Best Khabar Team | २०७९ फाल्गुन १५ गते सोमबार
२७ फेब्रुअरी, २०२३
काठमाडौं । सरकारले सेवाग्राहीको चापलाई मध्यनजर गर्दै देशभरका केही सरकारी कार्यालयहरु सातैदिन खोल्ने निर्णय गरेको छ । नेपाल सरकार मन्त्रीपरिषद्को आज बसेको बैठकले मालपोत कार्यालय, राहदानी विभाग, जिल्ला प्रशासन कार्यालयलगायतका सरकारी कार्यालय सातैदिन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।

यी सरकारी कार्यालयहरुमा पछिल्ला दिनहरुमा सेवाग्राहीहरुको संख्या ह्वात्तै बढेपछि उनीहरुको समस्यालाई मध्यनजर गर्दै तत्कालका यी सरकारी कार्यालय खोलेर सेवा प्रवाहलाई निरन्तरता दिने निर्णय गरेको मन्त्रीपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ । विदाको दिन काम गर्ने सरकारी कर्मचारीलाई कसरी व्यवस्थापन गर्ने वा उनीहरुलाई बढी पारिश्रमिक दिएर काममा लगाउने भन्ने विषयमा भने सरकारले छिट्टै निर्णय गर्ने मन्त्रीपरिषद् स्रोतले जानकारी दिएको छ । सरकारी कार्यालयहरुमा सेवाग्राहीको चाप बढ्न थालेको र घण्टौं लाईनमा बस्दा समेत सेवा पाउन नपाएको गुनासो बढ्न थालेपछि सरकारले यो निर्णय गरेको हो ।
सरकारले सरकारी विदाको दिन तथा शनिबारसमेत भीडभाड हुने कार्यालयलाई खुल्ला राखेर सेवा प्रवाहलाई निरन्तरता दिन लागेसँगै सेवाग्राहीहरुले खुसी व्यक्ति गरेका छन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
काठमाडौं सतुंगलका ७ वर्षका बालकमा कोरोना, धरान र नेपालगञ्जमा थप ८ जना संक्रमित थपिए, कुल संक्रमितको संख्या २६७
२०७७ जेठ २ गते शुक्रबार
१५ मे, २०२०काठमाडौैं । काठमाडौंमा एकजना ७ वर्षका बालकमा...
मुगुमा सामूहिक हत्या प्रकरण : प्रहरीको विशेष अनुसन्धान टोली घटनास्थलमा
२०८० कार्तिक ११ गते शनिबार
२८ अक्टोबर, २०२३गमगढी, मुगु । मुगुको छायाँनाथ रारा नगरपालिकामा...
सरकारको निर्णय : बैशाख ३१ सम्म सीमा नाका बन्द, कोरिया जाने कामदार अब नरोकिने
२०७७ बैशाख १४ गते आइतबार
२६ अप्रिल, २०२०काठमाडौं । सरकारले आगामी बैशाख ३१ गते...
मध्यराति पोखरामा भूकम्पको धक्का
२०७६ पुष १७ गते बिहिबार
०२ जनवरी, २०२० लेकसाईट । कास्की जिल्लाको पोखरालगायतका स्थानमा...
Top