Best Khabar Team | २०७७ जेठ १२ गते सोमबार

२५ मे, २०२०
काठमाडौं । देशको राजधानी काठमाडौंको टोखा नगरपालिकामा २ र बुढानिलकण्ठ नगरपालिकामा एकसहित देशभर थप ७२ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज बिहान जारी गरेको पछिल्लो कोरोना संक्रमितको तथ्यांक अनुसार अब देशभर कोरोना संक्रमितको संख्या ६ सय ७५ पुगेको छ ।
मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख भए अनुसार काठमाडौंको टोखा नपा वडा नम्बर ३ मा एक र वडा नम्बर ६ मा १ जना गरी थप दुई जनामा कोरोना संक्रमण देखिएको हो । उनीहरु २७ र ४१ वर्षका पुरुष रहेका छन् । यस्तै बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ३ मा २१ वर्षका पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ । राष्ट्रिय प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै धनुषाको नमराईन नगरपालिकामा थप ३ जना, कपिलबस्तुको शिवराज नपामा ३ जना, बाराको कलैया कोटवालीमा २ जना, रौतहटको राजपुर फरदहवामा २६ जना पुरुष, सप्तरीको डाक्नेश्वरीमा २ जना पुरुष, बर्दियाको बासगढीमा एक पुरुष, बाँकेको दुधवा गाउँपालिका र राप्तरी सोनारी गाउँपालिकामा ४ जना, बाराको गढिमाई नगरपालिकामा २१ जना, दैलेखको नारायणनगरपालिका, ढुंगेधारा गाउँपालिका र गुँरास नगरपालिकामा गरी ७ जनामा कोरोना संक्रमण देखिएको हो ।

दैलेखको ढुंगेधारा गाउँपालिकामा वडा नम्बर ५ की संक्रमति २५ वर्षकी एक महिला रहेको मन्त्रालयले जनाएको छ । उनीहरु सबैको अवस्था सामान्य रहेको र चिकित्सकको निगरानीमा उपचार भै रहेको अस्पतालको भनाई छ । हालसम्म देशका विभिन्न स्थानमा गरी १ सय ५ जनाले कोरोनालाई जितेर घर फर्केका छन् भने ३ जनाको मृत्यु भै सकेको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
५ तस्वीरमा हेर्नुहोस् मंगल ग्रहको जमिन,नदि तथा ढुंगाहरू (पहिलो पटक रेकर्ड गरिएको आवाज सहित)
२०७७ फाल्गुन १३ गते बिहिबार
अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा)ले मंगलग्रहमा हालै पठाएको एउटा अन्तरिक्ष...
भारतमा कोरोनाको दोश्रो लहर शुरु, कतिपय शहरमा कर्फ्यू, नेपालीहरु धमाधम फर्कँदै
२०७७ चैत्र ११ गते बुधबार
२४ मार्च, २०२१नयाँदिल्ली, भारत । भारतमा कोरोना भाइरस संक्रमणको...
झुल्कियो इस्वी सम्वत् २०२० को पहिलो घाम
२०७६ पुष १६ गते बुधबार
०१ जनवरी २०२०विगतका वर्षहरुमा जस्तै घरका भित्ताहरुमा राखिएका अंग्रेजी...
सेतो छालावालाको कालो कर्तुत : बालबालिकामाथि यौन दुराचार गर्ने अमेरिकी नागरिक मुडे पक्राउ
२०७६ मंशिर २३ गते सोमबार
१९ डिसेम्बर, २०१९काठमाडौं । भाषा पढ्न बहानामा नेपालमा बसेर...
Top