Best Khabar Team | २०७६ पुष १ गते मंगलबार

१७ डिसेम्बर, २०१९
काठमाडौं । पछिल्ला केही महिनायता गुठी तथा रैकर जग्गाहरु अबैधानिक रुपमा व्यक्तिको नाममा गर्नेक्रम तीव्र भैरहेका बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुठी संस्थानभित्र भएको भ्रष्टाचार र यसमा संलग्नहरुमाथि कारबाही थालेको छ ।
यही क्रममा अख्तियारले गुठी संस्थानकाठमाडौंका प्रमुख प्रशासक नारायण चौधरी र उप–प्रशासक जयप्रसाद रेग्मीलाई त्रिपुरेश्वरस्थित संस्थानको कार्यालयबाट नियन्त्रणमा लिएको छ । चौधरी र रेग्मी विरुद्ध गुठीको जग्गा गुठीमै कायम गर्ने क्रममा घुस लिएको आरोपमा मुद्दा दायर गरेको अख्तियार स्रोतले दाबी गरेको छ । पक्राउ परेका दुबैजनालाई अख्तियारले नियन्त्रणमा लिएर टंगालस्थित हिरासतमा राखेको छ ।

निजहरुले काठमाडौं महानगरपालिका वडा नम्बर १ स्थित गुठीको जग्गासम्बन्धी संस्थानमा चलिरहेको मुद्दा हेर्दा घुस लिएको अख्तियारको आरोप छ । उनीहरुले लिएको घुस रकमबारे भने अख्तियारले केही खुलाएको छैन । उनीहरुलाई नियन्त्रणमा लिएसँगै भोलि विशेष अदालतमा मुद्दा दायर गर्ने तयारीमा आफूहर जुटेको
अख्तियारको भनाई छ । यसैबीच अख्तियारले आजमात्रै भ्रष्टाचारसम्बन्धी करिब १ दर्जन मुद्दा दायर गरेका छ । देशका विभिन्न स्थानमा भएका भ्रष्टाचार र भ्रष्टाचारीहरुमाथि अख्तियारले मुद्दा दायर गरेको जनाएको छ । जसमा गुठी संस्थानमा भएको भ्रष्टाचारदेखि नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेकोसम्मका छन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
ट्रम्पको स्वागतका लागि भारतीय प्रधानमन्त्री मोदी नै पुगे विमानस्थल
२०७६ फाल्गुन १२ गते सोमबार
२४ फेब्रुअरी, २०२० नयाँदिल्ली । दुईदिने भारत भ्रमणका लागि...
निको भएर घर फर्केका काठमाडौंका ५२ वर्षका पुरुषमा पुनः कोरोना संक्रमण
२०७७ बैशाख २३ गते मंगलबार
०५ मे, २०२०काठमाडौं । ललितपुरको पाटन अस्पतालमा कोरोनाको उपचार...
पाटन अस्पतालको ‘भिडियो एक्सरे’ मेसिन चोरीमा संलग्न एक चिकित्सक र अहेब पक्राउ
२०७७ जेठ २८ गते बुधबार
१० जुन, २०२०काठमाडौं । लतिलपुरको पाटन अस्पतालमा रहेको भिडियो...
ठमेललाई पुरानै लयमा फर्काउने अभियानमा लाग्यो ‘ठमेल पर्यटन विकास परिषद्’
२०७७ असार ३ गते बुधबार
१७ जुन, २०२०काठमाडौं । कोरोना भाईरस (कोभिड–१९) को संक्रमणबाट...
Top