Best Khabar Team | २०७६ फाल्गुन ७ गते बुधबार

१९ फेब्रुअरी, २०२०
काठमाडौं । लोकदोहारी गायक तथा राष्ट्रिय संगीतकर्मी संघका प्रथम उपाध्यक्ष प्रकाश कटुवाललाई ढंगले फसाईएको राष्ट्रिय संगितकर्मी संघलगायत सम्पूर्ण कलाकर्मीहरुले दाबी गरेका छन् । काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गरी राष्ट्रिय संगीतकर्मी संघले गायक कटुवाललाई नियोजित ढंगले फसाईएको भन्दै तत्काल रिहाई गर्न माग गरेका छन् ।
संघकाअनुसार पोखरामा आयोजित राष्ट्रिय संगीतकर्मी संघ काँस्की शाखाको बृहत्त सांस्कृतिक कार्यक्रमसहितको वनभोज कार्यक्रममा सहभागी हुन् जाँदै गरेका गायक कटुवालकी श्रीमती लक्ष्मी कटुवाललाई यात्राको क्रममा तनहुँको डुम्रे बजारको डाँफे होटलको अगाडि वान्ता (वमिट) आएको निहुँमा सामान्य विवाद भएको थियो । संघले उक्त घट्नामा सहमति भएर गायक दम्पती पोखरातर्फ प्रस्थान् गरेको पनि जनाएको छ ।
तर, गायक दम्पत्ति पोखरा पुगेलगत्तै सुरुमा गायक कटुवालसँग विवाद परेका होटल सञ्चालक लालकाजी गुरुङलाई कोही कसैले आक्रमण गरेको अवस्थामा गायक कटुवालनै दाषी हो भनि भीडभाड र जमातको बलमा बिनाकसुर मुद्दा चलाईएको आरोप सम्बन्धित व्यक्तिहरुबाट प्रमाणसहित दाबी गरिएको छ ।
कार्यक्रममा राष्ट्रिय संगीतकर्मी संघका अध्यक्ष राजेन्द्र कुमार कार्कीले गल्ती गरेको भए सोही दिन किन मुद्दा दर्ता प्रहरीले नगरेको भन्दै प्रश्न गरे । उनले भने,‘दास ढुङा घट्नाजस्तै सो घटना घटेको छ ।’ सत्यतथ्य सबैलाई थाहा हुँदापनि प्रशासन किन मौन बसेको छ, यसमा हाम्रो गुनासो हो ।’ उनले यो प्रकरणमा गायक कटुवाल कुनैपनि हिसाबले दोषी नभएको जिकिर गरे । उनले भने,‘प्रकाश दोषी छैनन् भन्ने कुरा स्वयम प्रहरीलाई समेत थाहा थियो, त्यही भएर प्रहरीले तीन दिनसम्म मुद्दा नचलाई बसेको हो ।
प्रहरीले त प्रकाशविरुद्ध मुद्दा दर्ता गर्न नै मानेको थिएन ।’ उनले प्रहरीद्वारा तीन पटकसम्म यो प्रकरणमा मिशील फेरिएको स्पष्ट पारे । उनले भने,‘तनहुँ जिल्ला प्रहरी कार्यालयले समेतले हामी केही गर्न सक्दैनौ भन्यो ।’ उनले आफूहरुको आवाजलाई कसैले सुन्न नचाहेको समेत गुनासो पोखे । उनले यो प्रकरणमा आफूहरु ज्ञापनपत्र लिएर गुह मन्त्रालय र कानुन मन्त्रालयसमेत जाने प्रतिबद्वता व्यक्त गरे ।
कार्यक्रममा गायक प्रकाश कटुवालकी श्रीमती लक्ष्मी कटुवालले लामो यात्रामा जाँदा आफूलाई गाह्रो हुने र वान्ता हुने गरेको सुनाईन् । उनले भनिन्,‘सामान्य झगडालाई नियोजित ढंगले हामीलाई फसाईएको छ । मेरो कारणले घट्ना सिर्जना भएको थियो । हामी कार्यक्रममा सहभागी हुन् पोखरा गएका थियौँ तर, यात्राको क्रममा वान्ता हुने कारण गाडी रोकाईयो र बाटो छेउमा वमिट गर्न खोज्दा त्यहाँ नजिक रहेको घर मालिकले जबरजस्ती गाली गर्नुभयो र अभद्र व्यवहार गर्नुभयो ।’
