धादिङ्गको त्रिपुरासुन्दरी गाउँपालिकामा ७ जनामा कोरोना संक्रमण पुष्टि

Best Khabar Team | २०७७ जेठ २९ गते बिहिबार


११ जुन, २०२०
सल्यानटार, धादिङ्ग । धादिङ्गको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ६ मा सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रोजगारीको लागि भारत गएका र हालै भारतबाट फर्केकाहरु गाउँपालिकाले बनाएको क्वारेन्टाइनमा बसेका थिए ।

त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ६ को सुन्दरी माबि छापथोक तथा नृसिंह आवासीय मावि, दियालिश्वारामा बनाइएको क्वारेन्टाइनमा रहेकाहरुमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला अस्पताल स्रोतले जानकारी दिएको छ । क्वारेन्टाइनमा रहेकाहरुको आडिटी परिक्षणका क्रममा कोरोना संक्रमण देखिएपछि स्वाबको थप पुष्टिका लागि जिल्ला अस्पताल पठाइएको थियो । जिल्ला अस्पतालले काठमाडौंस्थित केन्द्रीय प्रयोगशालामा पठाएको स्वाबमा कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट प्राप्त भएको छ ।

उनीहरुमध्ये सातै जना पुरुष रहेको र उनीहरु अहिले क्वारेन्टाइन स्थलमै रहेको बुझिएको छ । यद्यपि स्वास्थ्य मन्त्रालयले यसको औपचारिक पुष्टि भने गरिसकेको छैन । अहिले सल्यानटारबाट स्वास्थ्यकर्मीसहितको प्रहरीे टोली संक्रमितहरुलाई आइसोलेसनमा ल्याउनका लागि आगिञ्चोकतर्फ गएको प्रहरी स्रोतले बताएको छ । योसँगै धादिङ्ग जिल्लामा मात्रै हालसम्म कोरोना संक्रमितको संख्या ३० पुगेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

एनसेललाई दोश्रो पत्र : १५ दिनभित्र करचुक्ता नगरे कडा कारबाहीको चेतावनी एनसेललाई दोश्रो पत्र : १५ दिनभित्र करचुक्ता नगरे कडा कारबाहीको चेतावनी

२०७६ पुष ६ गते आइतबार

२३ डिसेम्बर, २०१९ काठमाडौं। निजी मोबाइल सेवा प्रदायक एनसेललाई...

विदेशमा रहेका नेपालीहरुको दोश्रो चरणको ‘रेस्क्यु फ्लाईट’ अनिश्चितकालका लागि बन्द विदेशमा रहेका नेपालीहरुको दोश्रो चरणको ‘रेस्क्यु फ्लाईट’ अनिश्चितकालका लागि बन्द

२०७७ भाद्र १ गते सोमबार

१७ अगस्ट, २०२०काठमाडौं । कोरोना भाइरसको संक्रमण रोक्न गरिएको...

काठमाडौंमा ४ सहित थप ३२३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३२ सय नाघ्यो काठमाडौंमा ४ सहित थप ३२३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३२ सय नाघ्यो

२०७७ जेठ २४ गते शनिबार

०६ जुन, २०२०काठमाडौं । देशभर कोरोना संक्रमितको संख्या ३...

हालसम्म काठमाडौं उपत्यकाभित्र कोरोना संक्रमितको संख्या १ हजार नजिक हालसम्म काठमाडौं उपत्यकाभित्र कोरोना संक्रमितको संख्या १ हजार नजिक

२०७७ श्रावण २४ गते शनिबार

०८ अगस्ट, २०२०काठमाडौं । पछिल्लो समयमा कोरोना संक्रमितको हिसावले...

Top