थपिँदै कोरोना संक्रमित : २४ घण्टामा ५९४ जना संक्रमित भेटिए

Best Khabar Team | २०७७ श्रावण ३० गते शुक्रबार


१४ अगस्ट, २०२०
काठमाडौं । पछिल्ला दिनहरुमा देशव्यापी रुपमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या ह्वात्तै बढेको छ । सरकारले लकडाउन खुकुलो गरेसँगै विभिन्न माध्यमबाट काठमाडौंलगायत देशका विभिन्न जिल्लामा आउने तथा जाने मानिसहरुको संख्या बढेको छ । योसँगै संक्रमितको संख्या पनि बढेको हो ।

सरकारले गएको साउन ८ गतेदेखि देशव्यापी रुपमा लकडाउन खुल्ला गरेर जिल्ला भित्र गाडी सञ्चालनका लागि अनुमति दिएको थियो । यसलगत्तै पछिल्ला २ सातायता उपत्यकालगायत देशव्यापी रुपमा कोरोना संक्रमित बढेका छन् । पछिल्लो २४ घण्टायता मात्रै देशभर थप ५ सय ९४ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको नियमित प्रेस ब्रिफिङ्ग अनुसार काठमाडौं उपत्यकाभित्र मात्रै पछिल्ला २४ घण्टायता १ सय १९ जनामा कोरोना संक्रमण देखिएको छ । यो सँगै देशभर अहिलेसम्म २५ हजार ५ सय ५१ जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रेस ब्रिफिङ् कार्यक्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम ।

ती मध्ये ७ हजार ९ सय १३ जना संक्रमित अझै विभिन्न अस्पताल र आइसोलेसन सेन्टरमा रहेका छन् । बाँकी भने उपचारपछि घर फर्केका छन् । अर्थात् १७ हजार ७७ जनाले कोरोनालाई जितेका छन् । कोरोना भाइरसको संक्रमणका कारण देशभर हालसम्म ९९ जनाको निधन भएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

अमेरिकाको ३ वटा मसाज सेन्टरमा गोली चल्यो, ८ जनाको मृत्यु, मृतक अधिकांश एसियन नागरिक अमेरिकाको ३ वटा मसाज सेन्टरमा गोली चल्यो, ८ जनाको मृत्यु, मृतक अधिकांश एसियन नागरिक

२०७७ चैत्र ४ गते बुधबार

१७ मार्च, २०२१न्यूर्योक, अमेरिका । अमेरिकाको जर्जिया राज्यमा मंगलबार...

कोरोना संक्रमित विश्वका झण्डै ८६ हजार मानिसको उपचार सफल कोरोना संक्रमित विश्वका झण्डै ८६ हजार मानिसको उपचार सफल

२०७६ चैत्र ६ गते बिहिबार

विश्वभर अहिले कोरोना भाइरसको प्रकोप बढ्दै छ । विश्वका...

यसवर्षको मिस टुरिजमको आवेदन खुल्ला यसवर्षको मिस टुरिजमको आवेदन खुल्ला

२०७६ असार ६ गते शुक्रबार

२१ जुन, २०१९ काठमाडौं । यसवर्षको मिस टुरिजम–२०१९ को...

काठमाडौंका सडकबाट मगन्ते हटाउन सप्ताहव्यापी अभियान काठमाडौंका सडकबाट मगन्ते हटाउन सप्ताहव्यापी अभियान

२०७६ पुष १२ गते शनिबार

२९ डिसेम्बर, २०१९ काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि उपत्यका...

Top