Best Khabar Team | २०७९ फाल्गुन १५ गते सोमबार
२७ फेब्रुअरी, २०२३
काठमाडौं । सरकारले सेवाग्राहीको चापलाई मध्यनजर गर्दै देशभरका केही सरकारी कार्यालयहरु सातैदिन खोल्ने निर्णय गरेको छ । नेपाल सरकार मन्त्रीपरिषद्को आज बसेको बैठकले मालपोत कार्यालय, राहदानी विभाग, जिल्ला प्रशासन कार्यालयलगायतका सरकारी कार्यालय सातैदिन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।

यी सरकारी कार्यालयहरुमा पछिल्ला दिनहरुमा सेवाग्राहीहरुको संख्या ह्वात्तै बढेपछि उनीहरुको समस्यालाई मध्यनजर गर्दै तत्कालका यी सरकारी कार्यालय खोलेर सेवा प्रवाहलाई निरन्तरता दिने निर्णय गरेको मन्त्रीपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ । विदाको दिन काम गर्ने सरकारी कर्मचारीलाई कसरी व्यवस्थापन गर्ने वा उनीहरुलाई बढी पारिश्रमिक दिएर काममा लगाउने भन्ने विषयमा भने सरकारले छिट्टै निर्णय गर्ने मन्त्रीपरिषद् स्रोतले जानकारी दिएको छ । सरकारी कार्यालयहरुमा सेवाग्राहीको चाप बढ्न थालेको र घण्टौं लाईनमा बस्दा समेत सेवा पाउन नपाएको गुनासो बढ्न थालेपछि सरकारले यो निर्णय गरेको हो ।
सरकारले सरकारी विदाको दिन तथा शनिबारसमेत भीडभाड हुने कार्यालयलाई खुल्ला राखेर सेवा प्रवाहलाई निरन्तरता दिन लागेसँगै सेवाग्राहीहरुले खुसी व्यक्ति गरेका छन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
झण्डै ७५ सय भूकम्पपीडित लाभग्राहीको सूचीमा थपिँदै
२०७६ पुष १३ गते आइतबार
२९ डिसेम्बर, २०१९काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, कार्यकारी समितिको...
क्षति भएको ४ वर्षपछि सिंहदरबारको पश्चिम मोहडा प्रबलीकरण थालियो
२०७६ कार्तिक ५ गते मंगलबार
२२ अक्टोबर, २०१९काठमाडौं । २०७२ साल बैशाख १२ गते...
फेरि सक्रिय भयो मनसुन, आजबाट ५ दिनसम्म भारी बर्षा हुने विभागको अनुमान
२०७७ श्रावण १२ गते सोमबार
२७ जुलाई, २०२०काठमाडौं । वर्षायाम शुरु भएसँगै देशका विभिन्न...
बेलायतबाट नेपाल आउने सबै उडानमा रोक लगाउने सरकारको निर्णय
२०७७ पुष ७ गते मंगलबार
२२ डिसेम्बर, २०२०काठमाडौं । नेपालले बेलायतबाट नेपालमा हुने सबै...
Top