Best Khabar Team | २०७६ पुष १९ गते शनिबार
०४ जनवरी २०२०
हेटौंडा । मकवानपुरमा प्रहरीले गाँजा तस्कर समात्नका लागि गोली चलाउनु परेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार विशेष सुराकीको आधारमा गाडीमा गाँजा लिएर आएको सूचना पाएपछि प्रहरीको टोली त्यता अघि बढेको थियो ।

पूर्व पश्चिम लोकमार्ग अन्र्तगत पर्ने चुरियामाईको जंगलमा गाडी चेक जाँच गर्ने क्रममा प्रहरीले गाडी रोक्न खोजेको थियो । तर उनीहरुले भारतीय नम्बर प्लेट डीएल ३ सीए क्यु नम्बरको सो कार नरोकेपछि प्रहरीले दुई राउन्ड हवाई फायर गरेको थियो । त्यसलगत्तै प्रहरीले उनीहरुलाई पिछा गर्ने क्रममा केही अगाडि गाडी र ३२ गाँजा अनि त्यसमा संलग्न ३ जनलाई नियन्त्रणमा लिएको जनाएको छ ।
प्रहरीले गाडी चालक भारतका मोतिहारीका दिलिपकुमार सिंह, कारमा सवार मोतिहारीकै १८ वर्षीय उज्जलकुमार ठाकुर, रौतहट यमुनामाई ४ का २४ वर्षीय विकाश सिंहलाई नियन्त्रणमा लिएको छ । उनीहरुलाई गाडी छाडेर भाग्दै गरेका बेला प्रहरीले पक्रेको हो ।

उनीहरुको साथमा रहेको ३२ किलोग्राम गाँजा पनि प्रहरीले बरामद गरेको छ । प्रक्राउ परेकाहरुलाई प्रदेश नम्बर ३ स्थित प्रहरी मुख्यालयमा बुझाइएको छ । घटनाको थप अनुसन्धान अघि बढाईको प्रहरीको भनाई छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
स्पेन सरकारको घोषणा : पोर्चुगल बाहेक अन्य ईयु राष्ट्रसँगको सिमाना जुन २२ देखि खुल्ने
२०७७ जेठ ३२ गते आइतबार
१४ जुन, २०२०सेभिल्ला, स्पेन । कोरोना भाइरस (कोडिभ–१९) को...
सामान्य भन्दा ४ गुणा महंगोमा टिकट विक्री हुन थालेपछि सरकारले लगायो ‘चार्टर फ्लाईट’ माथि प्रतिबन्ध
२०७७ जेठ २४ गते शनिबार
०६ जुन, २०२०काठमाडौं । ‘चार्टर फ्लाईट’का नाममा विभिन्न ट्राभल्स...
अफ्रिकी मुलुक बुरुन्डीका राष्ट्रपतिको हृदयघातका कारण निधन
२०७७ जेठ २७ गते मंगलबार
०९ जुन, २०२०जितेगा, बुरुन्डी । मध्य अफ्रिकी राष्ट्र बुरुन्डीका...
युद्धकालमा मारिएका ५ हजार मान्छेको जिम्मा लिन तयार छु : प्रचण्ड
२०७६ माघ १ गते बुधबार
१५ जनवरी, २०२० काठमाडौं । तत्कालीन १० वर्षे सशस्त्र...
Top