ब्राजिल बन्यो कोरोनाको पछिल्लो इपिसेन्टर : विश्वकै तेश्रो बढी संक्रमित ब्राजिलमा २० हजार बढीको मृत्यु

Best Khabar Team | २०७७ जेठ ९ गते शुक्रबार


२२ मे, २०२०
साउ पाउलो, ब्राजिल । दक्षिण अमेरिकी मुलुक ब्राजिलमा पछिल्लो केही महिनायता फैलिएको कोरोनाका कारण अहिले अमेरिका र रसियापछि ब्राजिल विश्वको तेश्रो कोरोना ‘इपिसेन्टर’ बनेको छ । ब्राजिल कोरोना संक्रमितको हिसावले विश्वमा सबैभन्दा बढी संक्रमितमध्येको तेश्रो नम्बरमा आएको कोरोना भाइरससम्बन्धी प्रत्यक्ष जानकारी दिने ओल्डोमिटर डटकमले जानकारी राखेको छ ।

यसअघि यो सूचीमा स्पेन रहेको भएपनि स्पेनलाई पछिपार्दै ब्राजिल तेश्रो स्थानमा परेको छ । ब्राजिलभन्दा माथि अमेरिका र रसिया क्रमश पहिलो र दोश्रो स्थानमा रहेका छन् । ब्राजिलमा हालसम्म ३ लाख १० हजार ९ सय २१ जनामा कोरोना संक्रमण देखिएको छ भने २० हजार ८२ जनाको कोरोनाकै कारण ज्यान गै सकेको छ । ब्राजिलमा गएको मार्च १७ तारिखमा कोरोनाबाट पहिलो पटक मानिसको ज्यान गएको थियो ।

तस्वीरहरु साभार : इन्टरनेट

मार्चको १८ तारिखमा थप २ जनाको ज्यान गएको ब्राजिलमा त्यसको २ महिना पुग्दा २० हजार बढीले ज्यान गुमाईसकेका छन् । यद्यपि उपचारपछि घर फर्कनेको संख्या भने ब्राजिलमा उल्लेख रहेको छ । हालसम्म १ लाख २५ हजार ९ सय ६० को उपचार सफल भएको यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् । गएको फेब्रुअरी २५ तारिखका दिन ब्राजिलमा पहिलो पटक कोरोना संक्रमणको केस भेटिएको थियो ।

फेब्रुअरी २५ मा पहिलो पटक एकजनामा कोरोना संक्रमण देखिएको भएपनि अहिले ३ महिनाको बीचमा संक्रमितको हिसावले ब्राजिल विश्वकै तेश्रो नम्बरमा परेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

झापामा थपिए अर्का कोरोना संक्रमित, देशभर संक्रमितको संख्या ५२ पुग्यो झापामा थपिए अर्का कोरोना संक्रमित, देशभर संक्रमितको संख्या ५२ पुग्यो

२०७७ बैशाख १४ गते आइतबार

२६ अप्रिल, २०२०दकम । पूर्वी नेपालको झापामा कोरोना संक्रमित...

चलचित्र नायक अनमोल केसीविरुद्ध लाखौं ठगीको आरोपमा प्रहरीमा उजुरी चलचित्र नायक अनमोल केसीविरुद्ध लाखौं ठगीको आरोपमा प्रहरीमा उजुरी

२०७६ फाल्गुन १६ गते शुक्रबार

२८ फेब्रुअरी, २०२० काठमाडौं । पछिल्लो समयमा नेपाली चलचित्रमा...

नेपाल भ्रमण वर्ष २०२० : नेपाल एयरलाईन्सले चीन र जापानका थप शहरमा उडान भर्दै नेपाल भ्रमण वर्ष २०२० : नेपाल एयरलाईन्सले चीन र जापानका थप शहरमा उडान भर्दै

२०७६ मंशिर २९ गते आइतबार

१५ डिसेम्बर, २०१९ काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल बायुसेवा...

यसरी जन्मँदैछ अफ्रिकी महादेशमा नयाँ देश ‘एम्बाजोनिया’ ! यसरी जन्मँदैछ अफ्रिकी महादेशमा नयाँ देश ‘एम्बाजोनिया’ !

२०७७ जेठ २६ गते सोमबार

– प्रतीक लामिछाने, लिंकरोभर, बेल्जियम ।विश्वमा हाल अस्तित्वमा रहेका...

Top