Best Khabar Team | २०७६ चैत्र १५ गते शनिबार

२८ मार्च, २०२०
काठमाडौं । पछिल्लो समयमा नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या बढ्दै गइरहेको छ । आज थप एकजनामा कोरोना संक्रमण भएको पुष्टि भए सँगै हालसम्म नेपालका कोरोना संक्रमितको संख्या ५ पुगेको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार गएको चैत्र ४ गते कतार एयरको विमान हुँदै कतारको राजधानी दोहा हुँदै काठमाडौं आएकी २२ वर्षकी युवतीमा कोरोनाको संक्रमण भेटिएको हो ।
उनी हाल बाग्लुङ्गस्थित धौलागिरी अञ्चल अस्पतालको आइसोलेसनमा उपचाररत छिन् । उनको नमुना परिक्षणका क्रममा उनमा कोरोना पोजेटिभ भेटिएको मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा जानकारी गराईको छ । यसअघि सोही विमानमा यात्रा गर्ने काठमाडौंकी एक १९ वर्षकी युवतीमा पनि कोरोनाको संक्रमण भेटिएको र उनी हाल टेकुस्थित सरुवा रोग अस्पतालमा उपचाररत छिन् । उनी फ्रान्सको राजधानी पेरिस हुँदै कतारबाट काठमाडौं आएकी थिइन् । उनमा कोरोना संक्रमण भएको करिब १ साता अघि पुष्टि भएको थियो ।
त्यसपछि सो विमानमा यात्रा गर्नेहरुको तथ्यांक समेत सार्वजनिक गरिएको थियो । कोरोना संक्रमितमध्ये २ को काठमाडौंको टेकु अस्पतालमा, एकको सेती प्रादेशिक अस्पतालमा र आज कोरोना संक्रमण पुष्टि भएकी युवतीको बाग्लुङ्गस्थित धवलागिरी अञ्चल अस्पतालमा उपचार भै रहेको छ । ती युवतीलाई सुरक्षितरुपमा काठमाडौंको टेकुस्थित सरुवा रोग अस्पतालमा ल्याइने स्वास्थ्य मन्त्रालयको पत्रकार सम्मेलनमा जनाएको छ । ।
यद्यपि एकजना भने उपचारपछि स्वास्थ्यलाभ गरी घर फर्किसकेका छन् । यसअघि धनगढीमा उपचार गराईरहेका पुरुष संक्रमित केही समयअघि दुबईबाट काठमाडौं आएका थिए । यस्तै, काठमाडौंमा उपचारत धादिङ्गका एक युवक पनि विदेशबाटै आएका थिए भने नेपालमा भेटिएको पहिलो कोरोना संक्रमित पनि चीनबाट काठमाडौं फर्केका व्यक्ति थिए ।
पछिल्ला दिनमा कोरोनाको संक्रमितको संख्या बढ्दै गएपछि सरकारले सिँगो मुलुकलाई ‘लकडाउन’ गरेको पाँचौदिन ५ औं कोरोना संक्रमित भेटिएकी हुन् । सरकारले कोरोनाको संक्रमणबाट जोगाउन आम नागरिकलाई घरभित्रै बस्न र सुरक्षित रहन आग्रह गरेको छ ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
महालक्ष्मी सुगर मिलद्वारा पुस २५ भित्र किसानका सबै बक्यौता चुक्ता गर्ने प्रतिबद्धता
२०७६ पुष १६ गते बुधबार
०१ जनवरी, २०१९कपिलबस्तु। वर्षौदेखि किसानहरुको उखुको मूल्य भुक्तानी नगर्ने...
आप्रबासीको हितमा इटली सरकारको महत्वपूर्ण निर्णय : करिब ५ लाख अबैध कामदार प्रक्रियागतरुपमा बैध हुँदै (प्रक्रियासहित)
२०७७ बैशाख ३१ गते बुधबार
१३ मे, २०२०रोम । अन्ततः लामो समयको छलफल पछि...
पाटनको चर्चमा गायिका अन्जु पन्तको विवाह
२०७७ फाल्गुन १२ गते बुधबार
२४ फेब्रुअरी, २०२१काठमाडौं । चर्चित गायिका अञ्जु पन्त दोश्रोपटक...
आफैंले चलाएको कारले लियो गजल गायक भट्टराईको ज्यान
२०७६ पुष २९ गते मंगलबार
१४ जनवरी, २०२० काठमाडौं । आफैंले चलाएको कार दुर्घटनामा...
Top