अमेरिकामा कोरोनाको ताण्डब : साढे ३ महिनामा ८५ हजार बढीको मृत्यु, संक्रमितको संख्या १४ लाख ३२ नाघ्यो

Best Khabar Team | २०७७ जेठ १ गते बिहिबार


१४ मे, २०२० सुनिल तिवारी– न्यूर्योक । कोरोना भाइरसको संक्रमणबाट विश्वमा सबैभन्दा प्रभावित बनेको मुलुक अमेरिकामा यो समाचार तयार पार्दासम्म ८५ हजार भन्दा बढी नागरिकले ज्यान गुमाई सकेका छन् । विश्वमा कोरोनाका कारण करिब ३ लाख मानिसको ज्यान गैसक्दा अमेरिकामा मात्रै ज्यान गुमाउनेको संख्या ८५ हजार नाघेको हो ।

बेस्टखबर डटकमले यो समाचार सामग्री पोस्ट गर्ने बेलासम्म अमेरिकामा कोरोनाका कारण ८५ हजार २ सय ६८ जनाको ज्यान गै सकेको छ । यद्यपि अमेरिकामा कोरोना संक्रमणमा परी निको हुनेको संख्या पनि उल्लेख्य रहेको छ । हालसम्म अमेरिकामा कोरोना संक्रमितमध्ये ३ लाख १० हजार ३ सय ८३ जनाको उपचार सफल भएको छ । अहिलेपनि अमेरिकामा १६ हजारभन्दा बढी गम्भीर अवस्थामा उपचार गराईरहेका छन् ।

गत फेब्रुअरी २९ मा अमेरिकामा कोरोनाका कारण पहिलो पटक एकजनाको ज्यान गएको थियो । त्यसपछिको करिब साढे ३ महिनाको समयमा ८५ हजार भन्दा बढीले ज्यान गुमाएसँगै अमेरिकामा विश्वको सबैभन्दा धेरै कोरोना प्रभावित देशको सूचीमा पहिलो नम्बरमा रहेको छ । अमेरिकामा कोरोनाको प्रकोप सबैभन्दा धेरै न्यूर्योकमा देखिएको छ । कोरोनाले न्यूर्योकमा हालसम्म २७ हजार २ सय ९० जनाको ज्यान गै सकेको छ ।

न्यूर्योकपछि न्यूजर्सी, इलिनोइस, मासाचुत्तेस, क्यालिफोर्निया, पेन्सिलभेनिया, मिचिगन, टेक्सासलगायतका राज्यहरु नराम्ररी प्रभावित बनेको छ । आजमात्रै अमेरिकाको जर्जिया राज्यमा ३ सय ६६ जना नयाँ संक्रमित फेला परेका छन् । यस्तै भर्जिनियाँमा १ हजार ६७ जना नयाँ संक्रमित भेटिएका छन् । अमेरिकामा पूर्णरुपमा लकडाउन गरिएको छैन । त्यसका कारण पनि संक्रमितहरुको संख्या थपिएको हुनसक्ने अनुमान गरिएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

तत्काल भारत छाड्न आफ्ना नागरिकहरुलाई अमेरिकी विदेश मन्त्रालयको आग्रह तत्काल भारत छाड्न आफ्ना नागरिकहरुलाई अमेरिकी विदेश मन्त्रालयको आग्रह

२०७८ बैशाख १६ गते बिहिबार

२९ अप्रिल, २०२१न्यूर्योक, अमेरिका । अमेरिकाले पछिल्ला दिनमा विश्वमै...

कराँची विमान दुर्घटना प्रकरण : ९७ जनाको मृत्यु भएको पुष्टि, २ जनाको उपचार हुँदै कराँची विमान दुर्घटना प्रकरण : ९७ जनाको मृत्यु भएको पुष्टि, २ जनाको उपचार हुँदै

२०७७ जेठ १० गते शनिबार

२३ मे, २०२०कराँची । पाकिस्तानको कराँचीमा हिजो भएको यात्रुबाहक...

‘लकडाउन’मा थप कडाई ‘लकडाउन’मा थप कडाई

२०७६ चैत्र २२ गते शनिबार

०४ मार्च, २०२०काठमाडौं । सरकारले बन्दाबन्दी (लकडाउन)लाई अझै प्रभावकारी...

प्रधानमन्त्री दाहाललाई पत्नीशोक प्रधानमन्त्री दाहाललाई पत्नीशोक

२०८० आश्विन ३ गते बुधबार

१२ जुलाई, २०२३काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी धर्मपत्नी...

Top