Best Khabar Team | २०७७ जेठ ४ गते आइतबार

१७ मे, २०२०
काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड १९)को संक्रमण फैलन नदिनका लागि आवश्यक तयारीका लागि भन्दै लकडाउनको समय फेरि लम्बाएको छ । नेपाल सरकार मन्त्रीपरिषद्को आज साँझ बसेको बैठकले आगामी जेठ २० गतेसम्मका लागि लकडाउनको समय लम्ब्याउने निर्णय गरेको मन्त्रीपरिषद् स्रोतले जानकारी दिएको छ ।
यसअघि गएको चैत्र ५ गतेदेखि सरकारले देशभर लकडाउन घोषणा गरेको थियो । पछिल्लो पटक थप भएको लकडाउनको समयावधि सकिन ३० घण्टा भन्दा कम समय बाँकी हुँदा सरकारले थप १५ दिन लकडाउन बढाउने घोषणा गरेको हो । यसपटक सरकारले लकडाउनलाई थप कडाई गर्ने निर्णय गरेको छ । सरकारको यो निर्णयसँगै अब जेठ २० गतेसम्म काठमाडौं उपत्यकालगायत देशका प्राय सबै क्षेत्रमा लकडाउन हुने भएको छ ।

यद्यपि लकडाउन जारी रहेपछि अवस्था हेरेर कम जोखिम रहेका हिमाली जिल्लाको जनजीवन सहज बनाउन सकिने विषयमा पनि मन्त्रीपरिषद्मा छलफल भएको छ । यसअघि कोरोना नियन्त्रण उच्चस्तरीय समितिको बैठकले कम्तीमा १० दिन लकडाउन लम्ब्याउन सरकारलाई सुझाव दिएको थियो । सरकारले समितिको सुझाव र पछिल्लो घटनाक्रमलाई मध्यनजर गर्दै थप १५ दिन लकडाउन थप्ने निर्णय गरेको हो ।
यसबीचमा लकडाउन खुकुलो बनाउने तयारीमा सरकार जुटेको भएपनि कोरोना संक्रमित बढ्न थालेपछि र कोरोनाका कारण मानिसको ज्यान नै जाने घटना भएपछि लकडाउन थप्नुको विकल्प नदेखिएका कारण १५ दिन थप गरिएको मन्त्रीपरिषद् स्रोतको भनाई छ ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
‘जोन्सन एण्ड जोन्सन’ कम्पनीको खोप बढी प्रभावकारी : अमेरिकी स्वास्थ्य अधिकारी
२०७७ फाल्गुन १६ गते आइतबार
२८ फेब्रुअरी, २०२१न्यूर्योक, अमेरिका । अमेरिकाले ‘जोन्सन एण्ड जोन्सन’...
धादिङ् र गुल्मीका समेत गरी थप ५३ जनामा कोरोना, संक्रमित हुनेको संख्या ३५७
२०७७ जेठ ५ गते सोमबार
१८ मे, २०२०काठमाडौं । गुल्मी र धादिङ् जिल्लाका समेत...
काठमाडौं उपत्यकामा कोरोना जोखिम बढेको भन्दै सतर्क रहन प्रधानमन्त्रीको आग्रह
२०७७ असार २६ गते शुक्रबार
१० जुलाई, २०२०काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्ला...
बहुपति प्रथामा आधारित डकुमेन्ट्री फिल्म यस्तो छ (भिडियोसहित)
२०७६ मंशिर २७ गते शुक्रबार
१३ डिसेम्बर, २०१९ काठमाडौं । बहुचर्चित डकुमेन्ट्री फिल्म ‘भाग्यले...
Top