काठमाडौंमा एकै परिवारका ‘आमा–छोरा’मा कोरोना संक्रमण भएको पुष्टि : संक्रमितको संख्या १६ पुग्यो

Best Khabar Team | २०७७ बैशाख २ गते मंगलबार


१४ अप्रिल, २०२०
काठमाडौं । काठमाडौंको सनसिटी अपार्टमेन्टमा बस्दै आएका एकैपरिवारका दुईजनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण भएको पुष्टि भएको छ । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकास्थित पेप्सीकोलामा रहेको सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिवारका ८१ वर्षकी आमा र उनका ५७ वर्षका छोरामा कोरोना भाइरसको संक्रमण पेजेटिभ देखिएको राष्ट्रिय प्रयोगशाला टेकुले पुष्टि गरेको छ ।

ती बृद्दाको बुहारीको भने रिपोर्ट आउन बाँकी छ । गत चैत्र ५ गते बेलायतबाट काठमाडौं आएका उनीहरु सो अपार्टमेन्टको १५ औं तलामा बस्दै आएका थिए । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनीहरुलाई हिजो पाटन अस्पतालको आइसोलेसनमा राखेर उपचार थालिएको थियो । हिजो र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) गर्ने क्रममा तीनैजनाको रगतमा पोजेटिभ देखिएपछि त्यसको कन्फर्मका लागि टेकुस्थित प्रयोगशाला पठाईको थियो ।

टेकु पठाउँदा उनीहरुमध्ये आमा र छोरामा कोरोना पुष्टि भएको हो । बुहारीको भने रिपोर्ट आउन बाँकी रहेको बताइएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ पुगेको छ । यसअघि कोरोना संक्रमितमध्ये पहिलो पटक नेपालमा कोरोना देखिएका युवक भने उपचारपछि घर फर्किसकेका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

विश्व शान्ति र मानव कल्याणका लागि पोखरामा बृहत् आध्यात्मिक पूजापाठ हुँदै विश्व शान्ति र मानव कल्याणका लागि पोखरामा बृहत् आध्यात्मिक पूजापाठ हुँदै

२०८१ पुष २१ गते आइतबार

०६ डिसेम्बर, २०२५ पोखरा । मानव एवं समस्त प्राणीजगतको...

नेपालमा पहिलो पटक संघीय संरचना अनुसार एसइईको परीक्षा हुँदै नेपालमा पहिलो पटक संघीय संरचना अनुसार एसइईको परीक्षा हुँदै

२०७५ चैत्र ९ गते शनिबार

२३ मार्च, २०१९ काठमाडौं । नेपालको इतिहाँसमा पहिलोपटक संघीय...

काठमाडौं उपत्यकाभित्र सार्वजनिक यातयात सञ्चालनको तयारी काठमाडौं उपत्यकाभित्र सार्वजनिक यातयात सञ्चालनको तयारी

२०७७ असार २० गते शनिबार

०४ जुलाई, २०२०काठमाडौं । कोरोना भाइरसको संक्रमण रोक्न भन्दै...

५ महिनापछि खुले देशभरका होटलहरू, पर्यटक आउने कहिले कहिले ? ५ महिनापछि खुले देशभरका होटलहरू, पर्यटक आउने कहिले कहिले ?

२०७७ श्रावण १५ गते बिहिबार

३० जुलाई, २०२०काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को...

Top