काठमाडौंको टोखा र बुढानिलकण्ठका ३ सहित थप ७२ मा कोरोना, संक्रमितको संख्या ६७५ पुग्यो

Best Khabar Team | २०७७ जेठ १२ गते सोमबार


२५ मे, २०२०
काठमाडौं । देशको राजधानी काठमाडौंको टोखा नगरपालिकामा २ र बुढानिलकण्ठ नगरपालिकामा एकसहित देशभर थप ७२ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज बिहान जारी गरेको पछिल्लो कोरोना संक्रमितको तथ्यांक अनुसार अब देशभर कोरोना संक्रमितको संख्या ६ सय ७५ पुगेको छ ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख भए अनुसार काठमाडौंको टोखा नपा वडा नम्बर ३ मा एक र वडा नम्बर ६ मा १ जना गरी थप दुई जनामा कोरोना संक्रमण देखिएको हो । उनीहरु २७ र ४१ वर्षका पुरुष रहेका छन् । यस्तै बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ३ मा २१ वर्षका पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ । राष्ट्रिय प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै धनुषाको नमराईन नगरपालिकामा थप ३ जना, कपिलबस्तुको शिवराज नपामा ३ जना, बाराको कलैया कोटवालीमा २ जना, रौतहटको राजपुर फरदहवामा २६ जना पुरुष, सप्तरीको डाक्नेश्वरीमा २ जना पुरुष, बर्दियाको बासगढीमा एक पुरुष, बाँकेको दुधवा गाउँपालिका र राप्तरी सोनारी गाउँपालिकामा ४ जना, बाराको गढिमाई नगरपालिकामा २१ जना, दैलेखको नारायणनगरपालिका, ढुंगेधारा गाउँपालिका र गुँरास नगरपालिकामा गरी ७ जनामा कोरोना संक्रमण देखिएको हो ।

दैलेखको ढुंगेधारा गाउँपालिकामा वडा नम्बर ५ की संक्रमति २५ वर्षकी एक महिला रहेको मन्त्रालयले जनाएको छ । उनीहरु सबैको अवस्था सामान्य रहेको र चिकित्सकको निगरानीमा उपचार भै रहेको अस्पतालको भनाई छ । हालसम्म देशका विभिन्न स्थानमा गरी १ सय ५ जनाले कोरोनालाई जितेर घर फर्केका छन् भने ३ जनाको मृत्यु भै सकेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

बझाङ्मा जीप दुर्घटना, ६ को मृत्यु, ६ घाइते बझाङ्मा जीप दुर्घटना, ६ को मृत्यु, ६ घाइते

२०७६ असार २ गते सोमबार

१७ जुन, २०१९ काठमाडौं । विकट पहाडी जिल्ला बझाङ्मा...

कोरोनाबाट विश्वभर ज्यान गुमाउनेको संख्या पौने ३ लाख नाघ्यो, करिब ४० लाख संक्रमित कोरोनाबाट विश्वभर ज्यान गुमाउनेको संख्या पौने ३ लाख नाघ्यो, करिब ४० लाख संक्रमित

२०७७ बैशाख २६ गते शुक्रबार

०८ मे, २०२०लिंकरोभर बेल्जियम । कोरोना अर्थात् कोभिड १९...

युरोपमा पहिलोपटक स्विट्जरल्याण्डद्वारा नागरिकमा कोरोना भ्याक्सिन लगाउन शुरु युरोपमा पहिलोपटक स्विट्जरल्याण्डद्वारा नागरिकमा कोरोना भ्याक्सिन लगाउन शुरु

२०७७ पुष ८ गते बुधबार

२३ डिसेम्बर, २०२०जुरिच, स्विट्जरल्याण्ड । युरोपमा पहिलोपटक स्विट्जरल्याण्डले आफ्ना...

रौतहटका ४ नगरपालिकामा २२ जना कोरोना संक्रमित भेटिए, ३ जना बालबालिका रौतहटका ४ नगरपालिकामा २२ जना कोरोना संक्रमित भेटिए, ३ जना बालबालिका

२०७७ जेठ १३ गते मंगलबार

२६ मे, २०२०चन्द्रनिगाहपुर । रौतहटमा आज थप २२ जनामा...

Top