३० दिनमा जिते बेलायती प्रधानमन्त्रीले कोरोनालाई, भोलिदेखि काममा फर्कँदै

Best Khabar Team | २०७७ बैशाख १४ गते आइतबार


२६ अप्रिल, २०२०
वेस्टह्याम । गत मार्च २७ का दिन कोरोना संक्रमणको पुष्टि भएका बेलायती प्रधानमन्त्री बोरिस जोन्सोनले एक महिनामा कोरोनालाई जितेका छन् । कोरोना संक्रमणमा परी शुरुको २ साता घरमै क्वारेन्टाइनमा बसेका प्रधानमन्त्री बोरिस अप्रिलको दोश्रो साता चिकित्सकको सल्लाह अनुसार अस्पताल भर्ना भएका थिए ।

अप्रिलको दोश्रो साता लण्डनको सेन्ट थोमस अस्पतालमामा उपचारार्थ भर्ना भएका प्रधानमन्त्री बोरिसलाई सामान्य वार्डमा राखेर उपचार गरिएको भएपनि अवस्था गम्भीर भएपछि उनलाई ३ दिन अति सघन उपचार कक्ष (आइसियु)मा राखेर उपचार थालिएको थियो । त्यसपछि उनको अवस्था सामान्य भएपछि पुनः उनलाई अस्पतालको सामान्य वर्डको आइसोलसेनमा राखिएको थियो । चिकित्सकहरुले प्रधानमन्त्री बोरिसको स्वास्थ्य उपचारमा कुनै कसर बाँकी राखेका थिएनन् । कोरोनाको महामारी फैलिइरहेका बेला बेलायती प्रधानमन्त्री दौडधुपलाई निक्क बढावा दिएका थिए । जसका कारण उनमा मार्च २७ का दिन कोरोना संक्रमण भएको पुष्टि भयो ।

त्यसपछि घरमै आइसोलेसनमा रहेका उनले घरबाटै मन्त्री परिषद्को बैठकलगायतका महत्वपूर्ण कामहरु सञ्चालन गरेका थिए । पछि उनको अवस्था विग्रेको भन्दै नीजि चिकित्सकले उनलाई अस्पतालमा भर्ना हुन सुझाव दिएका थिए । नियमित रुपमा ३० दिनसम्म उनले चिकित्सकको सल्लाहअनुसार उपचार सेवा तथा क्वारेन्टाइनको नियम पालना गरेका थिए ।

जसका कारण उनले कोरोनालाई जितेका छन् । उनी केहीदिन अघि मात्रै अस्पतालबाट डिस्चार्ज भएका थिए । अहिले उनी पूर्णरुपमा स्वस्थ भएको र भोलि अर्थात् सोमबारदेखि नियमित रुपमा काममा फर्कने बेलायती सञ्चार माध्यमहरुले जनाएका छन् । निजी चिकित्सकहरुको सल्लाह बमोजिम उनी पुनः आफ्नै काममा फर्कन लागेका हुन् ।

आफू अस्वस्थ भएर अस्पतालमा रहँदा उनको जिम्मेवारी विदेशमन्त्री डोमिनिक राबलाई प्रदान गरिएको थियो । उनले अस्पतालबाट डिस्चार्ज हुँदै गर्दा आफ्नो उपचारमा संलग्न सबै चिकित्सकहरुलाई धेरै धन्यावाद दिएका थिए । आफ्नो दृढ इच्छाशक्ति र चिकित्सकहरुको अथक प्रयासबाट आफूले कोरोनालाई जितेको उनको प्रतिक्रिया छ । हालसम्म बेलायतभर कोरोनाका कारण २० हजार ७ सय ३२ जनाले ज्यान गुमाएका छन् भने १ लाख ५२ हजार ८ सय ४० जना संक्रमित भएका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

मुगुमा सामूहिक हत्या प्रकरण : प्रहरीको विशेष अनुसन्धान टोली घटनास्थलमा मुगुमा सामूहिक हत्या प्रकरण : प्रहरीको विशेष अनुसन्धान टोली घटनास्थलमा

२०८० कार्तिक ११ गते शनिबार

२८ अक्टोबर, २०२३गमगढी, मुगु । मुगुको छायाँनाथ रारा नगरपालिकामा...

काठमाडौं सतुंगलका ७ वर्षका बालकमा कोरोना, धरान र नेपालगञ्जमा थप ८ जना संक्रमित थपिए, कुल संक्रमितको संख्या २६७ काठमाडौं सतुंगलका ७ वर्षका बालकमा कोरोना, धरान र नेपालगञ्जमा थप ८ जना संक्रमित थपिए, कुल संक्रमितको संख्या २६७

२०७७ जेठ २ गते शुक्रबार

१५ मे, २०२०काठमाडौैं । काठमाडौंमा एकजना ७ वर्षका बालकमा...

सरकारको दाबी : ‘नेपाल अब मगन्ते र सडक बालबालिका मुक्त देश बन्यो’ सरकारको दाबी : ‘नेपाल अब मगन्ते र सडक बालबालिका मुक्त देश बन्यो’

२०७७ असार ४ गते बिहिबार

१८ जुन, २०२०काठमाडौं । सरकारले नेपाल अब सडक बालबालिका...

धादिङ् दुर्घटना : मृतकको संख्या ७ पुग्यो, चालकले मदिरा सेवन गर्दा दुर्घटना (अपडेट) धादिङ् दुर्घटना : मृतकको संख्या ७ पुग्यो, चालकले मदिरा सेवन गर्दा दुर्घटना (अपडेट)

२०७६ माघ ७ गते मंगलबार

२१ जनवरी, २०२०धादिङ्ग । धादिङ्मा आज दिउँसो भएको मिनिट्रक...

Top