नेपाल भ्रमण वर्ष २०२० : २ करोड खर्च गरी भव्य उद्घाटन कार्यक्रम गरिँदै

Best Khabar Team | २०७६ पुष १४ गते सोमबार


३० डिसेम्बर, २०१९
काठमाडौं । नेपाल भ्रमणवर्ष २०२० को उद्घाटन कार्यक्रम निक्कै नै तामझामका साथ हुने भएको छ । पर्यटन मन्त्रालयको आयोजना हुन लागेको उदघाटन कार्यक्रममा मात्रै करिब २ करोड रुपैयाँ खर्च गरिने आयोजक पर्यटन मन्त्रालय स्रोतले जानकारी दिएको छ । कार्यक्रममा देशमा विभिन्न क्षेत्रमा प्रचलित झाँकीहरुको प्रस्तुती रहनेछ ।

सरकारले कम्तीमा २० लाख पर्यटक भित्र्या-उने महत्वकांक्षी लक्ष्यसहित भ्रमणवर्षको उद्घाटन कार्यक्रम गर्न लागेको हो । सो कार्यक्रमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रम काठमाडौंको दशरथ रंगशालामा आयोजना गरिँदैछ । भोलि दिउँसो ३ बजेपछि आयोजना हुन लागेको सो कार्यक्रममा पर्यटन क्षेत्रसँग सम्बन्धी विभिन्न संघसंस्था, निजामती कमचारी, सञ्चारकर्मी, कलाकारलगायत समाजका विभिन्न क्षेत्र एवं तह र तप्काका प्रतिनिधिहरु सहभागी हुँदैछन् ।

उद्घाटन कार्यक्रममा मात्रै १० लाख जनाको सहभागिता रहने बताइएको छ । कार्यक्रमा नेपालस्थित कुटनीतिक नियोगका पदाधिकारीहरुका साथै विदेशबाट समेत पाहुनाहरुलाई आमन्त्रण गरिएको छ । पर्यटन मन्त्रालय स्रोतका अनुसार चीन, भारत, म्यानमार, कम्बोडिया, भुटान र कतार, जमैका, अजरबैजानलगायतबाट विभागीय मन्त्रीहरु उद्घाटन कार्यक्रममा सहभागी हुन काठमाडौं आउँदैछन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

बेलायतमा पहिलो पटक कोरोनाबाट एकको ज्यान गयो,  संक्रमितको संख्या १ सय १५ पुग्यो बेलायतमा पहिलो पटक कोरोनाबाट एकको ज्यान गयो, संक्रमितको संख्या १ सय १५ पुग्यो

२०७६ फाल्गुन २२ गते बिहिबार

०५ मार्च, २०२० लण्डन । संयुक्त राज्य बेलायतमा पहिलोपटक...

कोरोना सन्त्रास : उपत्यका बाहेक दोश्रो जिल्लामा जाने सबै सवारी पास रद्द (गृहमन्त्रालयकाे परिपत्र सहित) कोरोना सन्त्रास : उपत्यका बाहेक दोश्रो जिल्लामा जाने सबै सवारी पास रद्द (गृहमन्त्रालयकाे परिपत्र सहित)

२०७७ बैशाख ३० गते मंगलबार

१२ मे, २०२०काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड १९)...

युरोपमा पहिलोपटक स्विट्जरल्याण्डद्वारा नागरिकमा कोरोना भ्याक्सिन लगाउन शुरु युरोपमा पहिलोपटक स्विट्जरल्याण्डद्वारा नागरिकमा कोरोना भ्याक्सिन लगाउन शुरु

२०७७ पुष ८ गते बुधबार

२३ डिसेम्बर, २०२०जुरिच, स्विट्जरल्याण्ड । युरोपमा पहिलोपटक स्विट्जरल्याण्डले आफ्ना...

नेपालमा कोरोनाबाट दोश्रो मृत्यु, बाँकेका २५ वर्षका युवकको ज्यान गयो नेपालमा कोरोनाबाट दोश्रो मृत्यु, बाँकेका २५ वर्षका युवकको ज्यान गयो

२०७७ जेठ ४ गते आइतबार

१७ मे, २०२०काठमाडौं । नेपालमा कोरोना संक्रमणमा परी ज्यान...

Top