इटालीका रोग संक्रमण विशेषज्ञ डाक्टर भन्छन् : ‘कोरोना भाइरस कमजोर हुँदै गएको छ’

Best Khabar Team | २०७७ असार ९ गते मंगलबार


२३, जुन, २०२०
रोम, इटली । कुनै बेला चीनपछि कोरोना भाइरसको सबैभन्दा ठूलो इपिसेन्टरको रुपमा रहेको इटलीका एकजना बरिष्ठ चिकित्सकले कोरोना भाइरसको स्वरुप विस्तारै कमजोर बन्दै गएको दाबी गरेका छन् । युरोपेली मुलुक इटालीको सान मार्टिनो अस्पतालमा इन्फेक्सियस डिजिज विभागका प्रमुख डाक्टर माटेओ बसेटीका अनुसार विगतमा चीनबाट शुरुभएको कोरोना भाइरस इटलीसम्म आइपुग्दा मानिसमा जुन खाले लक्षण र अवस्था देखिन्थ्यो अहिले त्यो पुरै बदलिएको छ । विगतमा कोरोनाले मानिसहरुलाई छिट्टै कमजोर गराउने तथा यो भाइरस लागेपछि अन्य रोग समेत देखिने गरेको पनि बसेटीले बताएका छन् ।

इटालीको सान मार्टिनो अस्पताल ।

हालै अमेरिकाबाट प्रकाशित हुने न्यूर्योक टाइम्सले उल्लेख गरेको एउटा समाचार अनुसार यही अवस्थामा कोरोना भाइरसले स्वरुप बदल्दै जाने हो भने अबको केही महिनामा यो भाइरस नास भएर जनजीवन पुरानै अवस्थामा फर्कनसक्ने दाबी बसेटीले गरेका छन् । कोरोना भाइरसबाट मानिसहरुलाई बचाउनका लागि भ्याक्सिन निकाल्ने तयारीमा विश्वका दर्जनौ देशका हजारौं चिकित्सकले प्रयास जारी राखेका बेला इटलीका यी डाक्टरको यो भनाई आएको हो ।

अस्पतालका इन्फेक्सियस डिजिज विभागका प्रमुख डाक्टर माटेओ बसेटी ।

उनले आउँदा दिनमा कोरोना नियन्त्रणका लागि भ्याक्सिन पनि आवश्यक नहुने दाबी गरेका छन् । उनले भनेका छन् –‘पहिले पहिले यसको संक्रमणमा परेकाहरुलाई निक्कै कठिन हुने गरेको थियो । अक्सिजन तथा भ्यान्टिलेरमै राखेर उपचार अघि बढाउनुपर्ने हुन्थ्यो, तर अहिले विश्वभर फैलिएको भाइरस र यसबाट संक्रमितहरुको लक्षण र अवस्था हेर्दा यो कमजोर बनिसकेको छ । विरामीहरु सामान्य अवस्थामा अस्पलता वा घरकै क्वारेन्टाइनमा बसिरहेका छन् ।’

उनले यो भाइरस विस्तारै आफैं हराएर जाने तथा सामान्य रुघाखोकीमै यसको स्वरुप नष्ट हुने बताएका छन् । विश्वका विभिन्न देशमा कोरोनाको उपचारमा खटिएका चिकित्सक तथा विरामीको अवस्था र भोगाईलगायतका विषयमा गहन अध्ययन गरिरहेका इटलीका चिकित्सक बसेटी आफैं कोरोना संक्रमण नियन्त्रणको अग्रमोर्चामा खटिएका चिकित्सक हुन् । उनले कोरोनाको खोप निस्कनुअघि नै यो रोग हराएर दाबी समेत गरेको न्यूर्योक पोष्टले उल्लेख गरेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

आज रातिदेखि मौसम विग्रनसक्ने मौसमविद्को चेतावनी आज रातिदेखि मौसम विग्रनसक्ने मौसमविद्को चेतावनी

२०७६ माघ १ गते बुधबार

१५ जनवरी, २०२० काठमाडौं । पश्चिमी वायुको प्रभावले आज...

सभ्य समाज निर्माणका लागि मिडिया विधेयक : प्रधानमन्त्री ओली सभ्य समाज निर्माणका लागि मिडिया विधेयक : प्रधानमन्त्री ओली

२०७६ जेठ १ गते बुधबार

१५ मे, २०१९ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले...

कोरोनाको क्षति इटली भन्दा अमेरिकामा धेरै : मृतकको संख्या २० हजार नाघ्यो, एकैदिन २ हजार बढीको ज्यान गयो कोरोनाको क्षति इटली भन्दा अमेरिकामा धेरै : मृतकको संख्या २० हजार नाघ्यो, एकैदिन २ हजार बढीको ज्यान गयो

२०७६ चैत्र २९ गते शनिबार

११ अप्रिल, २०२० न्यूर्योक । विश्वव्यापी रुपमा महामारीको रुपमा...

१० महिनापछि आजबाट काठमाडौंका सबै विद्यालय सञ्चालनमा आउने १० महिनापछि आजबाट काठमाडौंका सबै विद्यालय सञ्चालनमा आउने

२०७७ माघ ३ गते शनिबार

१७ जनवरी, २०२१काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को...

Top