०७६ मंशिर २४ गते मंगलबार

११ डिसेम्बर, २०१९ काठमाडौं । काठमाडौंमा जारी दक्षिण एसियाली...

दोश्रोपटक मृगौला प्रत्यारोपणपछि प्रधानमन्त्री ओलीले गरेको पहिलो राष्ट्रिय सम्बोधन (पूर्णपाठसहित) दोश्रोपटक मृगौला प्रत्यारोपणपछि प्रधानमन्त्री ओलीले गरेको पहिलो राष्ट्रिय सम्बोधन (पूर्णपाठसहित)

२०७६ चैत्र ७ गते शुक्रबार

२० मार्च, २०२० काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको...

युरोपका विभिन्न देशस्थित भारतीय दुतावास घेराउ, सिमा अतिक्रमणको विरोध युरोपका विभिन्न देशस्थित भारतीय दुतावास घेराउ, सिमा अतिक्रमणको विरोध

२०७६ मंशिर १९ गते बिहिबार

०५ डिसेम्बर, २०१९ ब्रसेल्स । भारतले हालै सार्वजनिक गरेको...

अस्पतालको लापरबाहीले बालिकाको मृत्यु प्रकरण : प्रहरीले जाहेरी लिएन अस्पतालको लापरबाहीले बालिकाको मृत्यु प्रकरण : प्रहरीले जाहेरी लिएन

२०७६ जेठ १ गते बुधबार

१५ मे, २०१९ काठमाडौं । बैशाख २३ गते काठमाडौंको...

Top