Best Khabar Team | २०७६ पुष १ गते मंगलबार

१७ डिसेम्बर, २०१९
काठमाडौं । पछिल्ला केही महिनायता गुठी तथा रैकर जग्गाहरु अबैधानिक रुपमा व्यक्तिको नाममा गर्नेक्रम तीव्र भैरहेका बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुठी संस्थानभित्र भएको भ्रष्टाचार र यसमा संलग्नहरुमाथि कारबाही थालेको छ ।
यही क्रममा अख्तियारले गुठी संस्थानकाठमाडौंका प्रमुख प्रशासक नारायण चौधरी र उप–प्रशासक जयप्रसाद रेग्मीलाई त्रिपुरेश्वरस्थित संस्थानको कार्यालयबाट नियन्त्रणमा लिएको छ । चौधरी र रेग्मी विरुद्ध गुठीको जग्गा गुठीमै कायम गर्ने क्रममा घुस लिएको आरोपमा मुद्दा दायर गरेको अख्तियार स्रोतले दाबी गरेको छ । पक्राउ परेका दुबैजनालाई अख्तियारले नियन्त्रणमा लिएर टंगालस्थित हिरासतमा राखेको छ ।

निजहरुले काठमाडौं महानगरपालिका वडा नम्बर १ स्थित गुठीको जग्गासम्बन्धी संस्थानमा चलिरहेको मुद्दा हेर्दा घुस लिएको अख्तियारको आरोप छ । उनीहरुले लिएको घुस रकमबारे भने अख्तियारले केही खुलाएको छैन । उनीहरुलाई नियन्त्रणमा लिएसँगै भोलि विशेष अदालतमा मुद्दा दायर गर्ने तयारीमा आफूहर जुटेको
अख्तियारको भनाई छ । यसैबीच अख्तियारले आजमात्रै भ्रष्टाचारसम्बन्धी करिब १ दर्जन मुद्दा दायर गरेका छ । देशका विभिन्न स्थानमा भएका भ्रष्टाचार र भ्रष्टाचारीहरुमाथि अख्तियारले मुद्दा दायर गरेको जनाएको छ । जसमा गुठी संस्थानमा भएको भ्रष्टाचारदेखि नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेकोसम्मका छन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
अमेरिकी राष्ट्रपति पुगे उत्तर कोरियाली भूमिमा
२०७६ असार १६ गते सोमबार
०१ जुलाई, २०१९ वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प...
कम्युनिष्ट, राज्य व्यवस्था र सर्वसत्तावाद
२०७६ फाल्गुन ७ गते बुधबार
–रामचन्द्र पौडेल अहिले कम्युनिष्ट पार्टीको दुईतिहाई नजिकको सरकार छ...
साइकल चढेरै नर्बेबाट नेपाल आउँदै एक नर्वेजियन युवा
२०७६ फाल्गुन ३ गते शनिबार
बन्दना सापकोटा / बेष्टखबर डटकम काठमाडौं । तपाईँले साइकलमा...
अफगानिस्तानको हिन्दुकुश पर्वमा भूकम्प, पाकिस्तान र भारतमा समेत धक्का
२०७६ पुष ४ गते शुक्रबार
२० डिसेम्बर, २०१९ कान्दाहार । अफगानिस्तानको हिन्दुकुश पर्वतमा आज...
Top