पोखरा बिमान दुर्घटना : ६९ जनाको मृत्यु भएको पुष्टि, आन्तरिकतर्फ हालसम्मकै ठूलो दुर्घटना

Best Khabar Team | २०७९ माघ १ गते आइतबार


१५ जनवरी, २०२३
चिप्लेढुंगा, पोखरा । कास्कीको पोखरामा आज बिहान भएको यती यएरको विमान दुर्घटनामा सवार ७२ मध्ये ६९ जनाको मृत्यु भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले आज साँझ जारी गरेको विज्ञप्ति अनुसार विमान दुर्घटनामा परी काठमाडौंको ट्रमा सेन्टरमा कार्यरत डा. शुशील श्रेष्ठ, डा. सेना दिवाकर, पत्रकार अरुण पौडेल, कोरियन नागरिक यू क्यानगुल र लोक गायिका निरा छन्त्यालसमेत ६९ जनाको ज्यान गएको छ ।

सो विमानमा चालक दलका ४ जना सदस्यसहित ६८ जना यात्रु सवार थिए । साँझ अबेरसम्म मृतकको शव अस्पतालमा संकलन गर्ने र सेतीको खोचमा रहेका ३ जनालाई निकाल्ने प्रयास भैरहेको उद्दारमा संलग्न सशस्त्र प्रहरीले जनाएको छ । खोँचमा अड्किएका तीन तीन जनालाई सशस्त्रको तालिमप्राप्त गोताखोरले उद्दार गरिरहेको छ । खोचमा देखिएका तीन जनापनि जीवितै रहने सम्भावना न्यून रहेको बताइएको छ ।

घटनास्थलमा रहेका थप तीनजनालाई समेत उद्दार गरेपछि भोलि बिहान मात्रै मृतकको शव आफन्तलाई बुझाइने बताइएको छ । मृतकहरुको शव पोखरास्थित स्वास्थ्यविज्ञान प्रतिष्ठानमा राखिएको छ ।

यसैबीच, नेपालको हवाई इतिहासमा आन्तरिकतर्फ एटीआरको यो अहिलेसम्मको सबैभन्दा ठूलो (धेरै यात्रुको हताहति) घटना भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । यसअघि पछिल्लो पटक आन्तरिक तर्फ २०७९ जेठ १५ मा तारा एयरको जहाज दुर्घटनामा परेको थियो । यो दुर्घटनामा चालक दलका सदस्यसहित २२ जनाको निधन भएको थियो ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

कोरोना कहर : ललितपुर जावालाखेलको सदर चिडियाखानामा प्रवेश निषेध कोरोना कहर : ललितपुर जावालाखेलको सदर चिडियाखानामा प्रवेश निषेध

२०७६ चैत्र ६ गते बिहिबार

१९ मार्च, २०२०ललितपुर । नेपालको सबैभन्दा पुरानो र ठूलो...

संसदीय चुनाव पर्यवेक्षणका लागि काँग्रेस उपसभापति निधी कोपहेगनमा संसदीय चुनाव पर्यवेक्षणका लागि काँग्रेस उपसभापति निधी कोपहेगनमा

२०७६ जेठ २० गते सोमबार

०३ जुन, २०१९ कोपनहेगन/डेनमार्कमा हुन लागेको आसन्न संसदीय चुनावको...

९  महिनादेखि भक्तजनका लागि बन्द पशुपतिनाथको मन्दिर पुस १ देखि खुल्ला गरिँदै ९ महिनादेखि भक्तजनका लागि बन्द पशुपतिनाथको मन्दिर पुस १ देखि खुल्ला गरिँदै

२०७७ मंशिर १५ गते सोमबार

३० नोभेम्बर, २०२०काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को...

९० वर्षीया बृद्धाबाट शुरु ग-यो बेलायतले आमनागरिकमा कोरोना विरुद्धको खोप अभियान ९० वर्षीया बृद्धाबाट शुरु ग-यो बेलायतले आमनागरिकमा कोरोना विरुद्धको खोप अभियान

२०७७ मंशिर २३ गते मंगलबार

०८ डिसेम्बर, २०२०वेस्टह्याम, लण्डन । विश्वमा कोरोना भाइरस देखा...

Top