मस्तिष्कको सर्जरीपछि भारतीय पूर्व राष्ट्रपति मुखर्जीको स्वास्थ्य अवस्था जटिल बन्दै, कोरोनाको संक्रमण पनि देखियो

Best Khabar Team | २०७७ श्रावण २९ गते बिहिबार


१३ अगस्ट, २०२०
नयाँदिल्ली । केहीसाता अघि मस्तिष्कको सर्जरी गराएका भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ । हाल उनको भारतीय सैनिक अस्पतालको आइसियु कक्षमा उपचार भै रहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।

फाइल तस्वीर : भारतीय पूर्वराष्ट्रपति प्रणव मुखर्जी । फोटो साभार इन्टरनेट ।

उनको अवस्था खतरापूर्ण रहेको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् । केहीदिनअघि उनमा कोरोना संक्रमणसमेत पुष्टि भएको अस्पतालले जनाएका छन् । २०१२ देखि सन् २०१७ सम्म भारतको राष्ट्रपति रहेका मुखर्जीको मस्तिष्कको सल्यक्रिया गर्नुअघि अस्पतालले गरेको पिसीआर टेस्टमा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यसैबीच, ८४ वर्षका मुखर्जीको स्वास्थ्य अवस्थामा बारेमा केही भारतीय सञ्चारमाध्यमहरुले अनावश्यक हल्ला फैलाएको भन्दै उनको परिवारका सदस्यले दुःख व्यक्त गरेका छन् । उनको परिवारका सदस्यहरुले अहिलेसम्म मुखर्जीको अवस्था गम्भीर रहेको र उपचार चलिरहेको भन्दै न्यूनतम मानवीय धर्मबाट नचुक्न सञ्चारकर्मी र सञ्चारमाध्यमलाई अनुरोध गरेका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

चिया–बिस्कुट खाँदै कृषिकर्ममा व्यस्त छन् नेपथ्यका चर्चित गायक गुरुङ्ग (फोटोफिचर) चिया–बिस्कुट खाँदै कृषिकर्ममा व्यस्त छन् नेपथ्यका चर्चित गायक गुरुङ्ग (फोटोफिचर)

२०७७ जेठ २८ गते बुधबार

कोरोना भाइरस (कोभिड १९) को संक्रमणलाई मध्यनजर गरी सरकारले...

निर्मला हत्या प्रहरण : एसपी विष्टलाई धरौटीमा छाड्न अदालतको आदेश निर्मला हत्या प्रहरण : एसपी विष्टलाई धरौटीमा छाड्न अदालतको आदेश

२०७५ चैत्र १० गते आइतबार

२४ मार्च, २०१९ काठमाडौं । कैलालीमा केही महिना अघि...

अमेरिकाको नयाँ राष्ट्रपतिमा जो बाइडेन जित नजिक अमेरिकाको नयाँ राष्ट्रपतिमा जो बाइडेन जित नजिक

२०७७ कार्तिक २१ गते शुक्रबार

०६ नोभेम्बर, २०२०न्यूयोर्क, अमेरिका । निर्वतमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई...

उदयपुर भुल्केका ८ जनामा कोरोना आशंका : थप परीक्षणका लागि स्वाब धरान पठाईयो उदयपुर भुल्केका ८ जनामा कोरोना आशंका : थप परीक्षणका लागि स्वाब धरान पठाईयो

२०७७ बैशाख ९ गते मंगलबार

२१ अप्रिल, २०२०गाईघाट । उदयपुरको भुल्केस्थित एकै गाउँका ८...

Top