Best Khabar Team | २०७७ बैशाख २ गते मंगलबार

१४ अप्रिल, २०२०
काठमाडौं । काठमाडौंको सनसिटी अपार्टमेन्टमा बस्दै आएका एकैपरिवारका दुईजनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण भएको पुष्टि भएको छ । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकास्थित पेप्सीकोलामा रहेको सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिवारका ८१ वर्षकी आमा र उनका ५७ वर्षका छोरामा कोरोना भाइरसको संक्रमण पेजेटिभ देखिएको राष्ट्रिय प्रयोगशाला टेकुले पुष्टि गरेको छ ।
ती बृद्दाको बुहारीको भने रिपोर्ट आउन बाँकी छ । गत चैत्र ५ गते बेलायतबाट काठमाडौं आएका उनीहरु सो अपार्टमेन्टको १५ औं तलामा बस्दै आएका थिए । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनीहरुलाई हिजो पाटन अस्पतालको आइसोलेसनमा राखेर उपचार थालिएको थियो । हिजो र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) गर्ने क्रममा तीनैजनाको रगतमा पोजेटिभ देखिएपछि त्यसको कन्फर्मका लागि टेकुस्थित प्रयोगशाला पठाईको थियो ।

टेकु पठाउँदा उनीहरुमध्ये आमा र छोरामा कोरोना पुष्टि भएको हो । बुहारीको भने रिपोर्ट आउन बाँकी रहेको बताइएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ पुगेको छ । यसअघि कोरोना संक्रमितमध्ये पहिलो पटक नेपालमा कोरोना देखिएका युवक भने उपचारपछि घर फर्किसकेका छन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
२५ वर्षपछि विस्तार हुँदै अरनिको राजमार्गको सूर्यबिनायक–धुलिखेल खण्ड
२०७९ फाल्गुन ७ गते आइतबार
१९ फेब्रुअरी, २०२३काठमाडौं । काठमाडौं उपत्यका अन्तर्गत भक्तपुर हुँदै...
सेनापरिचालन विधेयकबारे सबैको फरक धारणा
२०७५ चैत्र १२ गते मंगलबार
२६ मार्च, २०१९ काठमाडौ ।सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी...
देशभर बाढीको ताण्डव, पृथ्वी राजमार्ग पूर्णरुपमा अवरुद्ध, हुम्लामा हिमपहिरोको खतरा बढेको भन्दै स्थानीयलाई सतर्क गराईयो
२०७७ श्रावण ५ गते सोमबार
२० जुलाई, २०२०काठमाडौं । अविरल वर्षासँगै आएको बाढि पहिरोमा...
Scientists’ Obligations During the COVID-19 Outbreak
२०७६ फाल्गुन १३ गते मंगलबार
John D. Loike Since December 2019, the spread of...
Top