Best Khabar Team | २०७६ जेठ १९ गते आइतबार
०२ जुन, २०१९
काठमाडौं । उपत्यकाको ललितपुरमा आज भएको सडक दुर्घटनामा २ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा एक पत्रकार तथा एक कलकार रहेका छन् । ललितपुरको धोवीघाटमा तीनवटा सवारीसाधन एक आपसमा ठोक्किँदा दुईजनाको ज्यान गएको हो । प्रहरीले दिएको जानकारी अनुसार बा १६ च ४७४३ स्कोरपियो गाडीले बा ११ च ८९४९ बोलेरो गाडी, बा १२ च ५७७६ नम्बरको महेन्द्रा पिकअप भ्यान र बा ४३ प ९८६३ नम्बरको पल्सर मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा परी ललितपुर गोदावरीका गोविन्द शर्मा र नुवाकोटका चन्द्रमणि मुडवरीको ज्यान गएको हो । दुर्घटनामा गम्भीर घाइते उनीहरुको उपचारको लागि नर्भिक अस्पताल लैजाने क्रममा बाटैमा ज्यान गएको पुष्टि अस्पतालले गरेको हो । दुर्घटनामा परी ज्यान गुमाउने पत्रकार शर्मा काठमाडौंमा विभिन्न सञ्चारमाध्यमसँग आबद्ध रहनुभएका थियो ।

उहाँ कृषि पत्रकार प्रतिष्ठान जोनाका अध्यक्ष समेत रहनुभएको थियो । यस्तै मुडवरीले पनि कलाकारिता क्षेत्रमा काम गर्दै आउनुभएको थियो । सुरुमा २ वटा जीप ठोक्किएको र त्यसपछि थप अर्को एउटा जीप र मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने सवारी चालकलाई नियन्त्रणमा लिएर घटनाको विषयमा जानकारी लिने काम भै रहेको प्रहरीले जानकारी दिएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
बेलायतमा पार्कबाटै हराईन् नेपाली बृद्द महिला, खोजि गरिदिन परिवारको याचना
२०७७ बैशाख २९ गते सोमबार
११ मे, २०२०वेस्टह्याम । कोरोना संक्रमणबाट ग्रस्त बनेको पूर्वयुरोपेली...
नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ पुग्यो
२०७७ जेठ २१ गते बुधबार
०३ जुन, २०२०काठमाडौं । नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको...
अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख नाघ्यो
२०७७ जेठ १३ गते मंगलबार
२६ मे, २०२०न्यूर्योक । कोरोना भाइरस (कोभिड १९) को...
रामप्रसाद खनालदेखि टंक दाहालसम्मलाई समेटेर अन्तर्राष्ट्रिय पत्रकार महासंघ अमेरिका गठन
२०८१ पुष २४ गते बुधबार
०८ डिसेम्बर, २०२५लक्जम्बर्ग सिटी, लक्जम्बर्ग । विश्वका विभिन्न देशमा...
Top