थपिँदै कोरोना संक्रमित : २४ घण्टामा ५९४ जना संक्रमित भेटिए

Best Khabar Team | २०७७ श्रावण ३० गते शुक्रबार


१४ अगस्ट, २०२०
काठमाडौं । पछिल्ला दिनहरुमा देशव्यापी रुपमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या ह्वात्तै बढेको छ । सरकारले लकडाउन खुकुलो गरेसँगै विभिन्न माध्यमबाट काठमाडौंलगायत देशका विभिन्न जिल्लामा आउने तथा जाने मानिसहरुको संख्या बढेको छ । योसँगै संक्रमितको संख्या पनि बढेको हो ।

सरकारले गएको साउन ८ गतेदेखि देशव्यापी रुपमा लकडाउन खुल्ला गरेर जिल्ला भित्र गाडी सञ्चालनका लागि अनुमति दिएको थियो । यसलगत्तै पछिल्ला २ सातायता उपत्यकालगायत देशव्यापी रुपमा कोरोना संक्रमित बढेका छन् । पछिल्लो २४ घण्टायता मात्रै देशभर थप ५ सय ९४ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको नियमित प्रेस ब्रिफिङ्ग अनुसार काठमाडौं उपत्यकाभित्र मात्रै पछिल्ला २४ घण्टायता १ सय १९ जनामा कोरोना संक्रमण देखिएको छ । यो सँगै देशभर अहिलेसम्म २५ हजार ५ सय ५१ जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रेस ब्रिफिङ् कार्यक्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम ।

ती मध्ये ७ हजार ९ सय १३ जना संक्रमित अझै विभिन्न अस्पताल र आइसोलेसन सेन्टरमा रहेका छन् । बाँकी भने उपचारपछि घर फर्केका छन् । अर्थात् १७ हजार ७७ जनाले कोरोनालाई जितेका छन् । कोरोना भाइरसको संक्रमणका कारण देशभर हालसम्म ९९ जनाको निधन भएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

७२ वर्षमा ब्रह्मलीन भए ‘हिम चितुवा’ शेर्पा ७२ वर्षमा ब्रह्मलीन भए ‘हिम चितुवा’ शेर्पा

२०७७ आश्विन ५ गते सोमबार

२२ सेप्टेम्बर, २०२०काठमाडौं । हिमाल आरोहणमा किर्तिमान राखेर ‘हिम...

सञ्जय साहविरुद्ध ४ वर्ष कैद र झण्डै साढे १९ करोड जरिवानाको फैसला सञ्जय साहविरुद्ध ४ वर्ष कैद र झण्डै साढे १९ करोड जरिवानाको फैसला

२०७६ फाल्गुन १५ गते बिहिबार

२७ फेब्रुअरी, २०२० धनुषा । पूर्वराज्यमन्त्री सञ्जयकुमार साह टक्ला...

स्वास्थ्य मन्त्रालयको निर्देशन : अध्ययन विदामा बसेका स्वास्थ्यकर्मी तत्काल काममा फर्कनोस् स्वास्थ्य मन्त्रालयको निर्देशन : अध्ययन विदामा बसेका स्वास्थ्यकर्मी तत्काल काममा फर्कनोस्

२०७८ बैशाख १९ गते आइतबार

०२ मे, २०२१काठमाडौं । देशमा पछिल्ला दिनहरुमा कोरोना संक्रमितको...

उपत्यकामा कोरोना : ललितपुरमा ३ को मृत्यु उपत्यकामा कोरोना : ललितपुरमा ३ को मृत्यु

२०७७ श्रावण २८ गते बुधबार

१२ अगस्ट, २०२०काठमाडौं । कोरोना संक्रमणबाट काठमाडौं उपत्यकामा पछिल्लो...

Top