Best Khabar Team | २०७७ श्रावण २९ गते बिहिबार
१३ अगस्ट, २०२०
नयाँदिल्ली । केहीसाता अघि मस्तिष्कको सर्जरी गराएका भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ । हाल उनको भारतीय सैनिक अस्पतालको आइसियु कक्षमा उपचार भै रहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।

उनको अवस्था खतरापूर्ण रहेको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् । केहीदिनअघि उनमा कोरोना संक्रमणसमेत पुष्टि भएको अस्पतालले जनाएका छन् । २०१२ देखि सन् २०१७ सम्म भारतको राष्ट्रपति रहेका मुखर्जीको मस्तिष्कको सल्यक्रिया गर्नुअघि अस्पतालले गरेको पिसीआर टेस्टमा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
यसैबीच, ८४ वर्षका मुखर्जीको स्वास्थ्य अवस्थामा बारेमा केही भारतीय सञ्चारमाध्यमहरुले अनावश्यक हल्ला फैलाएको भन्दै उनको परिवारका सदस्यले दुःख व्यक्त गरेका छन् । उनको परिवारका सदस्यहरुले अहिलेसम्म मुखर्जीको अवस्था गम्भीर रहेको र उपचार चलिरहेको भन्दै न्यूनतम मानवीय धर्मबाट नचुक्न सञ्चारकर्मी र सञ्चारमाध्यमलाई अनुरोध गरेका छन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
महालक्ष्मी सुगर मिलद्वारा पुस २५ भित्र किसानका सबै बक्यौता चुक्ता गर्ने प्रतिबद्धता
२०७६ पुष १६ गते बुधबार
०१ जनवरी, २०१९कपिलबस्तु। वर्षौदेखि किसानहरुको उखुको मूल्य भुक्तानी नगर्ने...
पोर्चुगलमा खेतीमा काम गर्ने नेपालीमा कोरोना संक्रमण, क्वारेन्टाइनमा राखेर उपचार गरिँदै
२०७६ चैत्र २ गते आइतबार
१५ मार्च, २०२०पोर्तिमाउ । पोर्चुगलको दक्षिण पूर्वमा पर्ने फारो...
कोरोना संक्रमितको संख्या १२१२ पुग्यो, २४ घण्टामा १७० नयाँ संक्रमित थपिए
२०७७ जेठ १६ गते शुक्रबार
२९ मे, २०२०काठमाडौं । देशका विभिन्न स्थानमा थप १...
Top