Best Khabar Team | २०७६ चैत्र १५ गते शनिबार

२८ मार्च, २०२०
काठमाडौं । पछिल्लो समयमा नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या बढ्दै गइरहेको छ । आज थप एकजनामा कोरोना संक्रमण भएको पुष्टि भए सँगै हालसम्म नेपालका कोरोना संक्रमितको संख्या ५ पुगेको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार गएको चैत्र ४ गते कतार एयरको विमान हुँदै कतारको राजधानी दोहा हुँदै काठमाडौं आएकी २२ वर्षकी युवतीमा कोरोनाको संक्रमण भेटिएको हो ।
उनी हाल बाग्लुङ्गस्थित धौलागिरी अञ्चल अस्पतालको आइसोलेसनमा उपचाररत छिन् । उनको नमुना परिक्षणका क्रममा उनमा कोरोना पोजेटिभ भेटिएको मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा जानकारी गराईको छ । यसअघि सोही विमानमा यात्रा गर्ने काठमाडौंकी एक १९ वर्षकी युवतीमा पनि कोरोनाको संक्रमण भेटिएको र उनी हाल टेकुस्थित सरुवा रोग अस्पतालमा उपचाररत छिन् । उनी फ्रान्सको राजधानी पेरिस हुँदै कतारबाट काठमाडौं आएकी थिइन् । उनमा कोरोना संक्रमण भएको करिब १ साता अघि पुष्टि भएको थियो ।
त्यसपछि सो विमानमा यात्रा गर्नेहरुको तथ्यांक समेत सार्वजनिक गरिएको थियो । कोरोना संक्रमितमध्ये २ को काठमाडौंको टेकु अस्पतालमा, एकको सेती प्रादेशिक अस्पतालमा र आज कोरोना संक्रमण पुष्टि भएकी युवतीको बाग्लुङ्गस्थित धवलागिरी अञ्चल अस्पतालमा उपचार भै रहेको छ । ती युवतीलाई सुरक्षितरुपमा काठमाडौंको टेकुस्थित सरुवा रोग अस्पतालमा ल्याइने स्वास्थ्य मन्त्रालयको पत्रकार सम्मेलनमा जनाएको छ । ।
यद्यपि एकजना भने उपचारपछि स्वास्थ्यलाभ गरी घर फर्किसकेका छन् । यसअघि धनगढीमा उपचार गराईरहेका पुरुष संक्रमित केही समयअघि दुबईबाट काठमाडौं आएका थिए । यस्तै, काठमाडौंमा उपचारत धादिङ्गका एक युवक पनि विदेशबाटै आएका थिए भने नेपालमा भेटिएको पहिलो कोरोना संक्रमित पनि चीनबाट काठमाडौं फर्केका व्यक्ति थिए ।
पछिल्ला दिनमा कोरोनाको संक्रमितको संख्या बढ्दै गएपछि सरकारले सिँगो मुलुकलाई ‘लकडाउन’ गरेको पाँचौदिन ५ औं कोरोना संक्रमित भेटिएकी हुन् । सरकारले कोरोनाको संक्रमणबाट जोगाउन आम नागरिकलाई घरभित्रै बस्न र सुरक्षित रहन आग्रह गरेको छ ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
त्रिभुवन विमानस्थलबाट फ्रान्समा ‘चार्डर उडान’ भर्दै कतार एयर : तत्काल युरोपलगायतका देशमा आउनुपर्ने बाध्यता भएकालाई महत्वपूर्ण अबसर
२०७७ जेठ १२ गते सोमबार
२५ मे, २०२०पेरिस । लकडाउनका कारण विभिन्न कारणले नेपालमा...
टेक्सासको चर्चमा प्रार्थना चलिरहँदा बन्दुक आक्रमण, २ मारिए (भिडियोसहित)
२०७६ पुष १४ गते सोमबार
३० डिसेम्बर, २०१९टेक्सास । अमेरिकाको टेक्सासमा क्रिश्चियन धर्मावलम्बीहरु भेला...
सञ्चारमन्त्रीको कार्यकक्षमा अख्तियारको छापा, कागजपत्र सिलबन्दी
२०७६ फाल्गुन ८ गते बिहिबार
२० फेब्रुअरी, २०२० काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले...
अमेरिकी औषधी विज्ञको दाबी : ‘परिवर्तित कोरोना’का विरुद्ध पनि भ्याक्सिन उपयोगी
२०७७ माघ १२ गते सोमबार
२५ जनवरी, २०२१न्यूर्योक, अमेरिका । कोरोना भाइरसका विरुद्ध अमेरिकी...
Top