Best Khabar Team | २०७७ बैशाख १४ गते आइतबार

२६ अप्रिल, २०२०
वेस्टह्याम । गत मार्च २७ का दिन कोरोना संक्रमणको पुष्टि भएका बेलायती प्रधानमन्त्री बोरिस जोन्सोनले एक महिनामा कोरोनालाई जितेका छन् । कोरोना संक्रमणमा परी शुरुको २ साता घरमै क्वारेन्टाइनमा बसेका प्रधानमन्त्री बोरिस अप्रिलको दोश्रो साता चिकित्सकको सल्लाह अनुसार अस्पताल भर्ना भएका थिए ।
अप्रिलको दोश्रो साता लण्डनको सेन्ट थोमस अस्पतालमामा उपचारार्थ भर्ना भएका प्रधानमन्त्री बोरिसलाई सामान्य वार्डमा राखेर उपचार गरिएको भएपनि अवस्था गम्भीर भएपछि उनलाई ३ दिन अति सघन उपचार कक्ष (आइसियु)मा राखेर उपचार थालिएको थियो । त्यसपछि उनको अवस्था सामान्य भएपछि पुनः उनलाई अस्पतालको सामान्य वर्डको आइसोलसेनमा राखिएको थियो । चिकित्सकहरुले प्रधानमन्त्री बोरिसको स्वास्थ्य उपचारमा कुनै कसर बाँकी राखेका थिएनन् । कोरोनाको महामारी फैलिइरहेका बेला बेलायती प्रधानमन्त्री दौडधुपलाई निक्क बढावा दिएका थिए । जसका कारण उनमा मार्च २७ का दिन कोरोना संक्रमण भएको पुष्टि भयो ।

त्यसपछि घरमै आइसोलेसनमा रहेका उनले घरबाटै मन्त्री परिषद्को बैठकलगायतका महत्वपूर्ण कामहरु सञ्चालन गरेका थिए । पछि उनको अवस्था विग्रेको भन्दै नीजि चिकित्सकले उनलाई अस्पतालमा भर्ना हुन सुझाव दिएका थिए । नियमित रुपमा ३० दिनसम्म उनले चिकित्सकको सल्लाहअनुसार उपचार सेवा तथा क्वारेन्टाइनको नियम पालना गरेका थिए ।

जसका कारण उनले कोरोनालाई जितेका छन् । उनी केहीदिन अघि मात्रै अस्पतालबाट डिस्चार्ज भएका थिए । अहिले उनी पूर्णरुपमा स्वस्थ भएको र भोलि अर्थात् सोमबारदेखि नियमित रुपमा काममा फर्कने बेलायती सञ्चार माध्यमहरुले जनाएका छन् । निजी चिकित्सकहरुको सल्लाह बमोजिम उनी पुनः आफ्नै काममा फर्कन लागेका हुन् ।

आफू अस्वस्थ भएर अस्पतालमा रहँदा उनको जिम्मेवारी विदेशमन्त्री डोमिनिक राबलाई प्रदान गरिएको थियो । उनले अस्पतालबाट डिस्चार्ज हुँदै गर्दा आफ्नो उपचारमा संलग्न सबै चिकित्सकहरुलाई धेरै धन्यावाद दिएका थिए । आफ्नो दृढ इच्छाशक्ति र चिकित्सकहरुको अथक प्रयासबाट आफूले कोरोनालाई जितेको उनको प्रतिक्रिया छ । हालसम्म बेलायतभर कोरोनाका कारण २० हजार ७ सय ३२ जनाले ज्यान गुमाएका छन् भने १ लाख ५२ हजार ८ सय ४० जना संक्रमित भएका छन् ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
देशैभरी माघेझरी, हिमाली जिल्लामा हिमपात, आइतबारदेखि मौसममा सुधार आउने
२०७६ माघ ३ गते शुक्रबार
१७ जनवरी, २०२०काठमाडौं । पश्चिमी बायुको न्यून चापीय प्रणाली...
स्वास्थ्य मन्त्रालयले भन्यो : ‘सबै मृत्यु कोरोनाले हुँदैन, समाचार लेख्दा गम्भीर बनौं’
२०७६ चैत्र १७ गते सोमबार
३० मार्च, २०२० काठमाडौं । स्वास्थ्य मन्त्रलायले देशका विभिन्न...
दामनको एभरेष्ट रिसोर्टमा ‘निसास्सिएर’ ८ भारतीय पर्यटकको मृत्यु
२०७६ माघ ७ गते मंगलबार
२१ जनवरी, २०२०हेटौंडा । पर्यटकीय क्षेत्रका रुपमा रहेको मकवानपुर...
देशभर ६०३ जनामा संक्रमण देखिँदा २५४ जना उपत्यकामा
२०७८ बैशाख १ गते बुधबार
१४ अप्रिल, २०२१काठमाडौं । केहीदिनयता देशभर कोरोना संक्रमितको संख्या...
Top