१५ दिन थप भयो लकडाउन, जेठ २० सम्म कायम रहने

Best Khabar Team | २०७७ जेठ ४ गते आइतबार


१७ मे, २०२०
काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड १९)को संक्रमण फैलन नदिनका लागि आवश्यक तयारीका लागि भन्दै लकडाउनको समय फेरि लम्बाएको छ । नेपाल सरकार मन्त्रीपरिषद्को आज साँझ बसेको बैठकले आगामी जेठ २० गतेसम्मका लागि लकडाउनको समय लम्ब्याउने निर्णय गरेको मन्त्रीपरिषद् स्रोतले जानकारी दिएको छ ।

यसअघि गएको चैत्र ५ गतेदेखि सरकारले देशभर लकडाउन घोषणा गरेको थियो । पछिल्लो पटक थप भएको लकडाउनको समयावधि सकिन ३० घण्टा भन्दा कम समय बाँकी हुँदा सरकारले थप १५ दिन लकडाउन बढाउने घोषणा गरेको हो । यसपटक सरकारले लकडाउनलाई थप कडाई गर्ने निर्णय गरेको छ । सरकारको यो निर्णयसँगै अब जेठ २० गतेसम्म काठमाडौं उपत्यकालगायत देशका प्राय सबै क्षेत्रमा लकडाउन हुने भएको छ ।

यद्यपि लकडाउन जारी रहेपछि अवस्था हेरेर कम जोखिम रहेका हिमाली जिल्लाको जनजीवन सहज बनाउन सकिने विषयमा पनि मन्त्रीपरिषद्मा छलफल भएको छ । यसअघि कोरोना नियन्त्रण उच्चस्तरीय समितिको बैठकले कम्तीमा १० दिन लकडाउन लम्ब्याउन सरकारलाई सुझाव दिएको थियो । सरकारले समितिको सुझाव र पछिल्लो घटनाक्रमलाई मध्यनजर गर्दै थप १५ दिन लकडाउन थप्ने निर्णय गरेको हो ।

यसबीचमा लकडाउन खुकुलो बनाउने तयारीमा सरकार जुटेको भएपनि कोरोना संक्रमित बढ्न थालेपछि र कोरोनाका कारण मानिसको ज्यान नै जाने घटना भएपछि लकडाउन थप्नुको विकल्प नदेखिएका कारण १५ दिन थप गरिएको मन्त्रीपरिषद् स्रोतको भनाई छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

एकैदिन थपिए ५९ जना कोरोना संक्रमित, भक्तपुर, धरान, मकवानपुर र बारामा थप ९ जनामा कोरोना,  संक्रमित ५१६ पुगे एकैदिन थपिए ५९ जना कोरोना संक्रमित, भक्तपुर, धरान, मकवानपुर र बारामा थप ९ जनामा कोरोना, संक्रमित ५१६ पुगे

२०७७ जेठ ९ गते शुक्रबार

२२ मे, २०२०काठमाडौं । देशका विभिन्न स्थानमा आजमात्रै ५९...

नेपालमा कोरोना : नयाँ संक्रमित भन्दा निको भएर घर फर्कनेको संख्या बढी नेपालमा कोरोना : नयाँ संक्रमित भन्दा निको भएर घर फर्कनेको संख्या बढी

२०७७ श्रावण १ गते बिहिबार

१५ जुलाई, २०२०काठमाडौं । नेपालमा पछिल्ला केहीदिनयता कोरोना संक्रमितको...

इजरायलमा जोखिममा रहेका २५४ जना नेपाली चार्टर उडानबाट मध्यरातमा काठमाडौं आइपुगे इजरायलमा जोखिममा रहेका २५४ जना नेपाली चार्टर उडानबाट मध्यरातमा काठमाडौं आइपुगे

२०८० आश्विन २५ गते बिहिबार

१२ अक्टोबर, २०२३काठमाडौं । सरकारले इजरालयमा जारी युद्दको चपेटामा...

उदयपुरमा थप एक भारतीयमा कोरोना पुष्टि, संक्रमितको संख्या ३१ पुग्यो उदयपुरमा थप एक भारतीयमा कोरोना पुष्टि, संक्रमितको संख्या ३१ पुग्यो

२०७७ बैशाख ६ गते शनिबार

१८ अप्रिल, २०२०गाईघाट । उदयपुरको त्रियुगा नगरपालिकामा रहेको एक...

Top