उनले सामान्य विवादपछि आफूहरुले माफी मागेर त्याँहाबाट निस्किएको सुनाईन् । उनकाअनुसार विवाद भएको उक्त घट्नाको केही दिनपछि डुम्रे चौकीका इन्स्पेक्टरले फोन गरेर चौकी आउन आग्रह गरेको थियो । सोही आग्रहअनुसार प्रकाश चौकी गएका थिए । चौकी गएपश्चात् उल्टै सो घर मालिकले आफूहरुलाई गल्ती गरेका भन्दै फसाईएको उनले आरोप लगाईन् । उनले यो प्रकरणमा दोषीलाई कारवाही गरेर निर्दोषलाई उन्मुक्ति दिनको लागि पनि नेपाल प्रहरीसमक्ष आग्रह गरेकी छिन् ।
कार्यक्रममा संघका प्रवक्ता होम सुबेदीले गायक प्रकाश कटुवाल निर्दोष रहेको बताए । उनले भने,‘दोषीलाई कारवाही गर्नुपर्छ, तर निर्दोषलाई उन्मुक्ति दिनुपर्छ ।’ गीत गाउने सामान्य मानिसलाई जथाभावी लगेर जेल हालिएको भन्दै उनले कडा आक्रोश पोखे । उनले नेपाल प्रहरीलाई यो प्रकरणमा निश्पक्ष ढंगले जाँच गर्न समेत आग्रह गरे ।
त्यसैगरी कार्यक्रममा संघका केन्द्रीय सदस्य नारायण सापकोटाले कटुवालमाथि नियोजित ढंगले उक्त घट्ना घटाइएको आरोप लगाए । उनले भने,‘हाम्रा मित्र गायक कटुवालमाथि सुनियोजित ढंगले घटाईएको यो घटनाप्रति हामी दुःख व्यक्त गर्दछौं । र, यसले हामी सबैलाई भावुक बनाएको छ ।’ उनले भने,‘प्रकाश कटुवाल कलाकारमात्र होईन उहाँ सामाजिक अभियन्ता पनि हुनुहुन्छ । उहाँलाई नियाजित ढंगले फसाईएको हो, त्यसैले प्रहरीलाई यो घट्नामा निश्पक्ष ढंगले अनुसन्धान गर्नको लागि पनि म आग्रह गर्न चाहन्छु ।’ फागुन २ गते घटेको घट्नालाई किन ५ गते ज्यान मार्ने मुद्दा लागाइएको भन्दै उनले प्रश्न गरे । कुनैपनि दबाबबाट मुद्दा दर्ता गराइएको हो भने आफूहरुलाई त्यो मान्य नहुने पनि उनले चेतावनी दिए । उनले कलाकारलाई सुरक्षा खोई ? भन्दै राज्यप्रति गुनासो पोखेका छन् ।
त्यसैगरि कार्यक्रममा संघका निवर्तमान अध्यक्ष नवराज घोरासैनीले सधैं कलाकारमाथि मात्रै किन दुव्र्यवहार भइरहको छ भनेर प्रश्न गरे । उनले भने,‘गुण्डा लगाएर पिट्न लगाउने कलाकारको जात हैन् । कलाकार सभ्य र रोमान्टिक स्वभावको हुने गर्दछ ।’ उनले यो प्रकरणमा गायक कटुवाल शतप्रतिशत निर्दोष रहेको दाबी गरे । उनले तत्काल गायक कटुवाललाई रिहाई गर्नसमेत प्रहरी प्रशासनसमक्ष आग्रह गरेका छन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
७८ हजार बढी मास्कसहित काठमाडौंबाट ८ पक्राउ, महंगोमा बेच्ने योजना तुहियो
२०७६ चैत्र १ गते शनिबार
१४ मार्च, २०२०काठमाडौं । काठमाडौं उपत्यकालगायत देशभर सर्जिकल मास्कको...
COVID 19 TIME – SOME ENCOURAGEMENT
२०७७ श्रावण २३ गते शुक्रबार
Shree Hari Subedi “SAMAN” Everyone is stressed because of...
युरोपमा कोरोना : मृतकको संख्या इटाली, स्पेन, फ्रान्सपछि बेल्जियममा धेरै
२०७७ बैशाख ४ गते बिहिबार
१६ अप्रिल, २०२० लिंकरोभर, बेल्जियम । युरोपेली युनियनसम्बद्ध २७...
नवरात्रको नवौ दिन : महानवमी पर्व धुमधामका साथ मनाईँदै, शक्तिपीठमा भक्तजनको भीड
२०८० कार्तिक ६ गते सोमबार
२३ अक्टोबर, २०२३काठमाडौं । विजयादशमी अन्तर्गत नवरात्रको आज नवौं...
Top